20141218

भूकम्पको धक्का काठमाडौं, भक्तपुर,विराटनगर पोखरा,चितवन, सुनसरी तथा भारतको विहारसम्म !

काठमाडौंमा बिहीबार राति भुकम्पको धक्का महशुस गरिएको छ। सोलुखुम्बुको नाम्चेबजारको २८ किलोमिटर उत्तर पश्चिम दोलखाको सीमालाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो। भुकम्प ९ बजेर १७ मिनेटमा गएको हो। सोलुखुम्बु जिल्ला, नाम्चे गा.बि.स. को मेलुंग भन्ने ठाउँमा केन्द्रबिन्दु थियो। केन्द्रविन्दुबाट सबैभन्दा नजिकको सोलुखुम्बुको मानव बस्ति १० किलोमीटर टाढा र दोलखाको मानब बस्ति १५ किलोमीटर मा पर्छ। भूकम्पको धक्का काठमाडौं, भक्तपुर,विराटनगर पोखरा,चितवन, सुनसरी तथा भारतको विहारसम्म महसुस भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक