20150120

हो म निर्वस्त्र छु - सरस्वती तिमिल्सिना


मलाई के को लाज,
के को सरम ???
म पतन भई सकेको छु
मलाई अलिकति पनि खसिएला
भन्ने के को डर ?
म उज्यालो सँग मात्र डराउँछु
र त मध्यरात पर्खिन्छु
नाँगो नृत्य गर्न !
मेरो विवेक हराएको उहिल्यै हो ,
म शहरमा खोजेर कहाँ पाउँछु
पह्रारै जँगलमा हराएको हो मेरो सम्वेदनशिलता !
मेरो शरिरमा बेरिएको कात्रोले
कहाँ छोप्छ र म भित्रको कुरुपतालाई
हो , म उस्तै छु
जस्तो तिमीले मलाई चिन्दा थिएँ
म परिवर्तन भएको होईन
तिमीले मलाई
फरक तरीकाले बुझ्न खोज्यौ !
मेरो टाउको परिवर्तन भएको छैन
न त्यहाँ भित्रको दिमाग फेरिएको छ
अनि ,
किन फरक देख्न चाहन्छौ तिमी मलाई ?
म उही टाउको
उही दिमागबाट निर्देशित छु
र म उही पुच्छर हल्लाई रहेको छु

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक