20150217

कबिता : अमेरिकामा बसे पनि !

- रामप्रसाद खनाल

अमेरिकामा बसे पनि
काङ्रेस समर्थकलाई कङ्रेस समर्थक नै चाहिन्छ !
एमाले समर्थकलाई एमाले समर्थक नै चाहिन्छ !
छबिलाल बाबुरामहरुका मान्छेहरुलाई
माओवादी समर्थक नै चाहिन्छ !
राजाबादीलाई राजाबादी नै चाहिन्छ !
रा.प्र.पा, थाप्रपा, मधेशबादी सबै दलका
आ आफ्नै संगठन, आ आफ्नै गुट
राजनीति मात्र होइन छ संगठन बनाउने छुट
समर्थक मात्र भएर कहाँ हुन्छ ??
काङ्रेस हो भने शुशील शेरबहादुर रामचन्द्र
कुन गुट हो खुल्नै पर्छ !
एमाले हो भने केपी झलु वा माधव गुट
त्यो पनि खुल्नै पर्छ !
माओवादी हो भने छबिलाल बाबुराम बैद्य बिप्लब
साल नाल छुट्टीएकै हुनु पर्छ !
मान्छे भन्दा धेरै संघ संगठन
सबैलाई सके अध्यक्ष नसके उपाध्यक्ष
त्यो पनि नभए महा सचिब त्यस पछी सचिब
कोस बिनाका भए पनि राख्नुपर्छ कोसाध्यक्षहरु !!!
त्यो नभए सदस्य नै सहि, तर पद चाहिन्छ
कोठे राजनीतिमा लागियो, पद पनि चाहिन्छ !
न भोलिको कुनै चिन्ता छ !
अमेरिका आइएकै छ, घण्टा हान्दा खान पाइएकै छ
नेपालमै भएको भए पो के नाप्न सकिन्थ्यो र ! भनिएकै छ
थात बास नभएर के नापियो ??
अमेरिकाको ठुलो मान्छे बनिएकैछ !!!
नेपाल जाँदा वाह अमेरिकी ग्रीन कार्ड होल्डर भनिएकै छ !
नेपालमा पनि ठुलो मान्छे बनिएकै छ !
महिनाको एक दुई हजार डलर गनिएकै छ !
केही मुलाहरु हामी सँग फुर्ती गर्छन् र भन्छन
हामी "नेपाल र नेपाली" दुइवटा शब्द भित्र अट्नु पर्छ !
सबै नेपाली मिलेर बस्नु पर्छ
एकलाई पर्दा अर्कोले सहयोग गर्नुपर्छ
दु:ख मा सँगै रुनु पर्छ, सुखमा सँगै हाँस्नु पर्छ
यस्तो भन्ने केही मुर्खहरु देखेर
कतिखेर हामीलाई हाँसो लाग्छ !
हाम्रो पार्टी र गुटमा न आउने उनिहरुलाई
हामीले किन आफ्नो ठान्ने ? किन आफ्नो मान्ने ??
नेपाल र नेपाली मात्र भनेर के हुन्छ ??
बरु हरेक जिल्ला, नगर र गाउँका नाममा भए पनि
संघ संस्था खोले, 

नेपाल का १२५ पार्टी मध्ये जुनसुकै पार्टीको भएपनी 
अमेरिकामा जनबर्गिय संस्था खोले   
नेता बनेर चिच्याइ चिच्याइ भासणमा बोले
ठुलो मान्छे भइन्छ !
यती पनि थाहा नभएका उल्लुहरु सँग के बोल्नु ??
मनका कुरा के खोल्नु ??

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक