20150109

अजबको नेपाल गजबको नेपाल : ऋषि धमला रोकिएनन्, उनी जवर्जस्ती भित्र छिरे र नेताहरुका अगाडी उभिएर भने ‘म तपाईंहरुलाई भारतीय गृहमन्त्री राजनाथ सिंहको सन्देश सुनाउन आएको ।’

ॠषि धमलाले भारतीय गृहमन्त्रीको सन्देश सुनाएछन नेपाली नेताहरुलाई अब केही हुन्छ कि लोकतान्त्रिक, गणतान्त्रिक नेपालमा  ??!!
संविधानका विवादित विषयमा छलफल गर्नका लागी संवाद समितिले बोलाएको आजको बैठकमा जानुुअघि शीर्ष नेताहरु सिंहदरबारमा अनौपचारिक छलफलमा जुट्दै थिए । सभामुख सुवास नेम्वाङको कार्यकक्षमा मधेशी दलका तर्फबाट प्रतिनिधित्व गर्ने विजय गच्छदारसहित प्रधानमन्त्री सुशिल कोईराला, माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा सभामुखको कार्यकक्षमा
प्रवेश गरेपछि फोटो पत्रकारहरु लाई आमन्त्रण गरिएको थियो । त्यहि भिडमा मिसिए क्यामरा बिहीन पत्रकार ऋषि धमला । क्यामरा नदेखेपछि उनलाई मर्यादापालकहरुले रोक्न खोजे । तर धमला रोकिएनन्, उनी जवर्जस्ती भित्र छिरे र नेताहरुका अगाडी उभिएर भने ‘म तपाईंहरुलाई भारतीय गृहमन्त्री राजनाथ सिंहको सन्देश सुनाउन आएको ।’ धमलाको यस्तो वाक्य सुनेपछि सबै शीर्ष नेताहरु धमलातिर फर्किएर ध्यानपूर्वक सुन्न थाले । धमलालले थपे, ‘भारतका गृहमन्त्रीले तपाईंहरुलाई समयमै संविधान बनाउनुुस् भन्ने सुुझाव दिनुुभएको छ ।’ यत्ति भन्दै धमला बाहिरीए । उनको सन्देश सुनेसँगै यतिबेला शीर्ष नेताहरु संविधानका विवादित विषयमा छलफल गरिरहेका छन् । केहिबेरमा बाबुुराम भट्टराई नेतृत्वको संवाद समितीको बैठक बस्दैछ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक