20150109

"नेपालका कम्यूनिष्टहरू शहर पसेका स्याल जस्तै भए" - राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी

संघीयताले देश तहसनहस हुने दाबी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अहिले नै संघियताको आवश्यकता नभएको बताएका छन् । नेपालमा संघियताका लागि बाह्रय शक्तिको दबाब भईरहेको बताऊँदै अध्यक्ष केसीले संघीयताले देश तहसनहस हुने दाबी गरेका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति भक्तपुरद्धारा आयोजित संविधान निमार्णको आवश्यकता र सम्भावना विषयमा अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा जनताको भावना र जनआन्दोलनको मर्म अनुसार संविधान निमार्णको पक्षमा रहेपनि दलहरूको सत्तामोहका कारण तोकिएको समय माघ ८ मै संविधान निमार्ण हुन नसक्ने बताएका छन् । राजनीतिक दलहरू संविधान निर्माणमा भन्दापनि माघ ८ पछि सरकारको नेतृत्वमा जानका लागि कसरत गरिरहेको आरोप लगाउँदै उनले नेपालका कम्यूनिष्टहरू शहर पसेका स्याल जस्तै भएको संज्ञा समेत दिए । राष्ट्र, जनता र बिदेशीको हस्तक्षेपका बारेमा नेपालका राजनीतिक दलहरुलाई कुनै चासो नभएको आरोप लगाउँदै अध्यक्ष केसीले नेपालमा संघियता, संविधान निमार्ण, शासकिय स्वरुपलगायतका बिषयमा बिदेशीहरुको चलखेल बढिरहेको प्रष्ट पारेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक