20141221

संविधान बन्ने सम्भावना न्यून बन्दै, छबिलाल द्वारा केपी शर्मा ओलीबिरुद्ध आक्रोसपूर्ण अभिव्यक्ति ! झलनाथ पनि आक्रोसित हुँदै भने "हामीले जनयुद्ध देख्यौं, मधेश आन्दोलन देख्यौं त्यसैले उनीहरुले यो गर्छौ त्यो गर्छौ भनेर अब हावादारी धम्कीबाट जनता डराउने पक्षमा छैनन"

नेताहरुले माघ ८ गतेभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर माघ ८ गते आउन अब ३२ दिन बाँकी रहदा पनि दलहरुबीच सहमतिको छनक नदेखिएपछि निर्धारित समयभित्र संविधान बन्ने सम्भावना न्यून बन्दै गएको छ। एमाओवादीका अध्यक्ष छबिलाल  दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध आक्रोसपूर्ण अभिव्यक्ति दिएका छन् । संविधानसभा हल नयाँ बानेश्वरमा आइतबार सभाध्यक्ष सुवासचन्द्र नेम्वाङसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै छबिलाल  दाहालले ओली देशको ठेकेदार नभएकोे तथा कुनै महाराजा नभएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् । आइतबार बिहान सडक आन्दोलन गर्ने १९ दलको निर्णय सभाध्यक्ष नेम्वाङलाई जानकारी दिएपछि छबिलालले भने ‘केपी ओली देशका महाराजधिराज पनि होइनन् , यो देशका ठेकेदार पनि होइनन् । ’ शनिबार भएको तीन दलको बैठकको बिचैमा उठेर हिडेको प्रति लक्षित गर्दै छबिलालले ओलीले पहिचान र जातीय मुद्दाबिरुद्ध बोलेर सहमति हुन नसकेको बताए । प्रचण्डले जातीय र पहिचानको मुद्दा सुन्न पनि नचहाने तथा यी मुद्दाको अवाज उठाउने मोर्चा विघटन गर्नको लागि ओलीले भनेपछि शनिबारको तीन दलको बैठकको बीचैमा उठेर हिडेको बताए । उनले प्रक्रियामा गएर संबिधान नबन्ने बताए । तोकिएको मितिमा संविधान बन्न सहमति हुनुपर्ने छबिलालको
भनाई थियो । शनिबारको तीन दलको बैठकमा ओलीले संविधान निर्माणको लागि १९ दलको मोर्चा बन्दी गर्नु ठिक नभएको बताएका थिए । सहमति नभए प्रक्रियामा जानुपर्ने ओलीको भनाई सार्वजनिक भएपछि एमाओवादी लगायत विपक्षी दलहरु असन्तुष्ट भएका थिए । दलहरुबीच राज्य पुनसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली लगायतका बिषयमा विवाद बढ्दै जादा माघ ८ मा संविधान नआउने खतार बढ्दै गएको छ ।
एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले माघ ८ गतेलाई लक्ष्मण रेखा मानेर एमाले प्रतिबद्धताबाट एक ईन्च पनि पछि नहट्ने स्पष्ट पारेका छन् । प्रक्रियामा गए सडक आन्दोलन गर्ने एमाओवादी लागयत विपक्षी दलले धम्की दिइरहेको बेला खानलले चेतावानीको शैलीमा भने ‘अब प्रक्रियाबाट संविधान बन्नु पर्छ । सहमति नभए दुई तिहाई बहुमतबाट अघि बढ्छौ । यो एमालेको बरिष्ठ नेता बोलेको कुरा हो । अवरोध गर्नेको प्रतिकार गर्छौ । मुलुकलाई झारेटाकुरे राज्य बनाउने कुरा मान्दैनौ ।’ आइतबार राजधानीमा भएको कार्यक्रममा खनालले एक महिनाभित्रै संविधानजारी गर्न सक्ने स्पष्ट पार्दै बालुवाटारमा भएको तीन दलको बैठकबाट एमाओवादी नेताहरु ‘हामीलाई पेल्न खोज्नु भयो’ भन्दै एक्कासी उठेर गएको जानकारी दिदै एमाओवादीको १० वर्षको जनयूद्ध देखिसकेकोले १९ दलको सडक आन्दोलनको कुरा नगर्न सुझाव दिए । उनले भने ‘हामीले जनयुद्ध देख्यौं, मधेश आन्दोलन देख्यौं त्यसैले उनीहरुले यो गर्छौ त्यो गर्छौ भनेर अब हावादारी धम्कीबाट जनता डराउने पक्षमा छैनन, त्यसको वारेमा उनीहरुले जानेहुन्छ । दलहरुको धारणामा बहस नगरेसम्म सहमतिहुँदैन । यसरी उठेर हिडेर बार्ता हुन सक्दैन, सहमतिको लागि बहस गर्नुपर्छ । म अझै बार्ताको लागि आब्हान गर्छु ।’ साथै खनालले संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिले संविधानसभामा पठाएको प्रतिवेदन कुनै पनि हालतमा फिर्ता हुन नदिने र प्रक्रियामा गएर माघ ८ गते नै संविधानजारी गर्ने बताए । माघ ८ भित्रै संविधानजारी गर्ने पक्षमा संविधानसभामा दुई तिहाई बहुमत रहेकोले संविधान जारी हुने भन्दै जातीय राज्य खोज्नेहरु प्रतिगामि भएको टिप्पणी गरे । खनालले नेपाल आमाको छार्ती चिरा चिरा पार्ने गरी समग्र मधेस एक प्रदेश हुनै नसक्ने ठोकुवागर्दै माघ ८ गते अघि सरकार र राष्ट्रपति परिवर्तनको कुरा नगर्न सबैलाई आग्रह गरे । उनले भने–‘दुई तिहाई बहुमत भएको सरकार यो नै राष्ट्रिय सरकार हो । अहिले हाम्रो ध्यान संविधान जारी गर्नेमा छ, सरकारले भ्रष्टाचार गरेको छ कि छैन अहिले हाम्रो ध्यान त्यतातिर छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक