20150118

राप्रपा नेपालका सह-अध्यक्ष केशरबहादुर विष्टले गणतन्त्रवादी नेताहरुलाई बेइमान भन्दै सार्वजनिक रुपमै थुके, ‘थुइक्क बेइमानी हो’ भनेर आफूले थुकेपछि कार्यकर्ताहरुलाई पनि विष्टले तीन पटकसम्म ‘थुइक्क बेइमानी हो’ भन्दै सडकमा थुक्न लगाए !

 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माघ ८ गते संविधान जारी नभए माघ ९ गते संविधानसभा कब्जा गर्ने घोषणा !
 गणतन्त्रवादी नेताहरुलाई बेइमान भन्दै राप्रपा नेपालका सह-अध्यक्ष केशरबहादुर विष्टले सार्वजनिक रुपमै थुकेका छन् । विष्टले आफ्ना कार्यकर्तालाई पनि त्यसैगरी सडकमा थुक्न लगाएका छन् । गणतन्त्रका नाममा

अधिकार दिने भनेर जनतालाई बेइमानी गरेको भन्दै विष्टले आइतबार नयाँ बानेश्वरस्थित विरोध कार्यक्रममा गणतन्त्रवादी नेताहरुलाई सडकमा थुकेका हुन् । राजनीतिक दलका नेताहरुलाई ‘थुइक्क बेइमानी हो’ भनेर आफूले थुकेपछि कार्यकर्ताहरुलाई पनि विष्टले तीन पटकसम्म ‘थुइक्क बेइमानी हो’ भन्दै सडकमा थुक्न लगाए । नेता विष्टले माओवादीले १० वर्षसम्म जनयुद्धका नाममा हत्या हिंसा र लुट मच्चाएको बताए । बाँकी ९ वर्ष संविधान लेख्ने नाममा माओवादीले ठगेर खाएको उनले आरोप लगाए । ‘नेपालको शान्ति खोजेर दिल्ली जानेले शान्ति ल्याउन सक्दैन,’ विष्टले भने, ‘उताको नुनपानी खानेलाई यताको नीति नियम पनि थाहा हुँदैन ।’ प्रजातन्त्रवादी तथा गणतन्त्रवादीहरुलाई नालायक र बेइमानी घोषणा गरेका विष्टले उनीहरुका अगाडि आफूहरुलाई लाज भएको बताए । ‘कुन्नि केजाति गर्नेलाई भन्दा देख्नेलाई लाज भन्छन्,’ विष्टले भने,’उनीहरुसँग सँगै बस्न पनि हामी २५ जना सभासद्हरुलाई लाज भइसक्यो ।’ विष्टले गणतन्त्रवादी नेताहरुलाई गाली गरिरहँदा कार्यकर्ताहरुले चर्को रुपमा ताली बजाएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माघ ८ गते संविधान जारी नभए माघ ९ गते संविधानसभा कब्जा गर्ने घोषणा गरेको छ । नयाँ बन्ने संविधानमा सनातन हिन्दु राष्ट्र कायम गर्न माग गर्दै आइतबार राजधानीमा गरेको धर्ना कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले माघ ८ गते संविधान नबनेको विरोधमा माघ ९ गते देशब्यापी विरोध प्रदर्शन तथा र्‍याली र जनसभा गर्ने घोषणा गरेका हुन् । ‘माघ ९ गते हामी यो सीमामा बाँधिएर बस्दैनौं,’ थापाले आइतबार नयाँ बानेश्वरमा भने, ‘प्रहरीको घेरा तोडेर त्यो (संविधानसभा) ठाउँसम्म पुग्छौं ।’ संविधान बनाउन नसकेको भन्दै नेताहरुलाई सोही दिन असक्षम घोषणा गरिने र धेरैको पुत्ला जलाउने थापाले बताए । नयाँ बानेश्वरको मूल सडकमा कब्जा जमाएर प्रदर्शन गरेका कार्यकर्तालाई ट्रकमाथि चढेर भाषण गरेका थापाले लोकतन्त्रवादी भन्ने दलहरुले जनतामाथि बेइमानी गरेको आरोप लगाए । ‘नेताहरुले ६ महिनामा संविधानसभाको मस्यौदा दिने र एक वर्षमा संविधान दिने प्रतिवद्धता मात्र होइन, भीष्म प्रतिज्ञा गरेका थिए,’ थापाले भने, ‘त्यो आफैले गरेको प्रतिवद्धता पूरा नगर्नु जनताविरुद्धको बेइमानी र धोका हो ।’ जनयुद्धका नाममा १० वर्ष र शान्ति प्रक्रियाका ९ वर्ष त्यसै खेर फाल्ने काम भएको भन्दै थापाले संविधान बनाउन नसक्नुका साथै सिंगो राष्ट्रलाई नै असफल बनाएको आरोप लगाए । ‘संविधान बन्न नसक्नुमा संविधानसभालाई पनि दोष दिन चाहन्न,’ थापाले भने, ‘केही सीमित एक दर्जन नेताहरुको कारण मुलुकले संविधान पाउन सकेन ।’ धर्म निरपेक्षता र जातीय राज्य दिने नाममा धार्मिक तथा जातीय द्वन्द्वको विजारोपण गर्ने काम भएको थापाको आरोप थियो । सभाअघि बबरमहलबाट निकालिएको र्‍याली नयाँबानेश्वर चोकमा पुग्दा प्रहरीले लाठिचार्ज गरेको थियो ।

नेपाललाई हिन्दू राष्ट्र कायम गर्नका लागि जनमत संग्रहको माग गर्दै राप्रपा नेपालले आइतबारर काठमाडौंको बबरमहलदेखि संविधानसभाको भवनसम्म र्‍याली निकालेको थियो।  त्यसक्रममा बानेश्वरमा प्रहरीले लाठीचार्जसमेत गरेको थियो।
 
प्रहरीको लाठीचार्जबाट घाइते भएका कार्यकर्ता।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक