20150127

बाराको कलैयामा साढे चार बर्षीय बालकको अपहरणपछि हत्या !

बाराको कलैयामा साढे चार बर्षीय बालकको अपहरणपछि हत्या भएको छ । कलैया नगरपालिका–५ बस्ने मोतिलाल साहका छोरा आशिषको गएराती अपहरण पछि हत्या भएको हो । घरभन्दा करिब चार सय मिटर टाढा अचेत अवस्थामा फेला परेका बालकको टाउको र छातीमा चोट लागेको थियो । उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याइएकोमा उपचारकै क्रममा उनको गएराती मृत्यु भएको हो । घटनाको प्रकृती हेर्दा हत्या भएको हुनसक्ने बाराका डिएसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आज सात जनालाई नियन्त्रणमा लिएको छ । गएराती राती घरमा सुतिरहेका बालक राति ८ बजेतिर हराएका थिए । घरमै रहेका अभिभावकहरुले बालक घरमा नभएको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । त्यस लगत्तै खोजीमा निस्किएका प्रहरीले टांगा स्ट्याण्डमा बालक आशिषलाई फेला पारेका थिए । उता, स्थानीयले आज शान्ति सुरक्षाको माग गर्दै बाराको भरतचोकमा प्रदर्शन गरेका छन् ।
&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&

कठै म ! :  रामप्रसाद खनाल  

उता पनि हुन्छ भन्छु, यता पनि हुन्छ भन्छु ! 
बिहान मन रुन्छ भन्छु, बेलुकी के हुन्छ भन्छु ?!
२४ घण्टा चौबिस थरी बोल्न मलाई मन लाग्छ
एकातिर टाल्छु भन्छु, अर्को खोल्न मन लाग्छ !
अाजकल सबै गुम्दा आकाश टोल्न मन लाग्छ
कुन्नी किन मलाई देशमा बिस घोल्न मन लाग्छ !
बाठाहरु छोरी दिल्ली लगिकन पढाईराछन
मेरो धुर्मुसेलाई यिनले चढाइ चढाइ सडाइराछन !
ढिलो चाँडो तान्ने हुनकी ! डर लाग्न थालेको छ
मेरो पुस्तै नाश हुन्छ कि डरले मन गालेको छ
हात हेर्ने ज्योतिसीको पनि भर परेकै हुँं
ग्रह दशा सोझ्याउन भैंसी पूजा गरेकै हुँं !
सपनीमा सद्दाम र गद्दाफी नि आइरहन्छन
श्रीलँकन प्रभाकरण मध्य रातमा बोलाइरहन्छन !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक