20150219

पूर्वराजा ज्ञानेन्द्र साहले पनि आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरे !

ज्ञानेन्द्र शाहसँग गोप्य र खुला सहमति भएको छैन - दलहरु

एमाओवादी, मधेसवादी दल र आदिवासी-जनजातिले सरकारसँग विगतका सम्झौता कार्यान्वयन गर्न माग गरिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्र साहले पनि आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् । तत्कालीन राजनीतिक दलहरु र मेरावीच जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै
आजको पुनित दिवसकोे सार्थकता रहन्छ पूर्वराजा ज्ञानेन्द्रले आफूसँग दलहरुको के सहमति भएको थियो भन्ने खुलाएका छैनन् । तर, उनले आफूसँग भएका ती सहमति र समझदारीलाई कार्यान्वयन गराउन आवश्यक रहेको बताएका छन् । फागुन ७ को प्रजातन्त्र दिवसका सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रले विगतको गोप्य सहमति स्मरण गर्दै प्रष्टरुपमा भनेका छन्- ‘तत्कालीन राजनीतिक दलहरु र मेरावीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसकोे सार्थकता रहन्छ ।’

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा २०७१ फागुन ७ गते बक्सेको शुभकामना।

"प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ,
६५ औं प्रजातन्त्र दिवसको यस अवसरमा म समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। आज भन्दा ६४ वर्षअघि प्रजातन्त्रप्रेमी जनता र राजाको समन्वयकारी सत् प्रयासबाट नेपाली जमीन र जनजीवनमा प्रजातन्त्रको विजारोपण भएको हो। प्रजातन्त्रको लागि त्याग र उदारता प्रस्तुत गर्ने हाम्रा जिज्यु बुवा राष्ट्रपिता स्व.श्री ५ त्रिभुवन र बलिदान एवं जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति म हार्दिक श्रद्धाभाव र श्रद्धाञ्जलि प्रकट गर्दछु।
प्रजातन्त्र राष्ट्रको अलंकार हो र जनता जनार्दनको भाग्य भविष्यको आधार हो। राज्य संचालन र विधि व्यवस्थापनका निम्ति चाहिने मुख्य विषय आपसी सूझबूझ, समझदारी र अनुभवयुक्त प्रयत्न हो। निषेध, विभेद, अन्यौल, अलमल र कचिगंल मै समय बिताउनु भन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नू नै आजको आवश्यकता हो।
६४ वर्ष अघि हाम्रा जिज्युबुवाले र ९ वर्ष अघिको वर्षारम्भमै म स्वयंले गरे गराएको कार्यविधी पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने कुरा म पुनः स्मरण गराउन चाहन्छु। त्यसैले तत्कालीन राजनीतिक दलहरु र मेरा बीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए, तिनको स्मरण र अनुसरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मुलुकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ।
नेपालको मूल कानून परिपूर्ण रुपमा आवोस्, मुलुकको राज्य व्यवस्थाले स्थिरता र गतिशिलता प्राप्त गरोस् यही मेरो शुभकामना छ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।"

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देशमा दोस्रो जनआन्दोलनपछि दलहरूसँग सहमति तथा समझदारी भएको दाबी गरे पनि राजनीतिक दलहरूले भने उनीसँग कुनै पनि प्रकारको गोप्य सहमति तथा समझदारी नभएको स्पष्ट पारेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । पूर्वराजा शाहले बुधबार जारी गरेको विज्ञप्तिमा दलहरूसँग आफूले गरेका सहमति तथा स झौता कार्यान्वयन गर्न माग गरेका थिए। तत्कालीन राजासँगको वार्तामा सहभागी एमाले नेता एवं तत्कालीन अध्यक्ष माधवकुमार नेपालले कुनै पनि सहमति नभएको उल्लेख गर्दै सम्पूर्ण अधिकार जनतालाई दिनेमात्रै सहमति भएको बताए। 'कुन सहमति, कहिले भएको? उनीसँग केही सहमति भएको छैन', नेपालले भने, 'सम्पूर्ण अधिकार जनतालाई दिनुपर्छ भन्ने हाम्रो धारणा थियो। त्यहीअनुसार २०६५ जेठ १५ गते संविधानसभाले टुंगो लगाएको हो।' कांग्रेस उपसभापति एवं दोस्रो जनआन्दोलनको सफलतापछि तत्कालीन राजाले सम्बोधन गर्ने सन्देशको ड्राफ्टमा सहभागी रामचन्द्र पौडेलले उनीसँग कुनै पनि गोप्य सहमति नभएको बताए। 'तत्कालीन राजासँग जे सहमति भएको छ। त्यो उनले देशबासीका नाममा गरेको सम्बोधनका रूपमा आएको हो', पौडेलले भने, 'त्यसबाहेक अरू कुनै पनि गोप्य र खुला सहमति भएको छैन।' पूर्वराजा ज्ञानेन्द्रले भने २०६३ वैशाख ११ गते संसद् पुनस्र्थापनाअघि दलहरूसँग गोप्य सहमति भएको संकेत गर्दै कार्यान्वयनको माग गरेका छन्। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजाको अभिव्यक्तिलाई 'नौटंकी' र 'षड्यन्त्र' को संज्ञा दिए। पार्टीको वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रमका क्रममा बिहीबार बनेपामा अध्यक्ष दाहालले भने, 'पूर्वराजा ज्ञानेन्द्रले आन्दोलनकारी शक्ति र राजनीतिक दलसँग सहमति भएको भन्दै दिएको अभिव्यक्ति नाटक र नौटंकी हो। पूर्वराजाले आफूसँग सहमति थियो भने अन्तरिम संविधान जारी गर्दा र नारायणहिटीबाट निकाल्दा यसबारे भन्नुपथ्र्यो। आठ वर्षपछि यसरी बोल्नु षड्यन्त्र हो।' उनले ज्ञानेन्द्रको अभिव्यक्तिको जि मा कांग्रेस-एमालेले लिनुपर्ने उल्लेख गर्दै यसका लागि एमाओवादी जिम्मेवार नभएको बताए। एमाओवादी महासचिव कृष्णबहादुर महराले पनि आफ्नो दलसँग कुनै सहमति नभएको उल्लेख गर्दै कांग्रेस-एमालेसँग भएको भए उनीहरूलाई नै सोध्नुपर्ने बताए। 'हामीसँग केही सहिमति भएको छैन। कांग्रेस-एमालेले गरेको भए कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई सोध्नुपर्छ', महराले भने, 'हामीले २०६० सालदेखिनै ज्ञानेन्द्रलाई गद्दी छोड भनका हौं। उनले गद्दी नछोडेपछि वार्ता भएन।'
 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूसँग सहमति भएको भनेर पूर्वराजा ज्ञानेन्द्र साहले नयाँ नाटक र षड्यन्त्र सुरू गरेको टिप्पणी गरेका छन् । कार्यकर्तालाई सम्बोधन गर्न काभ्रेको बनेपा पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने–फेरि एउटा नौटंकी सुरु भएको छ । कुनै सहमति भएको भए नारायणहिटी छाड्न किन चुप बनियो ? ८ वर्षपछि आएर सहमति भएको छ भन्नु नाटक र षड्यन्त्र हो ।’ फाइल फोटो फाइल फोटो ज्ञानेन्द्रसँग सँग आफ्नो पार्टीको कुनै सम्झौता नभएको स्पष्ट पार्दै उनले अब कांग्रेस र एमालेले जवाफ दिनुपर्ने बताए । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अबसरमा दिएको शुभकामना सन्देशमा ‘तत्कालीन राजनीतिक दलहरु र आफ्नो वीच सहमति भएको दाबी गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन आग्रह गरेका थिए ।
कार्यकर्तालार्इ प्रशिक्षण दिने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिएका छन् । पार्टी बिग्रँदै गएकाले जनताबाट टाढा भएको बेला काँग्रेस र एमालेले आफूलाई संविधानसभाबाट धकेलेर जनताकाबीचमा पुर्याएको भन्दै उनले धन्यवाद दिएका हुन् । तत्कालीन भट्टराई सरकार रहेका बेला कांग्रेस र एमालेका नेताहरू आफ्नो निवास लाजिम्पाट आएर रोएका कारण सरकार छाडेको उल्लेख गर्दै आफूहरू सोझो भएको फाइदा कांग्रेस र एमालेले लिएको बताए । काँग्रेस र एमालेले मतादेशको आधारमा जनादेशलाई लत्याउन खाजेको आरोप लगाउँदै उनले अहिले कांग्रेस र एमाले निरङ्कुशरुपमा अघि बढ्न खोजेको बताए । एमाओवादी महासचिव कृष्णबहादुर महराले अहिले यथास्थितीवादी र प्रतिगामी शक्तिबीच द्वन्द्व चलेको उल्लेख गर्दै जनताको आन्दोलनबाट प्रतिगामीलाई परास्त गरिने बताएका छन् ।

एमाओवादी नेता डा. बाबुराम भट्टराईले नेपालमा पूर्वराजा महेन्द्रको नयाँ अवतार जन्मिने खतरा रहेको भन्दै छिटो नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् । ‘अहिले म नाम लिन्न तर, अहिले तपाईं त महान राष्ट्रवादी, महेन्द्रको अवतार भएर आउनुभयो भनेर केही मान्छेहरुलाई उचालिएको छ,’ नवलपरासीको परासी बजारमा विहीबार आयोजित पत्रकार भेटघाटमा डा. भट्टराईले भने, यसले गर्दा हिजोको भन्दा भयंकर ठूलो द्वन्द्वमा जाने खतरा मैले देखेको छु ।’ ‘शतप्रतिशत सहमति भनेका हैनौं’ आफूहरु सहमतिका लागि लचक भए पनि सत्ता साझेदार कांग्रेस-एमाले तयार नभएको डा. भट्टराईले आरोप लगाए । आफूहरुले सबै विषयमा सहमति जुटाउनुपर्छ नभनेको भन्दै उनले राज्य पुनसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा न्यूनतम सहमति हुनुपर्ने बताए । ‘सबै कुरामा शतप्रतिशत सहमति भनेका छैनौं, यो यो विषयमा मिल्न सकिएन मतदान गरौं भन्ने समझदारी गर्न सकिन्छ नि,’ पत्रकार भेटघाटमा डा. भट्टराईले भने, ‘तर, त्यसो नगरी उहाँहरु एकपक्षीय ढंगबाट जाने दुस्साहस गरिरहनुभएको छ ।’ भट्टराईले संविधानसभामा मतदानको प्रक्रियालाई रोकेर प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति गर्नुपर्ने दोहोर्‍याए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक