20141221

Breaking News : नेपाल राष्ट्र टुक्राउने अन्तिम तयारीका साथ डा. सिके राउतहरु यसरी समाबेश भए भारतीय ग्रान्ड डिजाइनमा, नेपाल सरकार लाचार साबित ! हामी नेपालीहरु जिउँदा लाशहरु मात्र हौँ ??

*आफ्नो जन्मभूमी, आफ्नो देशको बिरुद्ध यत्रो ठुलो षड्यन्त्र र बिस बमन हुँदा चुप बस्ने हामी कस्ता प्रजातन्त्रबादी ? कस्ता गणतन्त्रबादी !  खोइ प्रतिरोधमा उत्रेको ?? आज नेपाली हुँ भन्दा पनि लाज लागेर आयो ! 
* माओवादीका नाममा प्रचण्ड र बाबुरामहरुले  सत्रहजार निर्दोसका लासहरु ओछ्याइँदा टुलुटुलु राम हेरेर बस्ने र तिनै आतंकका मतियार हरुलाई साथ दिने घोर अबसरबादी हामी नेपालीहरु अहिले त्यसको अत्यन्त महँगो मुल्य चुकाउँदैछौं ! अब फेरी आयो अर्को राष्ट्रघाती, राष्ट्रद्रोही सिके राउत ! उसको पनि राम हेरेर बसौं नेपाली जनता, अनी तयार हौँ राष्ट्र टुक्र्याउन ! 
* धिक्कार छ हामी नेपाली हरुलाई ! हामी वीर पुर्खाका सन्तान होइनौँ हिजडा, नामर्द नेपाली हौँ, अब यसै भन्न थालौं ! 
   * देश भित्रै बस्ने हाम्रा नेपालीहरु लाई देश दुख्न छाडेछ, धिक्कार छ हामी जिउँदा मुर्दा नेपालीहरुलाई !! 










* नेपाल मदर डट कमलाई प्राप्त डा. सिके राउतको ईमेल प्रेस बिज्ञप्ती पनि तल जस्ताको तस्तै प्रस्तुत छ किनकी हामी नेपाली जिउँदा लाशहरुलाई समयमै चेतना फिरोस भन्नाका  । उठाउन सकिन्छ कि भन्नाका लागि हामीले यहाँ राष्ट्रद्रोही  डा. सिके राउत र उसको पछाडिको भिडको सप्तरी र नवलपरासीका कार्यक्रमको तस्बीरहरु सहित उनिहरुले नेपाल आमा बिरुद्ध बोलेका धावा सबै जस्ताको तस्तै प्रस्तुत गरेका छौं । 
"डा. सी. के. राउतद्वारा नवलपरासिको परासिबजारमा वृहत उपस्थितबिच जनसम्बोधन"
परासि बजार, पुष ४ गते -- मधेशमाथि लादिएको उपनिवेश र मधेशीहरूमाथि हुँदै आएको विभेद र दमनको जागरुकता अभियानमा नवलपरासि को परासि बजारमा शुक्रबार १२००० भन्दा बढी समर्थकहरूबिच डा. सी. के. राउतले जनसम्बोधन गरेका छन् । मधेशी एकता समाज र स्वतन्त्र मधेश गठबन्धन नवलपरासीको संयोजकत्वमा गरिएको आमसभामा प्रमुख अतिथि डा. राउत, बिशेस अतिथि केन्द्रिय उपाध्यक्ष कैलाश महतो, केन्द्रिय प्रवक्ता अब्दुल खान, बालगोबिन्द चोधरी, जे.पी. यादव, दिपेन्द्र चोबे, चन्दन सिंह, सुरेश यादव लगायतका वक्ताहरूले मधेशको गौरवशाली इतिहासदेखि नेपाली औपनिवेशिक शासन, मधेश र मधेशी प्रतिको अन्याय विषयमा मन्तव्य राखेका थिए भने आमसभाको अध्यक्षता मधेशी एकता समाजका मदन यादवले गरेका थिए । डा. राउतले मधेशीहरु सदियोदेखि उपेक्षित रहेको भन्दै नेपालि साम्राज्यले गरेको भेदभाव विरुद्ध एकजुट भई धैर्य र साहसका साथ शान्तिपूर्ण तरीकाले लडाई लडनुपर्ने बतउनुभयो । मेडिया बाट समेत उपेक्षित रहेको देखिएको उक्त सभामा नेपालि कुनै पनि मेडियाले मधेशका समाचार प्रकाशन तथा प्रशारण नगरेकोले मधेश अलग देश नै भएको स्वत: भान हुने अधिकांस वक्ताहरुले बताएका थिए । त्यस्तै कार्यक्रमका अध्यक्षता गरेका मदन यादवले "राज्यले बिभेद गरे छुटीन्न पाउने अधिकार" सहितको संविधान जारि नगरे आफूहरु महाआन्दोलनमा जाने बताउँदै अबको महाआन्दोलनले मधेश स्वराज स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे । यस अघि काठमाडौंको खुल्लामञ्चमा मिति २०७१ मंसिर १० गते बुधवार राखिएको मधेशी जनसभालाई नेपाल सरकार र त्यसका प्रहरी प्रशासनद्वारा बिथोलिएको, डा. राउतलगायत मधेशबाट काठमाडौं आएका र काठमाडौं समेतमा बस्ने, बाटोमा हिंडडुल गरिरहेका मधेशी अनुहार, छाला, भाषा र पोशाक भएका सयकडौं मधेशी समुदाय, युवा, विद्दार्थी कर्मचारी तथा अभियानका डा. राउत लगायत ५०० भन्दा बढी नेता कार्यकर्तालाई काठमाडौंको विभिन्न ठाउँहरुबाट धरपकड गर्दै लाठी चार्ज समेतगरी घाइते बनाएको र सामुदायिक तथा साम्प्रदायिक रुपमा बेइज्जत र मानहानि गर्दै विभिन्न बन्दी गृहहरुमा झण्डै आधा साता भन्दा बढी शारीरिक र मानसिक रुपमा प्रताडना दिइएको थियो । मंसिर १९ गते पनि बाराको सिम्रैनगढमा डा. सी. के. राउतका १०००० भन्दा बढी समर्थकहरूले जनप्रदर्शन गरेका थिए, जसका प्रशारण कुनै पनि नेपालि मेडियाले गरेका थिएनन्, यसबाट पनि नेपलि मेडिया वर्गविशेस र रंगभेदि रहेको प्रस्ट प्रमाणित हुन्छ । (कार्यक्रमका केहि तस्वीरहरु संलग्न छ)

सम्पर्क : कैलाश महतो, उपाअध्यक्ष, स्वतन्त्र मधेश गठबन्धन
फोन: +९७७-९८४७०३८३२२, इमेल: save.drckraut@gmail.com

डा. सी. के. राउतद्वारा ऐतिहासिक नगरी बाराको सिम्रओनगढमा वृहत उपस्थितिबिच जनसम्बोधन;

बारा, मंसीर १९ गते -- मधेशमाथि लादिएको उपनिवेश र मधेशीहरूमाथि हुँदै आएको विभेद र दमनको विरोधमा बाराको सिम्रैनगढमा शुक्रबार डा. सी. के. राउतका १०००० भन्दा बढी समर्थकहरूले जनप्रदर्शन गरेका छन्। डा. सी. के. राउत बचाऊ संघर्ष समितिको संयोजकत्वमा गरिएको प्रदर्शनमा डा. राउत, कैलाश महतो, चन्दन सिंह, बिनोद यादव, जे.पी. यादव, महेश यादव, राजेश यादव लगायतका वक्ताहरूले , मधेशको गौरवशाली इतिहासदेखि नेपाली औपनिवेशिक शासन, मधेश र मधेशी प्रतिको अन्याय विषयमा मन्तव्य राखेका थिए । डा. राउतले ऐतिहासिक महत्वका धरोहर पनि उपेक्षित रहेको भन्दै नेपालि साम्राज्यले गरेको भेदभाव विरुद्ध एकजुट भई धैर्य र साहसका साथ शान्तिपूर्ण तरीकाले लडाई लडनुपर्ने बतउनुभयो । त्यस्तै बिनोद यादवले शहीदहरुको यो भूमि सदियै देखि अपहेलनामा परेको भन्दै मधेशको भूमिमा मधेशमाथि राज्य गर्न र पैसा कमाउन मात्र सरकारको उपस्थित रहेको देखिन्छ । अर्का वक्ता राजेश यादवले डा. राउत नि:सर्त रिहा हुनुपर्ने तथा नभए मधेशका सबै युवालाई जेल राख्नुपर्ने बताए । काठमाडौंको खुल्लामञ्चमा मिति २०७१ मंसिर १० गते बुधवार राखिएको मधेशी जनसभालाई नेपाल सरकार र त्यसका प्रहरी प्रशासनद्वारा बिथोलिएको, डा. राउतलगायत मधेशबाट काठमाडौं आएका र काठमाडौं समेतमा बस्ने, बाटोमा हिंडडुल गरिरहेका मधेशी अनुहार, छाला, भाषा र पोशाक भएका सयकडौं मधेशी समुदाय, युवा, विद्दार्थी कर्मचारी तथा अभियानका डा. राउत लगायत ५०० भन्दा बढी नेता कार्यकर्तालाई काठमाडौंको विभिन्न ठाउँहरुबाट धरपकड गर्दै लाठी चार्ज समेतगरी घाइते बनाएको र सामुदायिक तथा साम्प्रदायिक रुपमा बेइज्जत र मानहानि गर्दै विभिन्न बन्दी गृहहरुमा झण्डै आधा साता भन्दा बढी शारीरिक र मानसिक रुपमा प्रताडना दिइएको थियो । हिजो पनि सप्तरीको राजविराजमा १५००० भन्दा बढी समर्थकहरुले जनप्रर्दन गरेका थिए ।

सम्पर्क : ब्रजेश सिंह, राजेश यादव, संयोजक, बारा,पर्सा
डा. सी. के. राउत बचाऊ संघर्ष समिति
फोन: +९७७-९८५११४०१८५, ९८६२१५२५००, इमेल: save.drckraut@gmail.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक