20150102

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली कोलकातामा सम्मानित

काठमाडौं/ न्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली सम्मानित भएका छन् । उनलाई लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठान कोलकाताले बुधबार सम्मान गरेको हो । उनलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ‘लैनसिंह वाङ्देल साहित्य सम्मान’बाट सम्मानित गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि बनेका रेग्मीले बुद्धदेव देवानलाई पनि सोही सम्मान
प्रदान गरे । यस्तै, साहित्यकार रfhनारायण प्रधानलाई रेग्मीले लैनसिंह वाङ्देल स्मृति पुरस्कार प्रदान गरे । सोही कार्यक्रममा सम्मानित स्रष्टा लेकालीको गीति–संग्रह ‘आगत’ र कृष्ण प्रसाईंको कविता संग्रह ‘धूप की वारिस’ विमोचन पनि रेग्मीले गरे । दिवंगत साहित्यकार तथा चित्रकार लैनसिंह वाङ्देलको ९०औं जन्मजयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा खिलराज रेग्मीले नेपाली साहित्य तथा चित्रकलामा वाङ्देलले पु¥याएको योगदानबारे चर्चा गरे । कार्यक्रममा लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानका अध्यक्ष गणेश प्रधानले नेपाल र भारतमा नेपाली साहित्य सिर्जनाबारे आफ्ना धारणा राखेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक