20150107

दाङको तुलसीपुरमा सुरु भएको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै विप्लवले भने - "आलीसान महलमा बस्नेहरुलाई झुप्रामा र शहरमा बस्नेहरुरुलाई गाउमा ल्याउने र सबै जनतालाई बराबर गराउने चाहानाछ"

यी माओवादीहरु यही गरिबी, अशिक्षा, बेरोजगारीमा जन्मन्छन, हुर्किन्छन र मर्छन पनि ! छबिलाल बाबुराम जस्ता छद्मभेसी नेताहरु यिनै सोझा साझा गरिबी, अशिक्षा, बेरोजगारीमा बाँचेका जनताको बुइ चढेर मोज गर्छन् तर यिनिहरु जस्ताको पनि ढिलो चाँडो निकै दु:खद र दर्दनाक अन्त्य हुने छ ईतिहासका विद्यार्थीले सहजै भन्न सक्छन । जब सम्म गरिबी, अशिक्षा, बेरोजगारी समस्या कायम रहन्छ, नेपाल कहिलै शान्त हुने छैन अझ धेरै माओवादी घटक जन्मिरहनेछन नेपालमदर डट कमको बिस्लेसण ।
नवगठित नकेपा माओवादिका संयोजक नेत्रविक्रम चन्द विप्लवले चारैतिरबाट घेराहालेर माओवादीलाई सिध्याउने खेल भएको बताएका छन् । यदि जनताको अधिकारको मुल्य, राष्ट्रिय स्वाधिनताको मुल्य, नेपाली १० बर्षको क्रान्तिको मुल्य युद्ध नै हो भने आफुहरु युद्ध गर्न तयार रहेको उनले बताए । षड्यन्त्रपूर्ण तरिकाले
माओवादीलाई सिध्याउन खोजेको हो भने उनीहरु पनि सिद्धिने उनले बताए । आजदेखि दाङको तुलसीपुरमा सुरु भएको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले राज्यबाट, मानवअधिकारबाट, विभिन्न संघसंस्थाको नामबाट माओवादीलाई सिध्याउने नाटक मञ्चन भइरहेको बताए । यो देशमा परिवर्तन ल्याउने, गणतन्त्र ल्याउने, माओवादीलाई विभिन्न बाहानामा अपराधिको कट्घरामा उभ्याएर राज्यसत्ता कब्जा गर्न खोज्ने नेपाली कांग्रेस त्यो मानसीकताबाट बाहिर आउनु पर्ने उनले बताए । यदी षड्यन्त्रपूर्वक तरिकाले सिध्याउने हो भने आफुहरुले पनि उनीहरुलाई सिध्याइदिने चेतावनी दिए । हामी कहा“ अझै सामान्तबादी, बलात्कारी, हत्यारा लगाएतको फाइल सुरक्षीत रहेको भन्दै आफुविरुद्ध लागे फायलका आधारमा अघि बढेर नामेट पार्ने चेतावनी दिए । कथित मानवअधिकारका नाममा किर्ते प्रतिवेदन तयार पारेर बेनी घटनालाई उल्टाउन खोजेको भन्दै संयोजक विप्लवले उति बेला आफु कस्मिरमा भएको भन्दै फसाउने षड्यन्त्र गरेको बताए । उनले यस्तो हर्कत नरोकीए अर्को वेनी काण्डको जन्म हुने बताए । ‘हामी शान्तिका लागि तयार भएर आएका थियौं । तर पूँजीपति दलालहरुले माओवादीले कि त आफना प्रस्तावहरु छोड्नुप¥यो कि त फेरी युद्ध गर्न सक्नु प¥यो भनेर चुनौती दिएका छन्,’ उनले भने । उनले वर्तमान अबस्थामा माओवादी एक हुने समेत उनले दाबी गरे । देशलाई यो अवस्थालाई यहाँसम्म ल्याइ पु¥याउने अग्रज नेताहरुलाई धन्यवाद दिँदै बांकी काम छोडेकाले त्यो कामको जिम्मेवारी आफुहरुले लिने बताए । माओवादीको नाममा कमाएर आलीसान महलमा बस्नेहरुलाई झुप्रामा र शहरमा बस्नेहरुरुलाई गाउमा ल्याउने र सबै जनतलाई बराबर गराउने आफनो चाहाना भएको उनको भनाई छ । आजदेखि सुरु भएको भएको राष्ट्रिय भेला २६ गते सम्म सञ्चालन हुनेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक