20150225

नारायणचौर र बानेश्वरका पानी बौलाहहरु !


- राजन कार्की
कुनै बेला नारायणचौरका मालिकलाई पानी बौलाह भन्थे। उनी चाहिने केही पनि गर्दैनथे, नचाहिने काम जति पनि गर्थे। अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हालीमुहाली चलाउनेहरु आधुनिक पानी बौलाह बनेर निस्किएका छन्। यिनीहरु पनि गर्नुपर्ने केही गर्दैनन्, गर्नै नहुने काम गरिरहेका छन्।  गोराहरुले अश्वेतलाई घुँडा टेकाएर तिनले बोकेको हौदामा हिडडुल गर्थे। यसबाट आक्रोसित भएका इदि अमिनले गोरालाई उल्टै घुँडा टेकाएर उलिनकाठजस्तौ सवारी चलाउन थाले। तर, त्यो आक्रोस क्षणिक सावित भयो, इदि अमिनको सत्ता उल्टियो। राणाहरु राजाका दद्दु बने, घोडा बनेर बालक राजाको दिल बहलाउँथे, त्यो पनि समाचारमा सिमित भयो, राणा शासन अन्ततः समाप्त भयो।
प्रचण्ड: १० वर्षे जनयुद्धकाल, १९ दिने जनआन्दोलन र ०६३ सालको परिवर्तनपछि ०७० साल मंसिर ४ गतेसम्म समाचारका हेडलाइन बनिरहे। तर, मेजर पार्टीबाट माइनर बनेको वर्षदिनमै यतिखेर बरबराउन थालेका छन्– ममाथि भौतिक कारवाही गरेर सिध्याउने षडयन्त्र भइरहेको छ। उनी सडकमा छन्, उनलाई यस्तो सूचना दिने कुन त्यस्तो संयन्त्र हो, उनले स्पष्ट पारेका छैनन्। तर, उनकै मुख सुँघ्नेहरु र स्वयं उनका सहयात्री डा.बाबुराम भट्टराईले भनेका छन्: हामी कमजोर भएकै हौं। कमजोर भएपछि मुटु हल्लिन्छ भनेको यही हो। जनआकांक्षाको धेरै घोडा चढे प्रचण्डले, अझै जनताले उनलाई सेफ ल्याण्डिङका लागि सत्ताको शिखरपुरुष बनाइदिनु पर्ने भयो। प्रचण्डले जतिसुकै जनता मरुन् भने पनि जनता प्रचण्ड बाँचिरहुन् भन्ने कामना गरिरहेको छ।
आन्दोलनकारीहरु उवालमा छन्। उनीहरुको जातीय शर्तमा सहमतीय संविधान निर्माण गर्ने प्रतिवद्धता नजनाउने हो भने जे पनि हुनसक्छ। अर्थात आन्दोलनकारीहरु जातीय संविधानका लागि मरिमेट्न तैयार छन्। र, भर्खर भर्खर एफएममा राजेन्द्र श्रेष्ठ कड्किदै थिए– नेवाः राज्य भनेको राष्ट्रियता हो, जातीयता होइन। तामाङ, लिम्ब, गुरुङ, मधेशेलगायतले पनि यसै भनिरहेका छन्। १ सय २५ जातिमा केही जातिको नाममा संघीयताको नामाकरण गर्दा १२ बुँदेदेखि अहिलेसम्मका सबै सहमति, सम्झौताहरुको पालना हुन्छ, राष्ट्रियता मजबुत हुन्छ भन्ने ब्रम्हज्ञान कहाँबाट उत्प्रेरित भइरहेको छ, राजनीति बुझ्नेलाई प्रष्टै छ।
प्रत्येक जाति राष्ट्रियता हो। एउटा अमुक जातिमात्र कसरी राष्ट्रियता हुनसक्छ? जिरेल, कामी, मगर, चेपाङ, थामीआदि सिमान्तकृत अथवा सबैभन्दा बढी जनसंख्या भएको क्षेत्री, बाहुन जाति राष्ट्रियता हो कि होइन? अहिलेसम्म क्षेत्री, बाहुनको राज्य सञ्चालनमा हालीमुहाली रहदै आयो भन्ने हो र त्यसलाई समावेशी बनाउनकै लागि जातीय संघीयतामा जान लागेको हो भने यो अर्को भँल हुनेछ। क्षत्री, बाहुन जत्तिकै अन्य जातिलाई पनि सबल र सक्षम बनाउने हो भने जातीय संघीयता होइन, ज्ञान तथा चेतना बढाउने सशक्त राष्ट्रिय विशेष कार्यक्रमको खाँचो छ, जातीय संघीयताको होइन। मात्र, क्षेत्री, बाहुनको बर्चस्व न्यँनिकरण गरिदिदा इसाई धर्मको फलामे ढोका खुल्छ र पादरी जे ग्याफ्नीहरुको पहुँच सहज हुन्छ र आफ्ना लागि डलरवर्षा हुनेछ भन्ने भित्री प्रायोजित योजनाका बशमा परेर जातीय संघीयताको ब्याण्डबाजा घन्काइएको हो भने यो नेपाली एकता भाँड्ने संघीयता हो।
सीमाविद बुद्धिनारायण श्रेष्ठका अनुसार नेपालको कालापानीको ३७ हजार हेक्टर भूमिमा १९६२ देखि भारतीय सैनिक व्यारेक बसेको छ। सुस्तामा १४ हजार ५ सय हेक्टर सीमा अतिक्रमण भएको छ। नेपालका २६ जिल्ला भारतसँग जोडिएका छन्, २३ जिल्लामा विवाद छ। ७१ ठाउँमा भारतले नेपाली भँमि मिचेको छ। भन्नुको तात्पर्य नेपालको नक्सा साबुत छैन। संविधानभन्दा पहिले राष्ट्रिय नक्साको खाँचो छ अथवा संविधान निर्माण गर्न संविधानको खाका पहिले सार्वजनिक हुन जरुरी छ। संविधान बन्नपर्छ, संविधानसँगै राष्ट्रियताको आन्दोलन अनिवार्य देखिन्छ। तर हाम्रा नेताहरु संघीयताका नाममा नेपाली एकता भाँड्दैछन्, नेपाली–नेपालीवीच द्वन्द्व र मुठभेड गराउन सोच्दैछन्। त्यसकारण यिनले संविधान लेख्दैनन्। यिनले राष्ट्रियता बलियो बनाउँदैनन्। संविधान लेख्न नेपालको नक्सा चाहिन्छ, नक्सा कहाँ छ? राजनीतिक नेताहरु यस विषयमा वहस गर्नै चाहदैनन्।
वर्तमान नेतृत्वको दिमागमा उठ्नुपर्ने प्रमुख सवाल हो– नेपाल कति साँघुरियो, कति थिचियो, मिचियो, कति गोप्य र कति खुला सम्झौता गरेर दिइयो? पहिले त्यसको लेखाजोखा हुनुपर्छ, नेपालको नक्सा र बन्ने संविधानको खाका तैयार पार्नुपर्छ, अनि प्राप्त हुन्छ जनमत, जनबल, जनसुझाव। अनि लेख्ने हो संविधान। संविधानसभा अनिश्चितकालका लागि स्थगित छ, ३० दल आन्दोलनमा छन्, अन्य केही दल बहिष्कार गरेर बसेका छन्, सडकमा शक्तिहरु 'रातो किताव'मा लेखिएका ट्याक्टिसअनुसार झुक्याएर हान्न मौका कुरिरहेका छन्, परम्परागत शक्ति 'जनताले खोजे म यहीँ छु' भनेर कुरिरहेको छ। पार्टीगत र व्यक्तिगत स्वार्थ सबैसँग छ। राष्ट्रलाई एकीकृत गर्ने, लोकतन्त्रमा समाहित र प्रवाहित गर्ने नक्सा कसैसँग छैन। नेपाली शक्ति भनेको नेपाली एकता हो, त्यो एकता भाँड्ने जुक्ति सबैलाई थाहा छ, एकता मजबुत पार्ने युक्ति खोज्न कोही तैयार छैन।
हाम्रा नेताहरुले एकता भाँड्ने कबुल गरेर सन्धि, सम्झौता, सहमति गरेकाले उनीहरु दाजुभाईलाई मुक्कामुक्की, दिदीबहिनीलाई चुल्ठाचुल्ठी गराउन उद्दत देखिन्छन? १२ बुँदे दिल्ली सम्झौता यिनका गर्धनमाथि झुण्डिएको नाङ्गो तरवार रहेछ, जसका कारणले जनआन्दोलनलाई वसन्त पर्व भनेर जाज्वल्यमान रुपमा उदाएका महारथीहरु नेपाली एकतालाई अभिमन्यु बनाइरहेका छन् र नेपाली एकता 'निहत्था अभिमन्यु'को विभत्स हत्याको नियति भोग्न बाध्य भइरहेको छ। राष्ट्रियता जे सुकै होस्, नागरिक स्वाधीनता र सर्वाभौमिकतामाथि जतिसुकै विदेशी हस्तक्षेप होस्, नेपाली भँमिमा विदेशी चलखेल बढे बढोस्, ०६३ सालमा प्राप्त परिवर्तनलाई हाम्रा नेताहरु खुवा विर्ता सम्झेर घ्यँभात खाइरहेका छन्। देश हाँक्ने नेताहरु आसुरी बनेकाले देश र जनताका भागमा आँसुमात्र छ। छटपटी, हुटहुटी र पीडामात्र छ।
साना साना राष्ट्रहरु एक भएर संघीयतामा जाने राम्रो व्यवस्था हो संघीयता। संघीयताको परिभाषालाई राजनीति र सत्तास्वार्थको परिभाषामा बुझेका हाम्रा नेताहरुले संघीयतालाई जातीयताको साँचोमा ढाल्ने भगिरथ यत्न गरिरहेका छन्। यी नेताहरुको यो भगिरथ प्रयास नेपालको संविधान निर्माण, बिधिको व्यवस्थापन, शान्ति र विकासमा लगाइदिएको भए, लोकतन्त्रलाई भागबण्डातन्त्र नबनाइदिएको भए, जनआन्दोलनपछिको परिवर्तनको अर्थ र औचित्य साबित भइसक्थ्यो, यो घना अँध्यारो फारेर नयाँ नेपालको सँर्य उदाइसकेको हुनेथियो। हामीवीचको सौहाद्रता, एकता भाँडनु संघीयता होइन, तर संघीयता माने जातीय संघीयता हो भनेर हाम्रा नेताहरु रातलाई दिन पार्ने कसरत गरिरहेका छन्। कतै यो कसरत रुवाण्डामा मच्चिएको हुटु र तुत्सी, सोमालियामा भएको जातीय नरसंहार, सुडानमा भएको अरवी–अरवीवीचमा मारामार, श्रीलंकामा गराइएको तमिल, हिन्दँ र बौद्धवीचको हत्याश्रृंखला नेपालमा नदोहोरियोस्। स्मरणरहोस्, ती ४ देशमा मात्र जातीय युद्ध हुँदा ४२ लाख मानिस काटिए, मारिए। ती मुलुकहरु यतिखेर सम्हालिएका छन्, गल्ती भएछ भनेर सुधारिन थालेका छन् र जातीय सौहाद्रताका साथ विकासमा जुटेका छन्। १० वर्षे जनयुद्धमा जति रगत बग्यो बग्यो, त्यसपछि सम्हालिनुपर्ने नेपालमा अर्को नरसंहारको जातीय द्वन्द्वको रणमैदान तैयार पारिदैछ। रगतको स्वाद चाख्नेलाई रगतकै तीर्खा लाग्छ भनेको यही हो। त्यसमा विदेशीले खेल्न पाएपछि विश्वशक्तिको सामरिक महत्वको यो भँमिमा के होला, होला? नेताहरु दूरगामी नभएपछि देश र जनताले त्यसको मूल्य चुकाउनु पर्छ।
जातीय सवाल उठाउनेहरुले धोती र टोपीको कुरा उठाएका छन्। धोती र टोपी टुक्रा टुक्रा पारेपछि न धोती रहन्छ, न टोपी। च्यातिएको टालोमात्र बाँकी रहन्छ। टालोलाई न धोतीको रुपमा लगाउन मिल्छ, न टोपीको रुपमा। न लज्जा रहन्छ, न पहिचान र गौरव। नेपाललाई यस्तै टालो बनाउने षडयन्त्र भइरहेको छ। धोती र टोपीलाई टालो बनाउन रोक्ने जिम्मा जनताले विभिन्न पार्टीहरुलाई दिएका हुन्। तर, पार्टीहरु आफै अग्रसर भएर धोती र टोपीलाई च्यातचुत पार्नैपर्छ भनिरहेका छन्। यो रोक्ने कसले?
रोक्ने युवाशक्तिले हो। युवाशक्तिलाई नेपालमा गरिखान पाइन्न, भविष्य छैन भन्ने सन्देश निरन्तर प्रवाह गरिएको छ। राजनीतिक अस्थिरता, अराजकता, सिण्डिकेटतन्त्रले युवाहरुलाई संगठित हुन नदिने र निराश पार्ने काम गरिरहेको छ। विदेशीहरुले नेपाली युवाको ब्रेन र बाहुबललाई आफँतिर आकर्षित गरिरहेका छन्। दिनहुँ युवाहरु विदेश जाने क्रम बढ्दै गएको छ। बालक हुँदा आमाबाबुले हुर्काए, बुढा आमाबाबुको हेरविचार गर्ने र देशलाई टेवा दिने बेलाका युवाहरु विदेश पलायन भइरहेका छन्। जो यहीँ छन्, ती युवाहरु पार्टीका झण्डामुनी झुण्ड झुण्ड बिभाजन गरिएका छन्। जबसम्म युवाहरु एकत्रित भएर राष्ट्रियताको आन्दोलनमा जागृत हुन सक्दैनन्, राजनीतिक नेताहरुको गुण्डागर्दी यसैगरी चलिरहनेछ। यसकारण नेपाल राष्ट्र कम र बढी जंगल बन्दै गएको छ।  
राष्ट्र एक्लिएको अवस्था छ। राष्ट्रका लागि सहादत हुन तैयार छु भनेर एकजना निस्केको स्थिति छैन। यस्तो बिपत्तिमा परेको राष्ट्रलाई जातीय संघीयताको सुइरोले रोप्न आतुरहरु जुरमुराइरहेका छन्।
यो लेख संघीयताको विरोधका लागि लेखिएको होइन। नेपालको भँगोल, नेपाली जनताको एकता मजबुत पार्ने संघीयता बन्ने हो भने पचहत्तर थान संघ बनाए पनि फरक पर्दैन। संघीयताकै कारणले बिखण्डन र बिभाजनको लक्ष्मणरेखा नकोरियोेस्, स्वायत्तता र आत्मनिर्णयका कारणले नेपाल धुजा धुजा नहोस्, यसदिशामा सबैको ध्यान जान जरुरी छ। पृथ्वीनारायण शाहले एकीकरण गरे, तिनलाई बिस्तारवादी भनेर फेरि बाइसे र चौविसे राज्य खडा नगरौं। चीन र भारतले असल मित्रका हैसियतले जातीय संघीयतामा नजानु नै बेश भनेर किन सुझाव दिए, अमेरिकी राजदँत पिटर डब्लु बोडे रातदिन किन राजनीतिक दलहरुवीच वार्ता र सहमतिका लागि सल्लाह दिइरहेका छन्? तिनका सुझाव र सल्लाहबारे पनि केहीबेर सोच्ने कि? नसोच्ने हो भने कुनै बेलाका मगधका राजा महानन्दको चरित्र र उनले भोगेको परिणाममा नपुगिएला भन्न सकिन्न।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक