20150126

भर्जिनिया डिसी र म्यारिल्यान्डमा पनि हिउँ पर्दै चिसो बढ्दै ! न्युयोर्क र न्युजर्सीका गर्भनरहरुले राज्य संकटकालको घोषणा, न्युयोर्कमा अहिलेसम्मकै भयानक हिमआँधी आउने अधिकारीहरुको चेतावनी !


 भर्जिनिया डिसी र म्यारिल्यान्डमा पनि हिउँ पर्दै चिसो बढ्दै छ तर न्युयोर्क र न्युजर्सीमा जस्तो भयानक हिमआँधी भने यता आउँदैछैन ।  न्युयोर्कमा अहिलेसम्मकै भयानक हिमआँधी आउने अधिकारीहरुले चेतावनी दिएपछि न्युयोर्कको जनजीवन प्रभावित भएको छ । राज्यले बाहिर सडकयात्रामा प्रतिबन्ध लगाएको छ, कैयन सार्वजनिक यातायातहरु बन्द गरिएको छ, हवाइजहाजका हजारौं उडानहरु रद्द गरिएको छ । उच्च हिमपात र आँधिबेहरी सुरु हुनुभन्दा अगाडि
नै काम बाट फर्किएर घरभित्र सुरक्षित तरिकाले बस्ने अधिकारीहरुले सर्वसाधारणहरुलाई चेतावनी दिएका छन् । न्युयोर्क र न्युजर्सीका गर्भनरहरुले राज्य संकटकालको घोषणा गरिसकेका छन् । सोमबार बिहानदेखि सुरु भएको हिमपात जारी छ भने न्युयोर्कमा आउने आँधिबेहरी अहिलेसम्म रेकर्ड गरिएकोमा सबैभन्दा खतरनाक रहने अधिकारीहरुले चेतावनी दिएका छन् । मंगलबार विहानसम्म दुईफिट अर्थात् २४ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ भने कतिपय स्थानमा त्यो भन्दा पनि बाक्लो हिमपात हुने सम्भावना छ । यसअगाडि सन् २०१० को क्रिसमसको भोलिपल्ट २० इन्चसम्म हिमपात भएको थियो भने सन् २००६ मा २६ दशमलव ९ इन्च हिमपात भएको थियो ।  यसअगाडि सन् १९४७ मा २६ इन्च र १८८८ मा २१ इन्च हिमपात भएको थियो । तर यसपटक हिमपातसँगै आउने आँधिबेहरी न्युयोर्क सहरकै इतिहासमा सबैभन्दा खतरनाक हुने भन्दै न्युयोर्क सहरका मेयर बिल डे ब्लाजिओले मंगलबार सबै विद्यालयहरु बन्द गरिएको घोषणा गरेका छन् भने सोमबार राती ११ बजेदेखि सडकमा गाडी गुड्न प्रतिबन्ध लगाइएको छ ।
चेतावनीपछि न्युयोर्कमा सोमबार राती ११ बजेदेखि सबै यातायात अनिश्चितकालका लागि बन्द हुने भएको छ । न्युयोर्कको सरकारी रेलसेवा राती ११ बजेदेखि सम्पूर्ण रुपमा बन्द हुने भएको छ भने न्युयोर्क सहरभित्र चल्ने सरकारी एमटीए बससेवा पनि बन्द हुने भएको छ । मेट्रो नर्थ र लङ आइल्याण्ड रेलसेवा पनि राती ११ बजेदेखि नै बन्द हुने भएको छ भने न्युजर्सी ट्रान्जिट बेलुकी ८ बजेदेखि नै बन्द हुने भएको छ । राती ११ बजे पछि न्युयोर्कको सडकमा निजी गाडी गुड्न समेत प्रतिबन्ध लगाइएको छ । राती ११ बजेदेखि बन्द गरिएको यातायात सेवा कतिबेलादेखि सुचारु हुने भन्नेबारे केही बताइएको छैन । मंगलबार विद्यालयहरु बन्द गरिएको छ भने उडानहरु रद्द गरिएका छन् । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक