20150102

कमल थापाको झनै चर्को भासण ! राप्रपा नेपालका सहअध्यक्ष एवं वरिष्ठ नेता केशरबहादुर विष्टले आफ्नो पार्टीको शासन आए प्रचण्ड पुत्र प्रकाश दाहाल जेल जानुपर्ने बताए !

कांग्रेस र एमाले माओवादीको पछि लाग्ने ‘लुते’ मात्र भएको भन्दै सहअध्यक्ष विष्टले भने-‘परालका खुट्टाहरुको के कुरा गर्नु ?’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनतालाई अधिकार सम्पन्न बनाउने नाममा राजनीतिक दलहरुले १९ वर्ष खेर फालेको
आरोप लगाएका छन् ।

देशलाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै आयोजित मेची–महाकाली रथयात्राको शुक्रबार राजधानीमा आयोजित समापन सभालाई सम्बोधन गर्दै थापाले १० वर्षको माओवादी युद्ध र ९ वर्षदेखिकोसंक्रमणकालका कारण देश र जनताको १९ वर्षको महत्वपूर्ण समय खेर गएको बताए ।

माओवादीले युद्ध सुरु गर्दा जन्मिएको बालक अहिले २० वर्षको भइसक्दा पनि उसको भविष्य झन्–झन् अन्धकारमय बनेको भन्दै थापाले अब युवाहरु जाग्ने बेला आएको बताए ।

उनले ‘हिन्दूधर्म नै नेपालीहरुको साझा पहिचान हो’ भन्दै विश्वको एक मात्र हिन्दूराष्ट्रको पहिचान मेट्न विदेशीहरुले ठूलो रकम खर्च गरिरहेको र नेपालका ठूला भनिने नेताहरु त्यही पैसामा विकेको आरोप पनि लगाए ।

त्यसअघि सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टले युद्ध लडेर आएका भन्ने नेताहरुले राजधानीमा पाँचतारे होटल जस्ता घर जोडेको र उनका सन्तानहरुले दुई/तीन विवाह गर्ने छुट मात्रै पाएको तर नेपाली जनताले केही नपाएको आरोप लगाए ।

राप्रपा नेपालले यही पौष ९ गते झापाको मेची पुलबाट सुरु गरेको रथयात्रा सुदूपश्चिमको महेन्द्रनगर पुगेर विहीबार राजधानी आइपुगको हो । रथयात्रालाई आजै पशुपतिनाथ पुर्‍याइ विसर्जन गरिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक