20141224

ओबामालाई नेपाल भ्रमणमा लैजान पहल गर्न डेमोक्रेटिक पार्टीका युबा नेता एबम नेपाली समाजसेबी हरि शर्माको नेत्रित्वमा नेपाली प्रतिनिधि मण्डल स्टेट डिपार्टमेन्टमा !

अमेरिकामा धेरैजसो नेपाली संघ संस्था, तिनका आउरे बाउरे र ठुलो सँख्या कोठे राजनीति, गुटबन्दी, फुटबन्दी, जातिय, क्षेत्रिय, भाषागत, पार्टीगत स्वार्थमा चुर्लुम्म डुबूल्की मार्दै कोठे आनन्दमा मस्त रहेका बेला यही एका दुई त्यस्ता नेपाली पनि छन जो अमेरिकि राजनीतिमा प्रबेश गरेर यहाँ र नेपाल तथा नेपाली समुदाय का लागि केही गरौं भन्ने सोंच राख्छन । त्यस्ता एकादुइ मध्ये चार्टर एकाउन्टेन समेत रहेका नेपाली सेबी हरि शर्मा (जो डेमोक्रेटिक पार्टी र व्हाइट हाउस सम्म पहुँच राख्छन), दर्शन रौनियार, एच बि भण्डारी लगायत औँलामा गन्न सकिने मात्र छन । यिनै हरि शर्मा जो हाम्रा अत्यन्त निकट मित्र र यस नेपाल मदर डट कमका सल्लाहकार समेत छन उनले चार दिन अगाडि फोन गरेर भने " खनाल जी, राष्ट्रपती ओबामा भारत जाँदैछन यस बेला दुई घण्टा कै लागि किन नहोस् ओबामा लाई नेपाल पुर्याउन हामीहरु लाग्नु पर्‍यो । मैले पार्टीमा र व्हाइट हाउस सम्म पनि डेलिगेशन जानुपर्छकी भन्ने सोंचेको छु कस्तो होला ? " मैले एक शब्दमै भने राम्रो सोँच, जाउँ, म तपाईं सँग साथ छु । हामीले डेलिगेसन जाने, ओबामा लाई नेपाल लैजान पहल गर्ने , भनेर निर्णय गर्यौँ तर अन्तिम अवस्थामा म मेरो बिजनेश सम्बन्धी अत्यन्त जरुरी मिटिङ परेकोले जान सकिन तर पनि हरि शर्मा जी को नेत्रित्वमा नेपाली प्रतिनिधि मन्डल स्टेट डिपार्टमेन्ट पुगेर ओबामा लाई नेपाल भ्रमणको लागि ध्यानाकर्षण गरायो ज्ञापन पत्र पनि दियो । नेपाल मदर डट कम लाई आशा एबम विश्वाश छ छोटै अबधिका का लागि किन नहोस् अमेरिकि राष्ट्रपती ओबामा नेपाल भ्रमण मा जाने छन । हरि शर्मा जी को पहल ले पनि सार्थकता पाउनेनै छ ।
 
समाचार बिस्तारमा : अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमणमा जानका लागि अमेरिकाको नेपाली समुदायका तर्फबाट पनि लविङ्ग सुरु भएको छ | राष्ट्रपति ओबामा जनवरी २६ तारिख भारतको
गणतन्त्र दिवसमा प्रमुख अतिथिको रुपमा सहभागी हुन जनवरी तेश्रो साता भारत भ्रमणमा जाँदैछन् | सोही क्रममा नेपालको पनि भ्रमण गर्न ओबामालाई आग्रह गर्ने उद्देश्यले यस्तो लविङ्ग सुरु गरिएको हो | यस अघि प्रधानमन्त्री सुशील कोइरालाले नेपालका लागि अमेरिकी राजदूत पिटर बोडीमार्फत राष्ट्रपति ओबामालाई नेपाल भ्रमणका लागि लिखित रुपमा औपचारिक निम्तो समेत प्रदान गरिसकेका छन् | सोही पत्र लिएर राजदूत बोडी अहिले वासिंगटन डिसी आएका छन् |अमेरिकामा रहेका नेपाली समुदायका तर्फबाट आज एक प्रतिनिधि मण्डलले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया हेर्ने विभागका अधिकारीहरुसंग विदेश मन्त्रालयमा भेटवार्ता गरेका छन् | भेटवार्ताका क्रममा प्रतिनिधि मण्डलका सहभागी नेपालीहरुले राष्ट्रपति ओबामाको नेपाल भ्रमणका लागि वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए | नेपाली मूलका डेमोक्र्याटिक पार्टीका नेता एवम भर्जिनियाको लाउडन काउन्टी डेमोक्र्याटिक कमिटीका अध्यक्ष हरि शर्माको विशेष पहल र नेत्रित्वमा भएको भेटवार्तामा ह्वाइट हाउसमा समेत राम्रो सम्पर्क भएका शर्मासहित नेपाली जनसम्पर्क समिति,अमेरिकाका तर्फबाट अध्यक्ष आनन्द विष्ट, एनआरएन अमेरिकाका तर्फबाट अध्यक्ष खगेन्द्र जीसी र वरिष्ठ उपाध्यक्ष लोक तिवारी, नेपाल अमेरिका पत्रकार संघका तर्फबाट अध्यक्ष गौतम दाहाल र ग्लोब नेपाल डट कमका भरत बराइली सहभागी हुनुहुन्थ्यो | ६ सदस्यीय प्रतिनिधि मण्डलले विदेश मन्त्रालयमा कार्यवाहक निमित्त विदेश सहायकमंत्री एरिक एम कोलिङ्ग्स,दक्षिण तथा मध्य एशिया ब्यूरोका नेपाल तथा भुटान मामिला हेर्ने डेस्क अफिसर डेभिड ड्रेईलिंगर र आउटरिच कोअर्डिनेटर एरिक एइड (पीएचडी) संग भेट गरेको थियो | एरिक कोलिङ्ग्स विदेश मन्त्रालयमा नेपाल,भुटान,बंगलादेश,श्रीलंका र माल्दिभ्स मामिला हेर्ने अधिकारी हुन् | 
भेटवार्ताको आरम्भमा नेपाली टोलीको तर्फबाट समन्वयकर्ता हरि शर्माले प्रतिनिधि मण्डलको परिचय गराएका थिए | सोही क्रममा शर्माले राष्ट्रपति ओबामाको आसन्न भारत भ्रमणका क्रममा नेपालको पनि भ्रमणका लागि वातावरण बनाउन आफुहरुले पहल सुरु गरेको भन्दै विदेश मन्त्रालयका अधिकारीहरुलाई यसका लागि आग्रह समेत गरे | नेपाली प्रतिनिधि मण्डलको स्वागत गर्दै जवाफमा विदेश मन्त्रालयका अधिकारी एवं कार्यवाहक निमित्त विदेश सहायकमंत्री एरिक कोलिङ्ग्सले राष्ट्रपति ओबामाको नेपाल भ्रमणका लागि नेपाल सरकारका तर्फबाट विदेश मन्त्रालयमा प्राप्त पत्रलाई ह्वाइट हाउसमा पठाई सकेको जानकारी दिदैं यस बारे ह्वाइट हाउसका अधिकारीहरुसंग पनि सम्पर्क गर्न आग्रह गरे | 
सोही अवसरमा नेपाली जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्टले आफ्नो संगठनको बारे जानकारी गराउदै आफ्नो पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले आफुहरुलाई राष्ट्रपति ओबामाको नेपाल भ्रमणका लागि अमेरिकाबाट पनि पहल गर्न पत्राचार गरेको जानकारी गराए | विष्टले लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढ्दै गरेको मुलुक नेपालमा दिगो शान्ति,लोकतन्त्रको संस्थागत विकास, नेपालको समग्र विकास र दुई देश  बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन पनि राष्ट्रपति ओबामाको भ्रमण नेपालका लागि महत्वपूर्ण हुने भन्दै यसका लागि आफुहरुले भेटवार्ताको क्रम सुरु गरेको अवगत गराए | सोही अवसरमा एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जीसीले अमेरिकाको एनआरएन समुदायका बारे जानकारी दिदैं अहिले राष्ट्रपति ओबामाको भ्रमण नेपालका लागि निकै महत्वपूर्ण हुने भन्दै यसका लागि अमेरिकामा रहेका सबै नेपाली समुदाय आशावादी रहेको जानकारी गराए | जीसीले दोहोरो कर सम्झौता लगायतका विषयमा पनि एनआरएनको तर्फबाट विदेश मन्त्रालयका अधिकारीहरुलाई जानकारी गराएका थिए | 
सोही अवसरमा विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने अधिकारी डेभिड ड्रेईलिंगरले कर लगायतका अन्य विषयमा एनआरएन समुदायसंग मिलेर काम गर्न आफुहरु इच्छुक भएको बताए |'हामी एकापसमा मिलेर के कस्ता काम गर्न सक्छौं,जानकारी दिनुस्,हामी त्यसका लागि हाम्रो दायरा अनुसार काम गर्न तयार छौं,उनले भने | गत महिना आफुले नेपालको भ्रमण गरेको समेत उनले नेपाली टोलीसंगको भेटका क्रममा स्मरण गरेका थिए | सहभागी नेपाली टोलीका तर्फबाट एनआरएन अमेरिकाका अध्यक्ष जीसीले कार्यवाहक निमित्त विदेश सहायकमंत्री एरिक कोलिङ्ग्सलाई उपहार स्वरुप नेपाली ढाका टोपी लगाई दिएका थिए भने सहभागी प्रतिनिधि मण्डलका सबै संगठनका तर्फबाट राष्ट्रपति ओबामालाई नेपाल भ्रमणका लागि आग्रह गरिएको पत्र समेत विदेश मन्त्रालयका नेपाल डेस्कका अधिकारी डेभिड ड्रेईलिंगरलाई हस्तान्तरण गरिएको थियो | 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक