20150227

राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सि‌हदरबार र संविधान सभा आसपासलगायतका नौ स्थानमा निषेधित क्षेत्र !

छबिलाल बाबुरामको माओवादी देखी मधेशबादी सम्म सबै काठमाडौं अस्तब्यस्त बनाउन ब्यस्त !

एनेकपा माओवादी नेतृत्वको गठबन्धनले शनिबार खुलामञ्चमा गर्न लागेको प्रदर्शनलाई ध्यानमा राख्दै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा पारेको छ। राजधानी छिर्ने नाकाहरुमा सबै बसका यात्रुहरुलाई ओरालेर चेक
जाँच गरिएको छ। राजधानीको सुन्धारा आसपासका होटल रहेका क्षेत्रहरुमा समेत सुरक्षा बढाइएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सि‌हदरबार र संविधान सभा आसपासलगायतका नौ स्थानमा निषेधित क्षेत्र तोकेको छ। एमाओवादी गठबन्धनको ३० दलीय मोर्चाले राजधानीमा खुलामञ्चमा दुई लाख मान्छे उतारेर शक्ति प्रदर्शनको तयारीपछि गृह मन्त्रालयले सुरक्षा सतर्कता बढाएको हो। गृह मन्त्रालयले यसअघि नै आन्दोलनका क्रममा लाठी प्रयोग नगर्न र गरे कारबाही गरिने विज्ञप्ति जारी गरिसकेको छ। एकीकृत नेकपा माओवादीले आन्दोलनका लागि ब्यापक तयारी गरेको छ। कार्यकर्ता ल्याउन देशब्यापी कार्यकर्ता प्रशिक्षण गरेको पार्टीले १ लाख मान्छे ल्याउने जिम्मा पाएको छ भने अन्य दलहरुलाई १ लाख ल्याउने गरी गठबन्धन बैठकबाटै निर्णय भएको थियो। बिहान ११ बजेदेखि नै उपत्यकाका विभिन्न भागबाट जुलुस सभास्थल खुलामञ्चतिर जाने क्रम सुरु हुनेछ। एमाओवादीका शीर्ष नेताले जुलुसको नेतृत्व गर्ने तयारी छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बालाजुबाट, बाबुराम भट्टराईले कल‍ंकीबाट र नारायणकाजी श्रेष्ठले तीनकुनेबाट जुलुसको नेतृत्व गर्ने तयारी छ। वर्षमान पुनले ललितपुरबाट र गिरिराजमणि पोखरेल गौशालाबाट जुलुसको नेतृत्व गर्ने छन्। गठबन्धनमा रहेका अन्य दलमध्ये संघीय समाजवादी पार्टीले स्वयम्भूबाट, विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले त्रिपुरेश्वरबाट, महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी र उपेन्द्र यादव अधयक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल बबरमहलबाट, संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनले थापाथलीबाट, महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेश सद्भावाना पार्टीले कुपण्डोलबाट, संघीय गणतान्त्रिक समाजवादी पार्टीले सोल्टीमोडबाट, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले सुन्धाराबाटm शरत् सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीले जावलाखेलबाट जुलुस निकाल्ने तयारी छ। महासचिव कृष्णबहादुर महराले खुलामञ्चको जिम्मेवारी सम्हाल्ने छन्। एक बजे सुरु हुने कार्यक्रम चार बजेभित्र सकिसक्ने तयारी छ। एमाओवादी गठबन्धनको बैठकले आन्दोलनको तयारीका लागि गत माघ २६ गते प्रति सभासद् २० हजार उठाउने निर्णय गरेको थियो। मोर्चाले खुलामञ्चको कार्यक्रमको तयारीका लागि २९ लाख रकम लाग्ने हिसाब निकालेको थियो। गत मंगलबार एमाओवादी भातृ संगठन वाइसिएलले राजधानीमा लाठी प्रदर्शन गरेको थियो। प्रशिक्षणका क्रममा एमाओवादीले कार्यकर्ताहरुलाई सडक अवरुद्ध हुन सक्ने भन्दै काठमाडौँ आसपासका जिल्लाका कार्यकर्तालाई हिँडेर आउन भनेको थियो। त्यस्तै काठमाडौँ निकटका जिल्लाहरुबाट मोटरसाइकल र्‍याली गर्दै काठमाडौँ आउने कार्यक्रम तय गरेको पहिलोपोस्टले जनाएको छ ।

*******************************************************
आफ्नी छोरी दिल्लीमा लगेर पढाउने 
जनताका छोरा छोरी लाठी बोकाएर सढाउने 
कसले होला यि लाउकेहरुलाई सचेत गराउने ??
बाबुराम तिम्रो पीएच्डी जनता मराउने ??!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक