(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20141218

हैन अमेरिकामा पनि यसरी मागी खाने मान्छे हुन्छन् र ?

- विनोद रोका

एचडिएनपीले टेक्सासको फोर्टवर्थमा थ्यांक्सगिभिंगको खाना अमेरिकाका गरिब र असहायलाई दिएको समाचार फक्सन्युजमा हेरेपछि कृष्णजीले आश्चर्य मान्दै भने मैले त नेपालीहरूलाई ख्वाएको भन्ठानेको यी त सबै अमेरिकन पो रहेछन्। हैन अमेरिकामा पनि यसरी मागी खाने मान्छे हुन्छन् र ? नेपालीमुलको अमेरिकी नागरिकले अगुवाई गरेको टेक्सास स्थिल हेल्प फर डिस्परेट एण्ड निडी पिपुलले प्रत्येक तीन महिनामा अमेरिकामा घरबार नभएका दिनदुखीहरुलाई निःशुल्क भोजन गराऊछ भन्ने सुन्दा कतिलाई विश्वास लाग्दैन। किनकि हामीहरूले स्थापित गरेका अधिकांश संस्थाहरूले प्राय नेपाल र नेपालीहरुकै हितका लागि काम गर्ने गरेको पाइन्छ। अमेरिकालाई हाम्रो कर्मथलो हो र यो देशमा हामीले शिक्षा र शिप सिकेर पैसा कमाए पछि यो देश र यहाँका जनताहरू प्रति केही गर्नु पर्ने हाम्रो कर्तव्य हुन्छ भन्ने धारणा अधिकांश नेपालीहरुमा बन्न सकेको छैन। अमेरिकालाई कर्मथलो बनाएर लामो समयदेखि न्युर्योक हुँदै हाल डलास, टेक्सासमा बसोबास गरिरहनु भएका मित्र देवी आर्चायजी अर्थात् डेभिडले संस्थाको नेतृत्व लिएर आफनो जन्मभूमी नेपाल र कर्मथलो अमेरिकाको लागि दिनदुखी र असहायहरुका लागि निःशुल्क रूपमा खाना खुवाऊने लगायतका अन्य मानवीय सेवाहरू सञ्चालन गर्दै आउनु भएको छ। यो संस्थाले डलासको सार्वजनिक स्थलमा प्रत्येक तीन महिनामा भोजनको
व्यवस्था, अनि बल्डडोनर्स अफ अमेरीकासंग सहकार्य गरी बल्ड डोनेसनको काम गरिरहेको छ भने पशुपतिनाथ मन्दिर, तमोर र कन्काईमा पनि प्रत्येक महिना भोजन र कहिलेकाहि चिकित्सकहरुको सहयोगमा निःशुल्क स्वास्थसेवा पनि शिविर सञ्चालन गर्ने गर्दछ। यो कार्य संस्थाका सदस्य र शुभेक्षुकले खुत्रुक्केमा जम्मा गरेको रकम र अन्य दाताबाट प्राप्त भएको सहयोगबाट सञ्चालन हुने गर्दछ। अमेरिकी सरकारबाट कर छुटको सुविधा पाएको संस्था हुदा दाताहरुले दिएको रकममा करको सुविधा प्राप्त गर्न सक्दछन । संस्थाले थ्यांक्सगिभिंगको अवसर पारेर नोभेम्बर २९, २०१४ मा गरेको नियमित निःशुल्क भोजनमा सहभागी हुन र नेपाली समाज टेक्सासले नोभेम्बर ३० का दिन आयोजना गरेको अमेरिकी अद्यागमन कानुनको बारेमा नेपाली समुदाका व्यक्तिहरूलाई जानकारीदिनका लागि म र मेनुका पनि करिब ४ घण्टाको हवाईयात्राबाट डलास पुगेका थियौ। यी दुवै कार्यक्रमका संयोजक देवीजीनै हुनुहुन्थ्यो। मलाई लिन देवीजी र जिम टेलर एयरपोर्टमा आउनु भएको थियो। देवीजीले जिमको परिचय गराउदै भन्नु भो उहा हाम्रो संस्थाको सक्रिय सदस्य। त्यसैगरी मेरो परिचय जिमलाई गराऊदै भन्नु भो रोकाजी चाहिँ हाम्रो संस्थाको चियरम्यान हुनुहुन्छ। हामी त्यहाबाट कुरा गर्दै अनि कार्यक्रमको पर्चा बाढदै अगाडी बढयौ। मैले कुराको सिलसिलामा थाहा पाए करिब ७५ वर्षका जिम अमेरिकी एयरफोर्सका भुतपुर्व सैनिक रहेछन्। र उनलाई यो काममा लाग्दा आनन्द मिल्ने गरेको कुरा बताए। उनले आफू चाडैनै देवीजीसंग नेपाल जान ईच्छुक रहेको जानकारी पनि दिए । हामी संस्थाको कार्यालयमा पुग्यौ। त्यहा संस्थाको लागि काम गरिरहेकी अमेरिकी महिला स्यारललाइ भेटयौ। उनी संस्थाका लागि आएका ईमेलहरु हेर्दै आगामी कार्यक्रमको बारेमा सदस्यहरूलाई जानकारी गराऊदै थिइन। पाचकोठा रहेको संस्थाको अफिसमा यत्रतत्र खाना खुवाऊदा प्रयोग गरिने सामान र पर्चाहरु देखिन्थे। त्यसपछि हामी देवीजीको स्टोरमा गयौ जहा शुसिला भाउजू ग्राहकको सेवा र हाम्रो प्रतीक्षा गरिरहनु भएको थियो। भाउजूले स्नेहपुर्वक सोध्नु भो साहुजी भोक लाग्यो होला के खानु हुन्छ? मैले पनि प्रतिउत्तरमा भने चिया खाऊन त साहुनी। देवीजी भने फोनबाट विभिन्न व्यक्तिहरूलाई खाना र अद्यागमन कानुनको बारेमा हुने कार्यक्रमका सहभागी हुनका लागि अनुरोध गरिरहनु भएको थियो। देवीजी र म डालासतर्फ गयौ पत्रकार विकाश न्यौपानेजी र नवरश साप्ताहिकका प्रकाशक पन्तजीसंग भेटन। विकाशभाईले नमस्ते नेपाल अनलाइनका लागि मेरो डालासमा हुने कार्यक्रमको बारेमा भिडियो अन्र्तवाता लिने व्यवस्था गर्नु भएको थियो।त्यहा कलाकर्मी मित्र शैलेस आचार्यसंग पनि भेट भयो। विकाशभाईसंग आधाधण्टा विताएर पन्तजीसंग केहीबेर उहाका इतिहासदेखि वर्तमानसम्मका विर्तान्त सुनि न्युर्योक लाईफका शुरेस बस्यालजीको घरमा खाना खाएर घर फर्कियौ। भोजनका लागि चाहिने चिकेन र अन्य सामानहरू भाउजूले किनेर ल्याउनु भयो। चिकेन टुक्रा पार्ने काम जिमले जिम्मा लिए। उन्ले चिकेन काटनको लागि उनीसँग राम्रो हतिहार भएकोहुदा यो कामको लागि चिन्तै लिनु नपर्ने भने। साँझको खाना जिमले हामीसंगै गरे। किचनमा उनी भाउजुसंग प्रत्येक खानेकुराको बारेमा जानकारी लिइरहेका थिए र नेपाली खाना आफूलाई ज्यादै मनपर्ने गरेको बताउदथे। भोलिपल्ट देवीजीले मलाई र मेनुकालाई आउटलेट मल लिएर जानु भो। साँझमा आएर ५०० जना भन्दा पनि बढी मानिसलाई खान पुग्ने चिकनकरी, गेडागुडीको तरकारी, सलाद बनाउने भन्ने सल्लाह भयो। जिमको औलामा चोट लागेकोले भाउजूले सबै जसो कुरा ठिक्क पारिसक्नु भएको रहेछ। साँझमा जेरमी र रमेशजीहरु थपिनु भो। अनि हामी सबै मिलेर तरकारी, सलाद र अन्य परिकारहरु बनायौ। जेरमी र उस्की श्रीमती दुबैजना संस्थाका सक्रिय सदस्य रहेछन्। युवा जोस र जागर भएको जेरमी अङ्ग्रेजी भाषा पढाउने शिक्षक भएको हुदा केही वर्ष चीनमा अद्यापनको काम गरी पुन अमेरिका फर्किएका रहेछन्। उनी पकाएको सामान कम होला कि भन्ने चिन्तामा थिए। तर भाउजूले अस्तीको भन्दा धेरै भएको हुदा चिन्ता लिनु पर्दैन भन्नु भो। भोलिपल्ट बिहान अर्थात् शनिवारका दिन हामीहरू संस्थाको कार्यालय रहेको ठाऊबाट सामान लिएर पार्कतिर निस्कीयौ। संस्थाका अन्य सदस्यहरू डेभिड, टिम्बरली, अनि फिलिपिनो र भियतनामी समुदायका करिब १० जना सहगोगीहरु भिजीटेवल्सरोल लिएर सामेल भए। पार्कमा करिब ११ बजे पुग्दा खानाका लागि केही व्यक्तिहरू उपस्थित भै सकेका थिए। यो कार्यक्रममा सहभागी हुन छोरी शनम, जयसवालजी, दिक्षीतजी, बाशुजी, रमेजजी, शुरेसभाई, र अन्य मित्रहरू पनि आईपुग्नु भो। जेरमीले खाना बाढन सुरु गर्नु पूर्व ईश्वरको स्मरण गरौ भनी प्रस्ताव राख्यो। हामीले उस्को प्रस्तावमा समहती जनाएर उसैबाट प्राथर्नाको सुरुवात होस भन्यौ। भाउजू साईभक्त हुनु भएता पनि प्राथर्ना यसैगरी हुनुपर्छ भन्ने जिकिर गर्नु भएन। उहा त सेवा गर्नमा नै रमाईरहनु भएको थियो। लामो समयसम्म खटदा पनि शुसिला भाउजू थकित हुनुहुन्नथ्यो। प्रार्थना पछि होमलेस सेण्टरकी कर्मचारीले लाइनमा बसेका व्यक्तिहरूलाई खाना सुरु भएको जानकारी दिइन र अर्का सहकर्मीले पाच पाच जनाको टोलीलाई पठाउन थाले। एकजना अमेरिकन रेडियोमा गीत सुनाऊदै अनि नाच्दै वातावरणमा रमाईलोपन थपिरहेको थियो। खाना प्लेटमा हालेपछि असक्त र असहायहरु धन्यवाद दिदै अगाडी बढीरहेका थिए। डालासको स्थानीय कलेजमा अद्यापन गर्नुहुने दिक्षितजीले भन्नु भो नेपालीहरूले अगुवाई गरेको अमेरिकामा रहेको संस्थामा अमेरीकनहरुकै सक्रिय सहभागितामा हुने कार्यक्रम यो भन्दा अरू छ जस्तो लाग्दैन। हुन पनि हामी भन्दा त्यहा अमेरिकन,फिलिपिनो र भियतनामी सहयोगीहरुले सक्रिय रूपमा काम गरिरहेका थिए। त्यहा हाम्रो अभावमा कुनै काम अडकिने अवस्थामा थिएन। उक्त पार्कमा केही अरू समूहले पनि सोडा र अन्य सामानहरू बाडीरहेका थिए। यसै बिच फक्स च्यानल टेलिभिजनका तर्फबाट समाचार सङ्कलनका लागि आएका प्रतिनिधिहरूले संस्थाका तर्फबाट देवीजीको धारणा लिए र जिमले पनि आफना भनाई राखे। न्युर्योकमा करिब १६ वर्ष भन्दा बढी बस्दा नेपालीहरूले अगुवाई गरेको संस्थाको कार्यक्रममा अमेरिकी मिडियाले समाचार बनाएको मैले अनुभव गरेको छुईन। खाना सहभागी भएका व्यक्तिहरूलाई राम्ररी पुग्यो। र सहयोगीहरुले पनि उभ्रिएको खाना प्रसादको रूपमा खाईयो। सामmपख घर फर्किएर पकाएका भाडाहरु देवीजीको कम्पाउण्डमा जेरमी, म र देवीजी भएर मामm्यौ। र स्टोरमा थन्क्यायौ। थ्यांक्सगिभिंगको यो कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा देवीजी, र भाउजू खुसी हुनुहुन्थ्यो। अनि हामी सहयोगी पनि त्यो खुसीमा समाहित भएका थियौ यस्तै कार्यहरू यो संस्थाका तर्फबाट निरन्तर गर्न पाईयोस भनेर। सामm फक्स च्यानलले संस्थाका अगुवा देवीजीको भनाई राख्दै थ्यांग्सगिभिंग डिनरको समाचार दिदा कार्यक्रमले सार्थकता पाएको अनुभूति भयो। आइतबारका दिन मेनुका न्युर्योक कामको कारणले रक्षाकोमा बसेर फर्किइन। म भने सोही दिन नेपाली समाज टेक्सासले आयोजना गरेकोे कार्यक्रममा सहभागी हुन र अस्टीन जानु पर्ने हुदा सँगै आउन सकिन। आइतबार म र देवीजी पासांग लामा भाइसँग दिवाभोज खाई अर्विंग स्थित नेपाली सास्कृतीक तथा आध्यात्मीक केन्द्रमा अमेरिकी अद्यागमन कानुन र राष्ट्र्पती ओबामाले जारी गरेको कार्यकारी आदेशबाट लाभान्वीत हुनसक्ने आप्रवासीहरुको बारेमा जानकारी दिन गए। कार्यक्रममा एनएसटीका अध्यक्ष भुवन आचार्यजी, अन्य पदाधिकारी, विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो जस्मा १२९ भन्दा बढी नेपालीहरूले सामूहिक र व्यक्तिगत रूपमा जानकारी लिएका थिए। यो समेत गरी मैले डलासमा देवीजीको सक्रियतामा ४ पटक नेपाली समुदायका सदस्यहरूलाई सहयोग गर्ने अवसर पाएको छु। कार्यक्रम सकेर पशुपतिनाथ मन्दिरमा हुने सामmको आरतीमा सामेल भै ७ बजेतिर देवीजी, शुरेरभाई, र म डलासबाट करिब ३ घण्टा टाढा रहेको अस्टीनतर्फ लाग्यौ गफिदै। हामीले वोधराजजीको छोराको विवाहमा समयमै पुगी हेमसरिता प्रतिष्ठानका संरक्षक मित्र हेम पाठक र सरिता भाउजू, दिपकजी, रविन्द्र र अन्य साथीहरूलाई भेटेर लामो समयसम्म रमाइलो गरौला भन्ने योजना बनाएका थियौ। तर ट्राफिकको कारणले गर्दा हामी पार्टी सकिने बेलामा मात्र पुग्न सक्यौ। तैपनि वरवधुलाई आर्शिवाद दिन र मित्रहरुसंग एकछिन रमाइलो गर्न भ्यायौ। र हेमजीको घरतिर पार्टीबाट बिहान २ बजेतिर पुग्यौ। फेरी गफिन थाल्यौ छोरीले बनाएको चिया र खाजा खादै। हेमजीले अमेरिकी अद्यागमन कानुनको बारेमा यस्तै कार्यक्रम अस्टीनमा पनि चाडै राख्छौ तपाईँ आउनुपर्छ भन्नु भो। उहाँको प्रतिष्ठानले गरेका कार्यहरूको बारेमा जानकारी दिनुका साथै नेपालको विद्यालयका शिक्षकका तलबका लागि मासिक १६०० डलर पठाउनु पर्ने हुदा आजकाल स्थानीय रूपमा धेरै कार्य गर्न नसकेको गुनासो गनुभो। पाठकजी र उहाँको परिवारले पनि अमेरिकाबाट नेपाली साहित्य, कला, पत्रकारीता, शिक्षाका क्षेत्रमा उदाहरणी सेवा प्रदान गर्नुका साथै भ्रष्टाचारको विरुद्धमा जनचेतना जगाऊने अभियानमा सक्रिय भूमिका खेलिरहेको छ। यो संस्थामा पनि उहाहरुले मलाई सल्लाहकारको रूपमा सम्मmीनु भएको छ। जततउस्ररजकउ।उचबधष्मजष्।अयmर मेरो सामmको न्युर्योक आउने फ्ल्याईट भएको हुदा हामी सुत्न लाग्यौ। अनि बिहान सरिता भाउजूको हातको मिठो खाजा खाई हेमजीले दिएका भ्रष्टाचार विरुद्धका सिडी लिएर विवाह घर हुँदै टेम्पलमा रहेका मेरा राजबिराजदेखिका मित्र कृष्ण मानन्धरका डेरा तिर लाग्यौ। कृष्णजीकहा माछा र अन्य परिकार हामीलाई पर्खिरहेका रहेछन्। मैले माछामासु नखाने भन्दा कृष्णलाई खोलाबाट बल्छीमा मmीकेको माछाको मिठास घटे जस्तो लाग्यो। अनि मैले भाउजूलाई अमलेट बनाईदिनुस भनेपछि उस्लाई मित्र सत्कारमा पूर्णता आएको जस्तो भयो। हाम्रो कुरा सुनेर देवीजी भन्दै हुनुह्ुन्थ्यो तपाइहरूको मित्रता पवित्र छ यार। कृष्ण र छोरीलाई हामीले एउटा खुत्रुक्केमा नियमित १ डलर राखेर संस्थाले गर्ने गरेको कार्यमा सहभागी हुन अनुरोध गरयौ। हामी खाना खाएर करिब ३ बजेतिर डालासतिर लाग्यौ। डालासमा डा. मुरलीजीले एकघण्टा जति भेटौ है दाइ तपाईँ न्युर्योकतिर फर्कनु भन्दा अगाडी भन्नु भएको थियो। त्यस्तै पन्तजीले पनि। तर समय कम भएको हुदा भेटन सकिन। मुरलीजीको अगुवाईमा टेक्सास, अर्विंगमा नेपाली समुदायको भव्य पशुपतिनाथ र बुदको मन्दिर स्थापना भएको छ नेपाली सास्कृतीक तथा आध्यात्मीक केन्दको नवनिर्मित भवनमा। हामीले पनि न्युर्योकमा यस्तै कार्य गर्न खोजेको धेरै भयो तर हामी अगाडी बढन सकेका छैनौ नेपालीहरूको घना बस्ती भएर पनि। यो कुरा उहालाई थाहा छ। मैले फोनमा उहालाई भेटन नसकेकोमा क्षमा मागे। उहाँले फोनमै भन्नु भो दाइ जवसम्म नेपाली समाज जुटदैन तबसम्म नेपाली संस्कृतिको संरक्षण र सम्र्वधन गर्ने सामूहिक थलोको निर्माण गर्न सकिदैन। हामीले अर्विंगमा आफनो समुदायलाई जुटाउन सफल भयौ र नै यो योजना सफल भएको हो। र तपाईहरुसंग पनि यही अनुभव बाडौ भनेर कुरा गर्न मन छ दाइ भन्नु भो। अनि मैले उहाँको बिचार हाम्रो समूहका सबै साथीहरूसँग टेलिफोन कन्फरेन्समा राख्ने चाजो मिलाउछु भन्दै शुरेसभाईको गाडीमा एयरपोट समयमै पुगे। अनि देवीजी, भाउजू, सुरेशलाई धन्यवाद दिदै प्लेन छृटाएकी बुढाले भनी बारम्बार फोन गरिरहेकी मेनुकालाई प्लेन उडने प्रतीक्षामा छु भनी फोन गरे। यसरी एचएनडिपीले डालासमा असहायहरुका लागि व्यवस्था गरेको थ्यांक्सगिभिगं खाना, नेपाली समाज टेक्सासले अमेरिकी अद्यागमन कानुनको बारेमा राखेको कार्यक्रम अनि अस्टीनमा मित्र भेटघाट र देवीजी र साहुनीको मिठो आथित्यता र टेक्सासको न्यानो माया मनभरि राखेर न्युर्योक फर्किए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक