20150314

ए एन ए को मिटिङ अफ द माइन्डस भर्जिनियाको मनाससमा शुरु

ए एन ए को मिटिङ अफ द माइन्डस भर्जिनियाको मनाससमा शुरु भएको छ । चार बर्ष देखी ए एन ए को साधारण सदस्य समेत नरहेका ब्यक्ती छेवाङ शेर्पा लामाले संस्था गैर्ह कानुनी ढंगले हडपेको भन्दै अदालतले नै कानुनी प्रकृया अनुसार निर्बाचित घोषणा गरेको ए एन ए को कार्य समितिका अध्यक्ष रजर अधिकारी, उपाध्यक्ष डा शम्भु ढुंगाना, महा सचिब राधा बस्न्यात, कम्युनिकेशन डाइरेक्टर डा. तुल्सी जोशी सहित ए एन ए का संस्थापकहरु समेत उपस्थित, अशल नियतका साथ आयोजित यो कार्यक्रम अती सान्दर्भिक थियो तर यहाँको ब्यबस्थापनको जिम्मा लिएका, ए एन ए का इलेक्टेड अफिसर्सहरु सँग कम्तिमा पाँच सय मान्छे उपस्थित गराउँछु भन्दै  आठ वटा संस्थाको समेत सहभागीता गराउँछु भनेर ए एन ए लाई गुमराहमा राख्नुभएका मेदिनी अधिकारीले मात्र ५४ जना उपस्थित गराउन सक्नुभएकोले उपस्थित हुने ले नै यो के हो ?? यस्तो पनि हुन्छ र ?? भन्दै प्रश्न उठाएका भेटिए ।

उत्तर अमेरिकाका नेपालीहरुको यो संस्था पुरानो संस्था हो,  यसको आफ्नै गरिमा र महत्व छ,  यद्यपी ए एन ए बोस्टन सम्मेलनको ८४ हजार घोटाला प्रकरणबाट यो संस्था बिबादित बनेको थियो । स्मरण रहोस उक्त बेला
सिमोन ढुंगाना ए एन ए का अध्यक्ष हुनुहुन्थ्यो भने मेदिनी अधिकारी उपाध्यक्ष र सम्मेलनको चियर पर्शन । वहाँहरुले सम्मेलन ब्यबस्थापन गर्न नसक्दा ८४ हजार घाटा मात्र लागेको थिएन काटेका चेक बाउन्स पनि भएका थिए र अहिले सम्म त्यो भुक्तानी नपाएका सम्मेलनका खाना खुवाउने भेन्डरहरु, कलाकारहरु सम्म ए एन ए बाट रुस्ट छन । बोस्टन कन्भेन्सनका चियर पर्सन मेदिनी अधिकारी नै अहिले मनाससको मिटिङ अफ द माइन्ड्स नाम दिइएको तर बास्तबमा मिनी कन्भेन्सनका ब्यबस्थापन कर्ता हुनुहुन्थ्यो । वहाँलेनै यहाँ सबै ब्यबस्थापन गर्नुभएको थियो, दुर्भाग्यको कुरा ए एन ए को मिनी कन्भेन्शन भनिएको यो कार्यक्रममा मात्र ५४ जना उपस्थित हुनु, खाना पछीको शेशनमा ३० जना पनि हल मा नहुँदा आयोजक ए एन ए का पदाधिकारी देखी उपस्थित हरु सम्म सबैलाई साह्रै बोर लागेको मात्र थिएन, एकले अर्को को मुख हेर्दै के हो यस्तो ?? भनेर चिन्ता गर्नुपर्ने अवस्था देखियो ।





यसमा निर्दोस थिए ए एन ए टिम । उनिहरु मेदिनी अधिकारीको भर पर्दा यो हबिगत ब्यहोर्नुपर्‍यो । ए एन ए को कार्य समितिका अध्यक्ष रजर अधिकारी, उपाध्यक्ष डा शम्भु ढुंगाना, महा सचिब राधा बस्न्यात, कम्युनिकेशन डाइरेक्टर डा. तुल्सी जोशी सहित ए एन ए का संस्थापकहरु  कुन्जर शर्मा, प्रमोद शर्मा, कृष्ण निरौला, अनिल पाठक लगायत का ए एन ए का शुभचिन्तकहरुलाई मेदिनी अधिकारी जी ले नराम्रो सँग छल पनि गर्नुभयो । नसक्ने भए किन जिम्मा लिनु ? जिम्मा लिए पछी कमसेकम सह आयोजक भनिएका संस्थाहरुका एक जना त उपस्थित गराउन सक्नुपर्ने नि ! आठ वटा सह आयोजक संस्था मध्ये चार संस्थाका अध्यक्ष हरु त्यहाँ उपस्थित हुनुहुन्थ्यो तर चार संस्थाका एक जना पनि उपस्थित देखिनुभएन ।

कार्यक्रम मा ए एन ए का अध्यक्ष रजर अधिकारी, उपाध्यक्ष डा शम्भु ढुंगाना, नेपाली राजदुताबासका प्रतिनिधि नारायण मैनाली, संस्थापकहरु कुन्जर शर्मा, प्रमोद शर्मा, अनिल पाठकले ए एन ए का बिबिध बिषयमा प्रकाश पार्नुभएको थियो । मेदिनी अधिकारी, एच बि भण्डारी, लोक तिवारी, अरुण रुपाखेती, राम चन्द्र भट्टराई, चन्द्र लामाले पनि अाफ्ना मन्तब्य राख्नुभएको थियो ।

सोही कार्यक्रममा राम प्रसाद खनालले ए एन ए को नाममा छेवाङ शेर्पा लामाले दु:ख दिँदै मुध्दा मामिलामा सताइएका आफु, नेपाल मदर डट कम, बिनोद कुमार नेपाल, शिव बिष्ट, एच बि भण्डारी, मेदिनी अधिकारी सहित पीडित सबै नेपालीहरुको तर्फ बाट ए एन ए को नब निर्बाचित टिमलाई मुध्दा फिर्ता लिएको, न्याय दिएको कुरामा धन्यवाद दिँदै सम्मेलनको कमजोरी पक्षका बिषयमा बोल्नु भएको थियो ।

मेदिनी अधिकारीकी धर्म पत्नीले मेरो श्रीमान को बेइज्यत भयो भन्दै रुन्दै एक छिन अाफ्ना भनाइ राख्नुभएको थियो भने बोस्टन कन्भेन्सनका चियर पर्शन मेदिनी अधिकारीले पनि नानाथरी भन्दै चोखिने प्रयास गर्दै हुनुहुन्थ्यो तर मेदिनीजीलाई सम्मेलनको चियर पर्शनले सम्मेलन असफल हुँदा नैतिकताका आधारमा जिम्मेवारी लिनुपर्छ भन्ने कुरा आज सम्म थाहा नभएको देखियो ।

कार्यक्रममा अध्यक्ष रजर अधिकारी र उपाध्यक्ष शम्भु ढुंगानाले ए एन ए का भाबी कार्य दिशाका बारेमा प्रस्ताब हरु पेश गर्दै संस्थालाई सक्षम ढंगले अगाडि बढाउन बिधानमा सँसोधन लगायतका सान्दर्भिक र गर्नै पर्ने कुराहरु पेश गर्नुभएको छ । ए एन ए को नब निर्बाचित टिमलाइ साथ दिनुपर्ने लागेको छ नेपाल मदर डट कम लाई पनि । किनकी वहाँ हरुको रोडम्याप अशल नियतको र समय सान्दर्भिक छ । राम्रा कदम हरुमा हाम्रो सधैं साथ हुने छ ए एन ए लाई तर ए एन ए ले बिगतका त्रुटी कमी कमजोरीहरु बाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने, सबैलाई समेट्नुपर्ने, मिस म्यानेजमेन्टबाट सजक हुनुपर्ने देखिएको त्यहा उपस्थित जिम्मेवार ब्यक्तिहरुले बताउँदै थिए ।

मेदिनी अधिकारी जी, सह आयोजक संस्थाहरु एबम त्यसमा रहनुभएका कुनै पनि महानुभाबहरु प्रती हाम्रो कुनै पुर्बाग्रह नरहेको समेत नेपाल मदर डट कम स्पस्ट गर्दछ ।  मेदिनी अधिकारीजी मा पनि परिपक्वता आओस, स्वस्थ आलोचना, यथार्थ कुरा सुन्न सक्नुपर्छ, मनन गर्न सक्नुपर्छ त्यसो भए मात्र तपाईं अगाडि बढ्न सक्नुहुन्छ, त्यसले मात्र तपाईंलाई अगाडि बढाउँछ ।  त्यो कुरा तपाईंले पनि सिक्नुहोला र घरमा पनि सिकाउनुहोला । तपाईंले गरेको ५४ जनाको सम्मेलन लाई भब्य सफल, एतिहासिक भनेर तारिफ गरिदिन नसकेको मा क्षमा प्राथी छौं । जिम्मेवारी बोध होस, बोस्टन नदोहोरियोस, मनासस मिनी कन्भेन्शन जस्तो फितल्लो कन्भेन्शन गर्ने काम नहोस्, वहाँ को म्यानेजमेन्टको तारिफ गर्ने दिन छिट्टै देख्न पाइयोस नेपाल मदर डट कम कामना गर्दछ । यसका साथै अमेरिकामा छेवाङ शेर्पा लामाले जस्तै आफ्नै नेपाली दाजुभाइ मिडिया पत्रकार माथि जथाभाबी दु:ख दिने सताउने मुध्दा मामिला गर्ने काम पनि कही कतै बाट नहोस् नेपाल मदर डट कम को कामना ।

आगामी जुलाई ४ मा ए एन ए को सम्मेलन लस एन्जेलसमा हुने भएको छ जहाँ अभुतपुर्ब जमघट हुने आशा लिइएको छ । बरु बोस्टन र मनासस प्रकरणबाट ए एन ए ले शिक्षा लिन सकोस ।                                                                    



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक