20141206

“वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबको नतिजा प्रकाशित !


वुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज गरी सत्यको प्रतिरक्षा, लुम्बिनीको प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धन, वुद्धका सन्देशहरुको प्रचार प्रसार गरी बिस्व शान्तिमा योगदान गर्ने जस्ता उद्धेस्यहरुका साथ सूत्रपात गरिएको लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले डा मधु माधुर्यको मूल संयोजकत्वमा गठित १३ सदस्यीय मूल आयोजक समितिले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु”
शिर्षकमा अन्तराष्ट्रिय साहित्यिक महोत्सब आयोजना गरेको थियो । बरिस्ठ साहित्यकारहरु डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ र दामोदर पुडाशैनी रहनु भएको तीन सदस्यीय निर्णायक मण्डलको मूल्यांकन अनुसार उत्कृष्ट पाँच जना कवीहरुमा बिनोद न्यौपाने (वेलायत), बिबेक भण्डारी (युएइ), शमा श्री (इजरायल), डा मन मूर्ति भुर्तेल (रसिया) र जगत नबोदित (वेलायत) पर्नु भएको छ । त्यसपछिका छ: जना उत्कृष्ट कवीहरुमा दीपक आचार्य "जलन" (कुबेत), बिशाल शाह (न्यू योर्क), लालानाथ घिमिरे (खाँदबारी), जीवन श्रेष्ठ (गोर्खा), डा साबित्रा काफ्ले (अस्ट्रेलिया), मोहन आचार्य जलाद (पोर्तुगल) र नारायण थापा हुनुहुन्छ । अभियाद्धारा छिट्टै काठमाण्डौंमा आयोजना गरिने बिशेष कार्यक्रमका बीच पहिलो पाँच जनालाई जनही रु १० हजार र प्रमाणपत्र र
पछिल्लो छ: जना प्रत्येकलाई प्रमाणपत्र प्रदान गरिनेछ । 

कविताहरु प्रतियोगी र अप्रतियोगी गरी दुई किसिमका थिए । प्राप्त कविताहरुलाई बिशेष तयारीका साथ बुटवलबाट सन्चालित खस्यौली एफएम ९१.८ का रोहित ढकाल, सुमन श्रेष्ठ, सरोज कंडेल र कपिल ज्ञवालीले तयार गरी प्रसारण गरेको थियो भने अस्ट्रेलियाको एडिलेडबाट सन्चालित रेडियो, मेलबर्नबाट सन्चालित नेपाली संचार, कपिलवस्तुको रेडियो बाणगंगा, रेडियो मायादेवी, भ्वाइस अफ शाङ्रिला, रेडियो जनादेश र रेडियो मैत्रीले समेत ऐक्यबद्धता स्वरुप प्रसारण गरेका थिए । 

यस कार्यक्रमको लागि आबस्यक आर्थिक ब्यबस्थापन सुमन खरेल (रसिया), बिकल आचार्य (वेलायत), बिमल गिरी (बेल्जियम) र बिनोद अधिकारी (कुवेत) द्धारा गरिएको छ ।

अभियानले वुद्ध र लुम्बिनीमा केन्द्रित भएर नेपाली एबं बिदेशी बिशिस्ठ ब्यक्तिहरुलाई सहभागी गराउँदै रेडियो मार्फत लगातार २४ र २५ घण्टे कार्यक्रमको आयोजना यस अघिका बर्षहरुमा गरिसकेपस्चात लुम्बिनी र वुद्ध बिषयमा केन्द्रित भएर पहिलो पटक अन्तरराष्ट्रिय रुपमा यसरी आयोजना गरिएको साहित्यिक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सबैलाई अभियानको तर्फबाट अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले एक बिज्ञप्ती मार्फत धन्यवाद दिंदै आभार प्रकट गर्नु भएको छ ।       

-- With best regards,


Nepal - the country of the Mt. Everest and the Buddhahttp://worldamity.wordpress.com         http://ramkshrestha.wordpress.com    http://completenepal.wordpress.com  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक