20150103

बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानको पांचौं अबिधेशनबाट सर्बसम्मत नवनिर्वाचित समितिको पहिलो बैठकले बार्षिक कार्य योजना तय

 बुटवल / साहित्य,कला र संस्कृतिको बृहत्तर बिकास तथा प्रबर्धनका गर्न गठित बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानको पांचौं अबिधेशनबाट सर्बसम्मत नवनिर्वाचित समितिको पहिलो बैठकले बार्षिक कार्य योजना सहित बिशेष निर्णयहरु गरेको छ । नबनिर्वाचित अध्यक्ष दीपक ज्ञवालीको अध्यक्षतामा सम्पन्न पहिलो
बैठकले बुटवलका साहित्य,कला र संस्कृति क्षेत्रको बिशेष खोज अनुसन्धान,प्रचार प्रसारका लागि दीर्घकालिन योजना बनाएको हो । बैठकले तीन बर्षको बिशेष कार्ययोजना,एक बर्षका कार्यक्रमहरु र बिधागत कार्य बिभाजन गरेको हो । बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतिष्ठानले उपमहानगरपालिका र अन्य सहयोगि संघ संस्था र निकायहरुसंग समन्वय गरी प्रतिष्ठानलाई नयां गति दिने निर्णय पनि गरेको छ । बैठकले तीनै क्षेत्रका गतिबिधि र बिश्लेषण समेटिने गरी नियमित बुलेटिन प्रकाशन गर्न सचिब दल बहादुर गुरुंगको संयोजकत्वमा ज्ञानु केसी,मिन राना सदस्य रहेको प््रकाशन समिति गठन गरेको छ । तीन बर्षका सबै कार्यक्रमहरुको संयोजन गर्न साहित्य उपाध्यक्ष क्रृषि आजादको संयोजकत्व र गंगाधर आचार्य,बिकास केसी,झबेन्द्र थापा सदस्य रहेको समिति गठन भएको छ । त्यस्तै आर्थिक पारदर्शिता र कोष बृद्धिका लागि कोषाधक्ष्य रँध्ाँरमण अग्रहरी संयोजक र मनिष पन्त,ध्रुब कुमार घिमिरे र मुक्ति गैरे सदस्य रहेको समिति गठन भएको सचिब दल बहादुर गुरुंगद्धारा जारी बिज्ञप्तिमा जनाईएको छ । बैठकले बर्षभरि साहित्य,कला र संस्कृति क्षेत्रका बिधागत दिवस,श्रष्टा भेटघाट,साहित्यिक भ्रमण,बिधागत नियमित प्रतियोगिता,सांस्कृतिक उत्सबहरु,बुटवलका साहित्यिक कृतिहरुको समालोचना,श्रब्य दृश्य निर्माण लगायतका कार्यक्रमहरु तय गर्दै बिधागत नेतृत्वका ब्यक्तिहरुको संयोजकत्वमा उपसमितिहरु पनि गठन गरेको छ । जसमा साहित्य,कला र संस्कृति क्षेत्रका सबै कार्यक्रमहरु समाबेश छन् । त्यस्तै पौष २३ गते अरनिको दिवस मनाउन कला उपाध्यक्ष गंगादत्त ढकाल संयोजकत्वमा समिति गठन भएको छ । वैठकले डा. मुरारि पराजुली संयोजक हुने गरी निवर्तमान अध्यक्ष गोपिरमण उपाध्याय लगायत सबै बिधाका बरिष्ठ ब्यक्तिहरु रहेको सल्लाहकार समिति गठन गरेको छ । बुटवल उपमहानगरपालिकामा भएको बैठकमा बोल्दै  वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बुटवलमा साहित्य,कला र संस्कृति क्षेत्रमा ऐतिहासिक काम गर्न बांकी रहेको बताउनु भयो ।र,नयां नेतृत्वको कार्ययोजनाले नयां आशा पलाएको बताउनुभयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक