20150118

अन्तरराष्ट्रिय कलाकार मँच इजरायल शाखाका लागि केन्द्रिय प्रतिनिधि साबी पाठक को नयाँ उपन्यास चम्पाका हजार पाइला काठमाडौंमा बिमोचित

उपन्यासकार सावी पाठकको “चम्पाका हजार पाइला” उपन्यासको विमोचन भएको छ | सो उपन्यासको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले गर्दै नारी विभेद र वैदेशिक रोजगारीको पीडालाई उपन्यासमा सुन्दर ढङ्गले उतारेको बताउनु भयो | कृतिबारे साहित्यकारहरु डा. नारायण चालिसे, युवराज नयाघरे, अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष साहित्यकार राधेश्याम लेकाली, पत्रकार देवप्रकाश
त्रिपाठीलगायतले बोल्नु भएको थियो | यसैगरी कार्यक्रममा पूर्व मन्त्री गंगालाल तुलाधर, र स्वेता सिन्हाले पनि बोल्नु भएको थियो | कृतिकार सावी पाठकले उपन्यास मार्फत नेपाली समाज, नारी समस्या र परिवर्तनका निम्ति कलम चलाएको बताउनु भयो | नारीका लागि नारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकारहरुको सहभागिता रहेको थियो |


 












No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक