20150227

कथाकार बबिता शाहका पाँच कृति विमोचित

काठमाडौं/ कथाकार बबिता शाहका पाँच ओटा बालकथा सङ्ग्रह 'चञ्चले चिम्पु', 'खरायोको प्यारासुट', साथी अब्टोपस', 'दयालु राजकुमार' र 'चमत्कारी भ्यागुतो'को एकसाथ विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका
उपकुलपति डा. विष्णुविभु घिमिरेले एक समारोहबीच यी कृतिहरूको विमोचन गरेका हुन् ।
विमोचित कृतिहरूमाथि बोल्दै उपकुलपति घिमिरेले भने, "बबिताका बालकथाहरू नयाँ परिवेशमा लेखिएका छन् । सरल र मिठो भाषा शैली, कथासँग सुहाँदिला आकर्ष चित्रहरू र गुणस्तरीय छपाइ भएका यी सबै पुस्तकहरू बालबालिकाहरूका निम्ति निकै उपयोगी छन् । यसबाट उनीहरूले मनोरञ्जनसँगै नयाँ ज्ञान र प्रविधिबारे पनि थाहा पाउछन् । एकसाथ महिला लेखकका पाँच कृतिहरू विमोचन हुनु नेपाली साहित्यका लागि पनि उपलब्धी हो ।"
बबिता शाहका एक दर्जन बालकथाकृतिहरू प्रकाशित भएका छन् । यस अघि विभिन्न समयमा उनका 'पुन्टे र प्रिन्सेस', 'जादुगर चरा', 'तेजु टमटम', 'फच्चे गोही', 'हराएको ऊँट', 'अनौठो आँप' लगायतका बालसाहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । उनले नेपाली र अंग्रेजी दुवै भाषाको आख्यानमा कलम चलाउँदै आइरहेकी छन् । कार्यक्रममा उनले भनिन्, "अहिलेका बालबालिकाहरू पहिलेभन्दा धेरै कुरामा जानकार छन् । उनीहरू टेलिभिजन, इन्टरनेट, डिजिटल गेम आदिमा समेत रमाइरहेका हुन्छन् । यस्तो बेला बालसाहित्य मार्फ हामीले उनीहरुलाई केही कुरा दिदा उनीहरुको मनोविज्ञान, रुची र उमेर समूहलाई पनि विचार गर्नु पर्ने हुन्छ । मैले पनि विगत एक दशकदेखि यस्तै कोसिस गर्दै आइरहेकी छु ।"
पछिल्लो समयमा नेपाली बालसाहित्यमा उल्लेख्य कृतिहरू प्रकाशित भएका छन् । कार्यक्रममा ७८ वषर्ीय स्रष्टा विष्णुभक्त फुँयालले भने, "हाम्रो पालामा यस्ता रमाइला बालपुस्तकहरू छँदै थिएनन् । अहिले यी सब देख्दा आनन्द लाग्छ ।"
विमोचित पाँचै बालपुस्तकहरू बुकसाइन पब्लिकेसनले प्रकाशित गरेको हो । प्रकाशित यी पुस्तकहरू यसै सातादेखि वितरण भई नेपालका प्रमुख सहरहरुका पुस्तक पसलहरूमा उपलब्ध हुने समेत जानकारी गराइएको थियो । विमाचित कृति 'चञ्चले चिम्पु" अंग्रजी र नेपाली दुवै भाषामा प्रकाशित छ ।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक