20141206

अमेरिकामा कोठे कवी गोस्ठीको २५ सौँ भाग : बाहिर चिसो भए पनि भित्र कबिता, मुक्तक, गीतले बातावरण झनै तातो थियो !

अमेरिकामा / डिसेम्बर ६ तारिखको साँझ । बाहिर पानी परिरहेको थियो । चिसो मौसम र बर्षादको बेवास्ता गर्दै कवी साहित्यकार मित्रहरु मेरो निवास भर्जिनिया फ्रन्ट रोयलमा एक पछी अर्को गर्दै झुल्किने क्रम जारी थियो । अमेरिकाको वाशिँगटन डिसी मेट्रो एरियाका कवी साहित्यकारहरुको समुहमा पालै पालो आयोजना गरिने, सबैजना सदस्य रहेको, कोही अध्यक्ष वा पदाधिकारी नरहेको अमेरिकाको एक मात्र संस्था यो कोठे कवी गोस्ठीको २५ सौँ भाग थियो  । रजत कार्यक्रम गर्ने पालो, दोस्रो पटक म र मेरी जिबन सँगिनी तीर्थाको काँधमा अाइपुगेको थियो । गत साल मेरो अर्को निवास मनाससमा गरिएको थियो भने यस पटक मेरो बसाइ दुबै तिर
भएकोले संयोगले फ्रन्ट रोयलमा पर्न गयो । ( अहिले हामी मनासस र फ्रन्ट रोयल दुबै तिर आधाआधी जसो बस्दछौं )
        बाहिर चिसो भए पनि भित्र हिटिङ सिस्टमको तातो, अझ त्यस माथि उपस्थित कवी साहित्यकारहरुको कबिता, मुक्तक, गीतले बातावरण झनै तातो थियो, त्यसैले होला एकजना सहभागी चुट्का मास्टर बिकास अधिकारीलाइ पसिना पुछ्दै हैरान थियो । कवी तथा साहित्यकारहरु हरि घिमिरे, होमनाथ सुबेदी, रविन्द्र श्रेष्ठ, रामप्रसाद खनाल, कल्पना सुबेदी, बासु श्रेष्ठ, प्रेम संग्रौला, गोपाल रेग्मी, प्रकाश नेपाल, परशु तिम्सिना, भूपनारायण घर्ति मगर, मोहन निरौला, बिमला निरौला, मंजु संग्रौला, रजनी श्रेष्ठका मुक्तक, कबिता, गीतले रौनक थपिरहँदा नीरा शर्मा जस्ती सलल बग्ने साहित्यकार, शरद निरौला जस्ता प्रखर कवी अमेरिकाबाट केही समय का लागि नेपाल गएकाले मिस गर्नुपर्दाको क्षण मलाई कता कता खड्किरहेको थियो । साथी बसन्त श्रेष्ठ, हेमन्त श्रेष्ठ स्वास्थ्य बिग्रिएका कारण र सुदीपभद्र खनाल, नारायण अधिकारी, अन्य केही साथीहरु पनि छुटेको कारण मैले मात्र होइन अरु साथीहरुले पनि मिस गरिरहेका थियौँ । जे होस् कार्यक्रम जम्यो, रमाइलो पनि भयो । त्यसइ माथि मेरा मित्र डा। गुण सुबेदी, मेरी जिबन सँगिनी तीर्था, एकजना साहित्यकी पनि आमा नन्दा कुमारी सुबेदीको उपस्थिती ले कार्यक्रम गर्बित थियो भने बिकास अधिकारी दाइका चुट्किलाले ले बेला बेला हाँसोको फोहोरा पनि निस्किन्थ्यो । मेरी बुहारी पबित्रा, भाई ॠषिले बनाएको चिकन बिर्यानी र चिकन चिल्ली, तीर्थाले बनाएका अन्य परिकारले कार्यक्रम शुरु हुनु अघि र कार्यक्रम सकिए पछी सबैको पेत भित्र घम्साघम्सी गर्ने मौका पनि पाएका थिए । आशा छ सबै लाई मिठै र कार्यक्रम राम्रै लागे होला ।   उपस्थित कबी, साहित्यकार लगायत सबैमा आयोजकका हैसियतले हामी जोइपोइका तर्फबाट धन्यवाद को पोको टक्र्याउँछु । सबैको जय होस् ।  - रामप्रसाद खनाल



 











            


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक