20150121

छबिलाल र बाबुरामले जताततै बाट छि छि र दुर दुर भएपछी घुमाएर माफी मागे जस्तो नाटक गरे हेर्नुस् भिडियो !


एमाओवादीकै कारण माघ ८ मा संविधान आउन सकेन भन्दै एमाले अध्यक्ष केपी ओलीले अन्तराष्ट्रिय रुपमा कुख्यात आतंकवादी समूह बोकोहरामको भूमिकामा एमाओवादी प्रस्तुत हुन खोजेको आरोप लगाए


देशले अभिभाबक खोजिरहेछ,  राजनेता खोजिरहेछ, नेताहरुलाई चेतना भया ! 
रमा सिँह
 ओलीले भने "बोकोहरामको त्यो भारी नेपालमा हामीलाई बोकाउन खोजिदैछ। त्यो संभव छैन। त्यो भारी नेपाली बोक्दैनन्।' नाइजेरियामा सक्रिय बोकोहरामले हजारौं मानिसको हत्या गरिसकेको छ। उनले
एमाओवादीले संघीयताका नाममा जातजातीलाई उचालेर सुडान, नाइजेरिया, रुवान्डामा जस्तो जातीय युद्ध नेपालमा पनि निम्त्याउन खोजेको आरोप लगाए । उनले भने, जातजातीका बीचमा मारकाट फैलाउने र युद्ध गराउने संघीयता हामीले ल्याउन खोजेको होइन ।' ओलीले माघ ८ मा संविधान आउन नसक्ने अवस्थाका लागि एमाओवादी नै मुख्य रुपमा जिम्मेवार रहेको बताएका छन्। आफ्नै निवास बालकोटमा संचारकर्मीसँगको भेटमा उनले भने, 'एमाओवादी कारण माघ ८मा संविधान बन्न नसक्ने अवस्था
आयो।' उनले अब प्रक्रियाबाट छिटै संविधान बन्ने बताए। उनले चुनाव हारेर आएदेखि नै एमाओावदी संविधान बन्न नदिने षडयन्त्रमा लागेको बताए। संविधानसभामा नाराबाजी, तोडफोड तथा जुलुस कल्पना गर्न पनि नसकिने कुरा हो तर एमाओवादीले त्यही गर्‍यो। उनले भने, संविधानसभा नाराबाजी गर्ने, तोडफोड गर्ने र भीडन्त गर्ने ठाउँ होइन। उहाँहरुले संविधानसभाभित्रै जुलुस निकालिदिनुभयो।' उनले आफूमाथि चार माइक प्रहार भएको बताउँदै भने, पहिलो माइक मेरो छातीमा लाग्यो, दोस्रो माइक सभासद् ऋषि पोखरेललाई लाग्यो, तेस्रो माइक विद्या भण्डारीको खुट्टामा लाग्यो र चौथो माइक भूँइमा खस्यो। उनले योजनावद्ध रुपमा आफूलाई आक्रमण गरेको बताए। उनले भने, माइक भाँच्ने, कुर्सी उचाल्ने अनेक तमशा देखाए, हेर्दा कहाँबाट आएका होलान् जस्तो लाग्यो । उनको प्रश्न थियो, यो कस्तो सभ्यता हो । माओवादीको असभ्यता र अराजकताप्रति संकेत गर्दै भने, 'गरु नांगै देख्दा मलाई लाज लागेको छैन।' उनले तीन महिना बाबुराम भट्टराईले कांग्रेस एमालेको खुट्टा समाएर अममलाएको बताए। 'हरेक पाइलमा उनले हामीलाई समाएर अड्काए, उनले भने।
रमा सिँह । नेपालको पहिलो महिला टेलिभिजन पत्रकार, नेपाल टिभीको अभिन्न अँग, पूर्व निर्देशक , पहिलो महिला फुटवल क्याप्टेन, उदघोसण नायिका यि र यस्ता थुप्रै बिश्लेशण जोड्न पर्छ उनको नामको पछाडी । नेपाल राष्ट्रलाई अघात माया गर्ने रमा सिँह अमेरिका बसे पनि उनको पनि मन मुटु नेपाल मै छ, उनको पछील्लो ढुकढुकी यसरी प्रक भयो : 

देशले अभिभाबक खोजिरहेको छ ...राजनेता खोजिरहेछ.....नेताहरुलाई चेतना भया ....!
राजनेताको अभावमा देशमा कतिसम्म अस्थिरता र अराजकता देखिन्छ र जनतामा निराशा उत्पन्न हुन्छ भन्ने कुराको उदाहरण अहिले नेपाल बनेको छ ।अहिले संबिधान आउने र न आउने भन्दा पनि सत्ताकै भाग बन्डामा नेताहरु रुमाललिएका हुन कि जस्तो देखिन्छ । भोली संबिधान आयो भने मेरो भूमिका र ओहोदा के भन्ने प्रश्न ले सबै टाउके नेताहरुलाई त्रसाइे रहेको छ ।
सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण निकास दिएर छोटै समयमा शान्ति र स्थिरतातर्फ गएको देशको रुपमा विश्वमा उदाहरण बन्न सक्ने सम्भावना भए पनि त्यो सकारात्मक उदाहरण नेपालको भाग्यबाट गुम्दै गएको छ र नकारात्मक उदाहरणबाट चिनिने सम्भावना प्रबल हुँदै गएको छ । लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नयाँ युगको प्रवेश गरेको नेपालमा सबै वाद विचार र दलबाट माथि उठी देश र जनताप्रति मात्र समर्पित सर्वमान्य व्यक्तित्वको जन्म हुनुपर्ने थियो तर त्यो हुन सकेन । युगले कोल्टो फेरेको समयमा सीमित घेरामा रमाउने व्यक्तिले नेतृत्व गर्नाले देश खन्डहर बन्दै गई रहेको छ ।
दश वर्षको माओवादी जनयुद्ध र १९दिने संयुक्त जनआन्दोलनलाई नेतृत्व गर्दा केही नेता राजनेता बन्न सक्छन् कि भन्ने देखिएको थियो ।करिब १५ हजार सपूतको बलिदानपछि राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै आन्दोलनताका अग्ला देखिएका नेताहरु वामपुड्के देखिन थाले । योग्यता र लोकप्रियताका आधारमा हैन राजाको छोरो भएबापत राष्ट्रप्रमुख हुने परिपाटीका कारण त्यसको विरोध गरिएको थियो फरक यति हो- पहिले एउटा राजसंस्था थियो र एउटै राजा थिए अहिले अनेक शक्ति केन्द्र र सहस्र 'राजा’ देखा परेका छन् ।पहिलो संबिधान सभा निर्वाचनको निर्वाचनपछि दुई वर्षमै दल र तिनका नेता यति अलोकपि्रय भएका छन् कि त्यो स्थितिमा पुग्न शाह राजवंशलाई २ सय ४० वर्ष लागेको थियो ।दोस्रो संबिधान सभा पनि अहिले यो हालत मा पुगेको छ ।
लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै एक जना राजनेताको पनि उदय भएको भए अहिलेसम्म देशमा शान्ति र संविधान आइसकेको हुन्थ्यो । सबै किसिमका अन्योल विद्वेष र मनोमालिन्य अन्त्य भएर सबैको एउटै लक्ष्य आर्थिक उन्नति र समृद्धि हुनुपर्ने देशमा सरकार छ तर देश अर्कैले चलाइे रहेको छ। त्यस्तो अवस्था आउनु भनेको पराजय बेहोर्ने नेताका लागि मात्र हैन देश र जनताकै लागि पनि दुर्भाग्य हो । तेसैले अब जनता उठे भने नेताहरुले आस्चर्य नमाने हुन्छ । देश बचाउन जनता उठनै पर्छ र उठछन पनि ..
नेताहरुलाई चेतना भया ................................

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक