20141226

नेपालमा मात्र अपहरण गरेर पुगेनछ ! अब माओवादीले गर्न थाले बिदेशमा पनि नेपाली अपहरण ! थुक्क तिमीहरुको माओबाद यस्तो पो !


थाइल्याण्डको बैंककमा तीन जना नेपाली विद्यार्थीको अपहरणमा सङ्लग्न व्यक्तिसँग सम्पर्कमा रहेका एक नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको छ । बैंककमा पाकिस्तानी नागरिकले सञ्चालन गरेको रेस्टुरेण्टका कामदारले पुस ४ गते एजम्सन विश्वविद्यालयमा अध्ययनरत विद्याथीहरु
रोनेश श्रेष्ठ, कर्ण हाचेथु र विभुष रिजाललाई राति ११ बजे अपहरण गरेका थिए । अपहरणपछि माग गरिएको फिरौतीवापतको रकम बुझिलिने जिम्मा लिएका सर्लाही छतौनका ३० वर्षीय सुजन यादव भनी चिनिने श्रीचन रायलाई थप अनुसन्धानका लागि ब्यूरोले काठमाडौँबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अपहरणपश्चात अर्को दिन पुस ५ गते बिहान १० बजे अपहरणकारीले नेपालमा विद्यार्थीका अभिभावकलाई टेलिफोन गरी रु एक करोड फिरौती मागेपछि आफूहरुले अनुसन्धान सुरु गरेको व्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो । अनुसन्धानको क्रममै व्युरोका प्रहरी उपरीक्षक पीताम्बर अधिकारी पुस ६ गते बैंकक गई त्यहाँको प्रहरीसँगको समन्वयमा अनुसन्धान सुरु गर्नु भएको थियो । व्युरोले दिएको सूचनाको आधारमा समन्वय गर्दै उपरीक्षक अधिकारीसहितको संयुक्त अनुसन्धान टोलीले अपहरणमा परेका विद्यार्थीलाई पुस ८ गते अपहरणमुक्त गराउन सफल भएको व्युरो प्रमुख मल्लले बताए । अपहरणमा भारतीय, पाकिस्तानी, थाइल्याण्डका नागरिकसहित आठ जनाको संलग्नता रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको र तीमध्ये तीन जना पक्राउ परेपनि अन्य फरार रहेको व्युरोले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक