20150207

स्वर्गीय इश्वरी तुलाधरको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त मित्र राकेश तुलाधर, दुई साना छोरीहरु र समस्त आफन्तजनमा हार्दिक समबेदना !

भर्खरै मात्र क्यान्सर रोग सँग जुद्धै गरेकी नेपाली समुदायकी एक जना सक्रिय सदस्य इश्वरी तुलाधर अब हामीलाई छाडेर धेरै टाढा जानुभएको छ ।  हामी बिच नरहनुभए पनि इश्वरी तुलाधर जी लाई अमेरिकामा बस्ने हामी सबै नेपालीले सधैं सम्झिरहने छौं । यस दु:खद घडी मा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त मित्र राकेश तुलाधर, दुई साना छोरीहरु र समस्त आफन्तजनमा हार्दिक समबेदना प्रकट गर्दछौँ  
- रामप्रसाद  खनाल - अध्यक्ष एबम 
अन्तरराष्ट्रिय कलाकार मँच समस्त परिवार 
प्रधान सम्पादक - नेपाल मदर डट कम एबम समस्त परिवार      
             click this link below and help tuladhar family please !
http://www.gofundme.com/kyyp4w  
**********************

हार्दिक समवेदना


(जन्म: Dec 01, 1971 स्वर्गारोहण: Feb 07, 2015)

हाम्रा परम मित्र एवं यस समाजका शुभचिन्तक श्री राकेश तुलाधर ज्यू कि धर्मपत्नी एवं Aero Nepal Travel का संस्थापक श्रीमती ईश्वरी श्रेष्ठ ज्यूको असामयिक निधनबाट हामी सबै यस डिसि नेपाली समाज परिवारका सदस्यहरु अत्यन्त मर्माहत तथा स्तब्ध भएका छौ | यस दु:खद क्षणमा दिवंगत आत्माको चिर शान्तिको लागि इश्वरसंग प्रार्थना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ |
अरुण रुपाखेती- अध्यक्ष
एवं
डिसि नेपाली समाज परिवार
*****************************************

मर्दा पर्दा सँगै बसेर रुनै पर्छ ! 
- रामप्रसाद खनाल 

सुखमा सँगै हाँस्ने 
दु:खमा सँगै रुने 
बिहेमा जन्ती जाने
मर्दा मलामी जाने
बिरामी पर्दा अस्पताल


सँग सँगै धाउने
नेपाल र नेपाली भन्दा
गर्ब गर्न आउने
मलाई यस्तो समाज चाहिएको छ !
न मलाई बाउन भएको घमण्ड छ
न त कुनै पश्चाताप नै !
म चुच्चे, पल्लाघरे थेप्चे
चौपारीका छेत्री बा
तल्लाघरे मगर दाई
पारिका गुरुङ दाइभाइ
आरन चलाऊने लोहार दाई
कपडा सिलाउने दर्जी दाई
माटोको भाँडा बनाउने कुमाल कान्छा
अनेकौँ जात जातीको एउटै थलो
हामी मिलेरै बसेका थियौं पहिले पनि,
मिलेरै बसेका छौं अहिले पनि
खबरदार हामीलाई बिथोल्न न आउ
जात जातीका अनेक थरी ट्याग नलगाउ
मलाई सबै सबै चाहिन्छ
अमेरिकामा बसेर पनि नसुध्रिने
ए महाशयहरु हरुहो !
कृपया मेरो समाजलाई
तिम्रो कोठे राजनीतिको
दुर्घन्धित थलो नबनाउ
म जे छु ठिकै छु
जहाँ छु ठिकै छु
बिथोल्न न आउ
बन्द गर श्रध्दान्जली सभामा
तिम्रा राजनीतिक भासणहरु
बन्द गर यो र त्यो भनेर छुट्याउन
नेपाल र नेपाली मात्र भन
सक्नेछौं सबै खुट्याउन
उता त सुध्रिएनन सुध्रिएनन !
शान्ती र संबिधानका ढोका पनि उघ्रिएनन
तर यता बन्द गर बिभेदको राजनीति
छोडिदेउ कोठे फोहोरी राजनीति
आखिर तिमीलाई पर्दा म
मलाई पर्दा तिमीहरु सँगसँगै हुनै पर्छ
सुखै सुख हुन्न जिबन दु:ख पर्दा रुनै पर्छ !
म पनि एक दिन मरेरै जाने हो
तिमी पनि एक दिन मरेरै जाने हो
सोँच त जाँदा केनै लाने हो ??
मात्र कुरा ढिलो र चाँडो हो
अजम्बरी कोही छैन यहाँ
जिबन शिशा झै फुट्ने भाँडो हो !
मर्दा पर्दा सँगै बसेर रुनै पर्छ
तिमी मेरो म तिम्रो हुनै पर्छ !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक