20150107

माओवादीनेताहरुको खुबी भनेकै सोझा साझा कमजोर जनताका दिमागमा एजरू रोप्न सक्नु, चेतना जगाउने दिमागमा जँगल रोपिदिन सक्नु हो

माओवादीहरु गरिबी, अशिक्षा, बेरोजगारीमा जन्मन्छन, हुर्किन्छन र मर्छन पनि ! छबिलाल बाबुराम जस्ता सीमित छद्मभेसी नेताहरु यिनै सोझा साझा गरिबी, अशिक्षा, बेरोजगारीमा बाँचेका जनताको बुइ चढेर मोज गर्छन् तर यिनिहरु जस्ताको पनि ढिलो चाँडो निकै दु:खद र दर्दनाक अन्त्य हुने छ ईतिहासका विद्यार्थीले सहजै भन्न सक्छन । जब सम्म गरिबी, अशिक्षा, बेरोजगारी समस्या कायम रहन्छ, नेपाल कहिलै शान्त हुने छैन अझ धेरै माओवादी घटक जन्मिरहनेछन, माओवादीनेताहरुको खुबी भनेकै त्यस्ता सोझा साझा कमजोर जनताका दिमागमा एजरू रोप्न सक्नु, चेतना जगाउने दिमागमा जँगल रोपिदिन सक्नु, दिमाग घुमाइदिन सक्नु, समानताको कुरा गरेर गरिखाने, हुनेखानेहरु सँग भड्काइदिन सक्नु हो । हुन पनि सामान्य मान्छेलाई आडैको महल वाला जस्तो बनाइदिन्छौं, त्यसको खोसेर तिमीलाई पनि बांडिदिन्छौँ भन्दा बिचरा उसले किन पो भो भन्थ्यो र !!! यस्ता झुठ सपना बाड्न सक्ने बदमास नेताहरुको पछाडि बिबसता, सपना, गरिबी, अशिक्षा, बेरोजगारी समस्या दौडिएको छ, नेपालमदर डट कमको बिस्लेसण ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक