20141224

छबिलाल र बाबुरामलाई गणितको एउटा प्रश्न गर्दै सभासद पद छाड्न प्रस्ताव गरे चित्रबहादुर केसीले

चित्र बहादुर केसी द्वारा छबिलाल र बाबुरामलाई गतिलो झापड !
राजमो अध्यक्ष चित्रबहादुर केसीले प्रचण्ड र बाबुरामलाई गणितको एउटा प्रश्न गर्दै सभासद पद छाड्न प्रस्ताव गरेका छन् । चित्रबहादुरले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई समक्ष गणितको एउटा पहेली प्रस्तुत गरेका हुन् । राजमो अध्यक्ष चित्रबहादुर केसी भन्छन्, ‘उनीहरु गणित नमान्ने होइन त ? नमान्ने हो भने म एउटा प्रश्न राख्छु, प्रस्ताव राख्छु ।’ एमाओवादीका पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले गणितीय आधारमा संविधान मान्दैनौं भनेका छन्, गणित नमान्ने भए किन सभासद भएर बसेको ? चित्रबहादुरको प्रश्न छ । संविधानसभामा बहुमतले भनेको नहुने, अल्पमतले भनेको मात्र हुनुपर्ने हो भने ठीक छ, उहाँहरुले सभासद पद आआफ्नो चुनाव क्षेत्रमा हारेका प्रतिस्पर्दी उम्मेदवारलाई पद छाडिदिनुपर्छ । ‘प्रचण्ड बाबुरामहरु प्रत्यक्ष निर्वाचनमा गणितका आधारमा सभासद बनेका हुन्, गणित नमान्ने भए सभासद पद छाडिदिनुुस्, चुनाव हारेका प्रतिस्पर्दीको पक्षमा सभासद पद छाडिदिनुस्’ चित्रबहादुरको
भनाइ छ । ‘संविधानसभाभित्र अल्पमतले जे भन्यो त्यही हुनुपर्छ भने चुनावमा पनि अल्पमतको कदर हुनुपर्छ, चुनावमा उनका प्रतिस्पर्दी उम्मेदवारहरुले गणितका आधारमा हारेका थिए, अब प्रचण्ड बाबुरामले उनीहरुलाई पद छाड्ने कि नछाड्ने ?’ न्यूज भित्तासँगको वार्तामा उनले सोधे । उनले आक्रोश पोखे, ‘गणितका आधारमा चुनाव जितेर सभासद बन्ने अनि सभासद बनिसकेपछि चाहिँ गणित मान्दै मान्दिन, म अल्पमतले भनेजस्तो हुनुपर्छ, बहुमतले भनेको चल्दैन भन्ने ?’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक