20150102

उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले भन्नुभयो "संबिधान निर्माणको सम्पुर्ण काम भईसकेको र सभामुखले राष्टपति समक्ष पठाउँन मात्र बाँकी"

उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले आगामी माग ८ गते नै संविधान जारी गरिने ठोकुवा गर्नु भएको छ । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाको नव निर्मित भवन उद्धघाटन गर्न शुक्रबार सदरमुकाम गुलरिया पुग्नु भएका उपप्रधान तथा गृह मन्त्री गौतमले त्यस्तो ठोकुवा गर्नु भएको हो । सञ्चारकर्मी सँगको कुराकानीमा मन्त्री गौतमले सत्ता पक्ष दलहरु जसरी भए पनि सहमतिमा गई संबिधान निर्माण गर्ने बताउँदै यदी प्रतिपक्षले नमाने प्रकृयाबाट भए पनि संबिधान जारी गरिने बताउँनु भयो । उहाँले संबिधानको सम्पुर्ण काम भई सकेको र सभामुखले राष्टपति समक्ष पठाउँन मात्र बाँकी रहेकाले जसरी भए पनि आगामि माघ ८ गते संबिधान जारी हुने धारणा समेत राख्नु भयो । बर्दिया जिल्लामा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दे उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले अवको युगमा बन्दुकले राष्टका समस्या समाधान नहुने बताउँदै जनताको बिचारबाट मात्र समस्या सामाधान हुने दावि समेत गर्नु भयो । उहाँले युवा सभासदहरुले बिस्तारा लगाएर संविधानसभामा धर्ना दिनु पर्ने अवस्था आई नसकेको र जसरी भए पनि माघ ८ गते संबिधान जारी हुने बताउँनु भयो । भवन उदघाटन
कार्यक्रममा नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीले बिशम परिस्थितिमा पनि जनताको सेवा गरि रहेको जानकारी गराउँदै प्रहरीको बाकी भवन निर्माणमा पनि गृहमन्त्रालयले बिचार गर्नु पर्ने बताउँनु भयो । गुलरियामा आयोजना गरिएको कार्यक्रममा क्षेत्रिय प्रशाक, प्रमुख जिल्ला अधिकारी स्थानिय बिकास अधिकारी र बिभिन्न राजनितिकदलहरुको समेत उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक