20141224

के लाग्यो भने छबिलाल र बाउरामहरुले माघ ८ मा संबिधान ल्याउन पनि दिंदैनन !

हाल सम्मका सबै गतिबिधी र काम कारबाही देख्दा के लाग्यो भने छबिलाल र बाउरामहरुले माघ ८ मा पनि संबिधान ल्याउन  दिंदैनन र बहुमतले संबिधान ल्याए पनि यि आतंकका नाइकेहरुले नेपाली जनतालाई गरी खान पनि दिंदैनन । यिनिहरुले के राम्ररी बुझेका छन भने संबिधान बन्यो भने यिनिहरु कानुनको कठघरामा अाउनै पर्छ, पहिले र अहिले जस्तो बेलागाम बनेर लुट तन्त्र मच्चाउन पाइदैन । त्यस्तो भयो भने त खेला खत्तम ! त्यसैले अनेक बहाना बनाएर संबिधान बन्न नदिने प्रपञ्चमा छन यि नेपाली बिन लादेनहरु । हिजो यिनै छबिलाल र बाउरामहरुको पछाडि लागेर जे पनि हुन्छ भन्दै सहमतिका नाममा जहाँ जे कुरामा पनि सहि धस्काउने एमाले र काङ्रेसका नेताहरु पुर्पुरो ठोक्दैछन अहिले, हरे शिव किन यिनिहरुको पछी लागिएछ भनेर पश्चाताप पनि गर्दैछन तर ढिलो भैसकेपछि पश्चातापको पनि के अर्थ ! आज यिनैलाई पनि घाँडो भएका छन छबिलाल बाउरामहरु । कुरोको चुरो केहो भने यि दुई जना रहे सम्म नेपालमा स्थिरता, शान्ती र बिकास कल्पना मात्र हुन्छ । हाम्रो जेनेरेशनले नेपाल राम्रो, सबल भएको देख्न त नपाउने नै भयौं, यस्तै हो भने यि छबिलाल, बाउराम र उनिहरुका नेत्र बिक्रमहरुलाई हेर्दा हाम्रा सन्ततिले पनि नेपाल बनेको, सबल भएको देख्न पाउन्नन कि पो जस्तो लाग्न थाल्यो त  www.Nepalmother.com लाई ! तपाईंलाई कस्तो लाग्छ कुन्नी ??

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक