20141226

नेत्रविक्रम चन्द विप्लवले ‘कुकुर हड्डीमा झुम्मिए’ झै कुर्सीको लागि नेताहरु लड्ने गरेको आरोप लगाए !

मोहन वैद्य‘किरण’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई बालरोगी भएको आरोप
नेकपा मओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लवले ‘कुकुर हड्डीमा झुम्मिए’ झै कुर्सीको लागि नेताहरु लड्ने गरेको आरोप लगाएका छन् । राजधानीकोे खुल्ला मञ्चमा शुक्रबार माओ दिवसको अवसरमा आयोजित आमसभामा विप्लवले नेताहरुलाई जनताको सवाल भन्दा पनि कुर्सि प्यारो भएको आरोप लगाउँदै त्यसको लागि आरोप प्रत्यारोपमा उत्रिएको बताए । अघिल्लो साता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र
एमाले अध्यक्ष केपी ओलीबीच भएको आरोप प्रत्यारोपप्रति लक्षित गर्दै विप्लवले भने ‘जनता कहाँ छन्, तिनीहरुलाई वास्ता छैन । मुख नधुदै, आँखा मिच्छै एक–एकलाई गाली गर्न थाल्छन्, प्रधानमन्त्री को बन्नु पर्छ, राष्ट्रपति को बन्नुपर्छ , रातारात करोडपति र अबरपति कसरी बन्नुपर्छ भन्नेमा नेताहरु केन्द्रित छन् । हामीलाई यसमा घृणा लाग्छ ।’
 उनले युद्धकालिन अवस्थाको सम्झना गर्दै दशौ हजार मानिसको बलिदानको बिषयमा प्रचण्ड लगायतका नेताहरु मौन बसेकोले त्यसको जवाफ दिन आफुहरु आन्दोलनमा उत्रिएको बताए । ‘काठमाडौंबाट प्रचण्ड–बाबुरामले नेपाली जनताको अधिकारबारे अपील गर्नको लागि हामी रोल्पाको चुनवाङबाट आएका थियौ । उहाँहरुले यो मञ्चबाट ‘हामी तपाईको सेवा गर्न चाहान्छौ’ भनेर अपील गर्नुहुन्छ भन्ने हामीले सोचेका थियौ, तर जनताले चाहेको जवाफ कता–कता आकाशमा हराएको जस्तो, विलाएको जस्तो भयो । जवाफ नआएपछि हामी आन्दोलनमा लाग्नु परेको छ । ’ उनले जनयुद्धमा बलिदान गरेका जनतालाई जवाफ नदिएर प्रचण्डले जिब्रो चपाउने गरेको गरेको समेत आरेप लगाए । ‘हामीले प्रचण्डसँग जवाफ मागेका थियौं, उहाँले जिब्रो चपाउनुभयो, किरणजीले जवाफ दिनुहुन्छ कि भन्ने आशा ग¥यौं, उहाँले जवाफ दिनुभएन ।’ विप्लवले भने ।

 उनले देशमा माओवादीबिरुद्ध युद्ध छेडिएको बताउँदै युद्धको बदला युद्धले नै जवाफ दिने धम्बकी दिए । उनले अघि भने ‘माओवादीले धोका दियो तपाईहरुले भन्ने यही हुन्छ विश्लेशक, लेखकहरु के भन्छन् भने अब माओवादी सिद्धियो ।’ उनले खुल्ला मञ्चमा थेरै मानिस उपस्थित भएकोतर्फ इङ्कित गर्दै भने ‘ सानो फिलिङ्गो पनि ठीक ठाउमा पर्यो भने विशाल आगो बन्न सक्छ । ’ उनले संविधानसभाको विघटन गर्नु पर्ने बताउँदै भन् विप्लव भने ‘ जनताकोबिरुद्धको कानुन बनाउदैछन्, हामी मान्दैनौ, यो जनताले अनुमोदन गरेको संविधानसभाहोइन, यो नक्कली संविधानमा भंग गरेर नयाँ राजनीतिक राष्ट्रिय राजनीतिक सभाबाट संविधान बनाउनुपर्छ । ’ उनले नेपाली युवाहरुलाई देशको स्वाधिनताको लागि नेपालमा आवश्यक पर्यो भने एकपटक बलिदान दिनको लागि तयार हुन आग्रह गरे ।
पार्टी फुटपछिको पहिलो राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई बालरोगी भएको आरोप लगाएका छन् । ‘कि उनी बालरोगी हुनुपर्छ कि कतैबाट गाइडेड हुनुपर्छ ।’ बैद्यको भनाइलाई उद्घृत गर्दै एक सहभागीले भने । ‘विप्लवमार्फत् फेरि नेपाललाई ‘अर्को प्रयोगशाला’ बनाउन त खोजिएको होइन ?’ भन्ने गम्भीर आशंका पनि सो अवसरमा वैद्यले व्यक्त गरका थिए । विप्लवले अप्रत्यासित रुपमा रहस्यमय ढंगले पार्टी फुटाएपछि मोहन वैद्य विप्लवप्रति खरो रुपमा प्रस्तुत हुँदै आएका छन् । समाचार स्रोतका अनुसार मोहन वैद्यले भेलाको वन्दसत्रमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा विप्लवमाथि विभिन्न वाद झुण्ड्याउँदै विप्लव प्रवृत्तिको सविस्तार व्याख्या गरेका थिए । यस अघिको प्लेनमले वाम खोलभित्रको दक्षिणपन्थी अवसरवाद उन्मुख कमजोरीको रुपमा संश्लेषण गरेको आरोपलाई थप ठोस र मूर्त रुप दिंदै दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा देखिएका विप्लव र विप्लवले अघि सारेको ‘एकीकृत क्रान्तिको कार्यदिशा’का कमजोरीहरुलाई सुत्रबद्ध गर्दै दार्शनिक क्षेत्रमा निषेधात्मक द्वन्द्ववाद, अनुभववाद, शुन्यवाद, सारसंग्रहवाद, प्रधानअन्तरविरोधको क्षेत्रमाः अस्पष्ट, विस्तारवादपरस्त, राजनीतिक अर्थशास्त्रको क्षेत्रमाःवर्गसमन्वयवाद, दिवालीयापन, वैज्ञानिक समाजवादको क्षेत्रमाः अराजकतावादी व्यक्तिवाद आदि प्रवृत्ति देखिएको आरोप समेत लगाए । विप्लवमा यस्तो प्रवृत्ति देखिनुको कारण खुट्यायाउँदै वैद्यले भने, ‘निम्न पुँजीवादी मनोवृत्ति र साम्राज्यवाद र विस्तारवादको चलखेल जिम्मेवार रहेको छ ।’‘विप्लवमा देखिएको यो प्रवृत्तिले क्रान्तिलाई होइन, प्रतिक्रान्तिलाई नै सहयोग पु¥याउँछ ।’ विप्लवले वैद्यहरुले प्रति लगाउने आरोपप्रति संकेत गर्दै वैद्यले भने, ‘विचारको सवालमा बुढा र तन्नेरी भन्ने हुँदैन ।’ नेता शब्द अहिले पत्रु भइसकेको भन्दै वैद्यले नेताहरु सुक्ष्मदर्शक र दूरदर्शक बन्नुपर्ने आवश्यकता औल्याए । भेलामा सहभागी अर्का एक वैद्य माओवादीका कार्यकर्ताले दिएको जानकारी अनुसार वैद्यले झापा विद्रोहदेखि ०५२ सालको जनयुद्धको सुत्रधारसम्म अन्तर्संघर्ष र वर्गसंघर्षमा ‘टेस्टेड’ भएको टिम आफ्नो पार्टीसँग भएको दावी गर्दैै यति लामो अन्तर्संघर्षमा विप्लवसँगको अन्तर्संघर्ष अनौठो भएको पनि बताएका थिए । पार्टीको महाधिवेशन विप्लवले अलपत्र पारेको आरोप लगाउँदै विचार संश्लेषण र पार्टी संगठनलाई चस्त, दुरस्त पार्न विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, नेपाली कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट पार्टीहरुमा देखिने टुट, फुट र विभाजनका कारण, दशवर्षे जनयुद्धका सवल र दुर्वल पक्षहरुको अध्ययन, साम्राज्यवाद र विस्तारवादले खडा गरेका चुनौती, विज्ञान र प्रविधिको विकास, नेपाली समाजको वर्ग विश्लेषणसहित तमाम विषयमा महान बहस चलाएर एउटा संश्लेषणमा पुग्नुपर्ने र त्यसको जगमा टेकेर मात्र नेपालको जनवादी क्रान्तिलाई अगाडि बढाउन सकिने निष्कर्ष किरणको दस्तावेजमा रहेको नाम नबताउने शर्तमा एक सहभागीले बताए । तीन दिनसम्म चल्ने सो भेलाले वैद्यको राजनीतिक प्रस्तावमाथि छलफल चलाउन १८ वटा समूह बनाएको छ । प्रवास, अन्तर्राष्ट्रिय, देशभित्रका १३ वटा राज्य र जबस मोर्चा गरी करिब ९ सय प्रतिनिधि सहभागी रहेको भेला १३ गतेसम्म चल्ने माओवादी नेताहरुले बताएका छन् । १२२ औं माओ जयन्तीको अवसर पारेर गरिएको उक्त भेलाको उद्घाटन सत्रमा माओको फोटोमा माल्यार्पण गरिएको थियो भने पार्टी अध्यक्ष वैद्यले नयाँ जनवादी क्रान्तिका लागि माओले गरेको योगदानको बारेमा सविस्तार चर्चा गरेका थिए । साथै, उनले आफ्ना पुराना मागहरु दोहो¥याउँदै वर्तमान संविधानसभाको विघटन गरेर अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिक सभाको पनि माग गरेका थिए । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक