20141207

गाविस युवायुवती बिहिन बन्दै, एउटै गाविसका करिब ६ सय जना युवायुवतीहरु विदेशिए गाउँ सुनसान !

 सिन्धुपाल्चोकको विकट वस्तीको हगाम गाविस युवायुवती बिहिन बन्दै गएको छ । यहाँका करिब ६ सय जना युवायुवतीहरु विदेशिएका कारण गाउँ सुनसान जस्तै बन्न पुगेको छ । बैदेशिक रोजगारीकै कारण गाउँमा सकारात्मक र नकारात्मक दुबै किसिमको समस्या चर्को रुपमा देखिएको छ । विकट वस्तीको हगाम गाउँका युवायुवती बैदेशिक रोजगारीको क्रममा साउदी अरब, मलेशिया, कतार, बहराईन, इराक, दुबई लगायतका देशमा पुगेको स्थानीय वासिन्दाहरुले बताएका छन् । महिला तथा युवतीहरुका लागि सम्वन्धित देशको कम्पनी÷रोजगारदाताले नै पासपोर्ट, आवश्यक तालिम र मेडिकल खर्च व्यहोर्ने भएकाले युवतीहरु विदेशिने क्रम वढ्दो छ । महिला र युवतीहरुका लागि रोजगारदाताहरुले नै यस्तो सुविधा दिएपछि हगाममा बहुबिबाह गर्ने युवाहरुको संख्या ह्वात्तै वढेको स्थानिय बताउछन् । बिशेष गरि श्रीमतिको कमाईमा पल्केका युवाहरु
यस्तो धन्दामा लागेको र एउटैले ३–४ वटीसम्म विवाह गर्ने गरेको स्थानिय बताउँछन् ।
स्थानीय दावा तामाङका अनुसार विदशी रोजगारदाताले नै सबै किसिमको खर्च व्यहोर्ने भएपछि यहाँका धेरैजसो छोरीबुहारी विदेश गएका छन् । विदेश जाने आउनेक्रम वढ्दो छ । छोरी–बुहारी बिदेश नपठाएका घरहरुमा बिदेश नपठाएकै कुराले झगडा हुने गरेको तामाङ बताउनुहुन्छ । हगाममा वैदेशिक रोजगार निकै ठूलो समस्याको रुपमा देखा परेको छ ।
हगामबाट सरकारले श्रम स्वीकृति नदिएका कुदिस्र्तान, साउदी अरब, लेबनान जस्ता मुलुकहरुमा २ सयजना युवतीहरु पुगेको स्थानीय वासिन्दाहरुले बताएका छन् । उनीहरुका अनुसार विदेश जाने र आउनेक्रम एवम रुपले चलिरहेको छ । विदेश नपुगेका युवायुवती पाउनै गाह«ो छ । । बैदेशिक रोजगारीबाट फर्केका युवाहरु उत्पादनशील पेशा व्यवसायमा लाग्नुको सट्टा महंगो मोटरसाईकल चढ्ने प्रतिस्पर्धा चल्नुका साथै जुवातास खेल्ने विकृति बढेको स्थानीय युवा रबि लामाले बताउनुभयो ।
बैदेशिक रोजगारीकै कारण समाजमा निकै समस्या आइपरेको बताउँदै स्थानीय फुर्पा तामाङ भन्नुहुन्छ, विदेशबाट फर्केका महिलाहरु बढी मनलागी पारामा हिड्ने, घरको सल्लाह नलिने जस्ता स्थिति देखा परेको र यो समस्याले सिंगो समाज नै प्रभावित बन्न पुगेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक