20150109

सलाम घले दम्पतीलाई, यि हुन वास्तविक नेपालीहिरोहरु ! सिकुन अरुले पनि घले दम्पतिबाट पाठ

गैर अवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङले १ अर्व रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा
गैर अवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले १ अर्व रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा गरेका छन् । एमआईटी गु्रप फाउन्डेसनमार्फत घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रीमा लगानी गर्ने गरी १ अर्व रुपैयाँको परोपकारी कोषको स्थापना गरेको राजधानीमा बिहिबार आयोजन कार्यक्रममा
घोषणा गरे । घले र उनकी श्रीमती जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउन्डेसनले परोपकारी कोषमार्फत नेपालको दुर्गम गाँउका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नेछ । यस्तै स्रोतसाधानको अभाव भएका विद्यालयहरुमा पुस्तकालय स्थापना, शिक्षण सामाग्री र तालिमको लागि पनि सहयोग गर्नेछ । यसैगरि आधारभूत स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामिण भेगका न्यून आय भएका जनतासम्म स्वास्थ्य सेवाको पहुँच पु-याउन समेत उक्त कोषले रकम खर्च गर्ने घलले भताए । ‘आज जीवनमा सबैभन्दा खुसि भएको छु । ’ घलले भने ‘समाजबाट जे पयौ त्यसको केहि हिस्सा समाजलाई फिर्ता गर्ने परोपकारी अभियानको थालनी गर्न पाउदाको खुसि शब्दमा ब्यक्त गर्न सक्दिन । ’ फाउन्डेनको कार्यालय काठमाडौंमा स्थापना भैसकेको छ । फाउन्डेसनले पहिले संरचना निर्माण गर्ने बताएको छ । संरचना निर्माणपछि विज्ञ समूहले दिएको सुझावको अधारमा अत्यावश्यक परियोजनाहरु पहिचान गरी परोपकारी कार्य सुरु गर्ने बताइएको छ । घलले छुट्टै शिक्षण संस्था वा स्वास्थ्य संस्था स्थापना गर्ने सोच नभएको बताउँदै भैरहेको संरचनामार्फच सहयोग गर्ने जानकारी दिए । अभियानलाई अझै बृहत बनाउको लागि रकमको आकार बढाउँदै लैजाने र अन्य संस्थाले हातेमाले गर्न चाहेमा आफ्नो सम्पर्क र संजालको उपयोग गर्न प्रयास गर्ने पनि घलले बताए । अष्ट्रेलियाको घनाढ्यहरुको सुचिमा रहेका घलले अष्ट्रेलियामा शिक्षा, पर्यटन र रियलस्टेटमा लागनी गरिरहेका छन् । घलेले केहि समयअघि मात्र नेपालमा ८ अर्ब रुपैयाँको लागतमा शेराटन काठमाडौं होटल निर्माण थालेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक