20150103

एनेकपा माओवादी नेतृत्वको मोर्चा आजदेखि आन्दोलनमा, देशव्यापी आम हड्ताल सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक !

 छबिलाल र बाबुरामले संबिधान बन्नै नदिने , बने घोषणा हुनै नदिने , घोषणा भए लागु हुनै नदिने रणनीतिमा किनकी उनिहरुलाई राम्रो सँग थाहा छ एमाले काङ्रेसको हुती ! हिजो छबिलाल र बाबुरामका पछी लाग्ने र जहाँ जे कुरामा पनि "हुन्छ" भन्दै सहि धस्काउने एमाले, काङ्रेस हरुलाई अहिले अड्कियो घाँटीमा हड्डी ! ढिलो चाँडोको कुरा हो आतंकका नाइकेहरु देश पनि खाँदैछन् र आफुहरु पनि सङसँगै जाँदै छन ! एमाले र काङ्रेस लगायतका दल एबम शक्तीहरु हो हिम्मत छ भने एक होउ र जनताले दिएको स्पस्ट बहुमतलाई आधार मान्दै संबिधान लागु गरी छाड ! आतंकबाद सामु घुँडा नटेक यसै भन्दैछन पर्यबेक्षकहरु !    
एनेकपा माओवादी नेतृत्वको मोर्चा आजदेखि आन्दोलनमा जाने भएको छ । आम हड्ताल सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको मोर्चा सहमतिका आधारमा संविधान बनाउनुपर्ने दवाव सहित आन्दोलनमा जान लागेको हो । मोर्चाले पुस १९ गते सबै जिल्लामा जनप्रदर्शन र सभा
गर्ने तयारी गरेको छ । पूर्व घोषित कार्यक्रम अनुसार सबै जिल्लामा प्रदर्शन गर्ने मोर्चाले जनाएको छ । संविधान जारी गर्ने माघ ८ नजिकिंदै गए पनि संविधानका अन्तरवस्तुमा असहमति जनाउँदै आएको मोर्चाले आज सबै जिल्लामा प्रदर्शन तथा सभा गर्ने एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । पहिचा र अधिकारको लागि भन्दै माओवादी नेतृत्वको मोर्चाले आमहड्तालसम्मका आन्दोलनका कार्यक्रम यसअघि नै घोषणा गरिसकेका छन् । एमाओवादी मोर्चाले पनि २५ पुसमा खसान खप्तड र कर्णाली० २७ पुसमा किराँत, लिम्बुवान, मगरात र तमुवान राज्य, २८ पुसमा थरुहट र मधेस तथा २९ पुसमा नेवाः र ताम्सालिङ बन्द गर्दै ५ माघमा देशव्यापी आमहडतालको कार्यक्रम घोषणा गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक