20150312

नेपाली साहित्यकारहरुको अन्तराष्ट्रिय संगठन "अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी" मा नयाँ कार्य समिति !

रामप्रसाद खनालको अध्यक्षतामा पुराना, नयाँ सबैलाई समेटेर बन्यो नयाँ कार्य समिति !  
नेपाली साहित्यकारहरुको अन्तराष्ट्रिय संगठन "अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी " को अध्यक्षमा साहित्यकार, बरिस्ठ लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनाल निर्बाचित हुनुभएको कुरा अनेसास निर्वाचन आयोगले जनाएको समाजको उपाध्यक्षमा साहित्यकारहरु क्रमश:
अरुण रुपाखेती, बिमला निरौला भुप नारायण घर्ति मगर, महासचिबमा रामप्रसाद अधिकारी, सचिबमा परशु तिमील्सिना, कोसाध्यक्षमा पुस्कर पन्त, कम्युनिकेशन डाइरेक्टरमा पत्रकार विश्वराज थापा निर्बाचित हुनुभएको
यसै गरी कार्य समितिका सदस्यहरुमा साहित्यकारहरु क्रमश : रजनी श्रेष्ठ, शुभद्रा  पराजुली , अम्बिका गुरुङ, मोहन बस्ताकोटी, रबिन्द्र श्रेष्ठ, अनिल खनाल, पुस्पा घिमिरे निर्बाचित हुनुभएको अनेसास द्वारा गठित निर्वाचन आयोगले एक प्रेस बिज्ञप्ती जारी गर्दै पुस्टि गरेकोछ
निर्बाचित भए लगत्तै नब निर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अनेसासका जन्मदाता, बरिस्ठ साहित्यकार, लेखक श्री होमनाथ  सुबेदीलाई "अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो" को सँरक्षकमा ससम्मान मनोनयन गर्नुभएको यसै गरी "अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो" का पूर्व अध्यक्ष बरिस्ठ साहित्यकारहरु क्रमश : शरद निरौला, बाशु श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा, प्रकाश नेपाल, मोहन सिटौलालाई ससम्मान सल्लाहकारमा नियुक्त गर्नुभएकोछ यसै गरी लोकप्रिय छन्द कवी एबम साहित्यकारहरु सुदीप भद्र खनाल, हरि घिमिरे पनि सल्लहकारमा नियुक्त हुनुभएको साहित्यकारहरु  डा. गोपी उप्रेती, डा. गुण सुबेदी,  प्रेम सङ्रौला, मन्जु निरौला, भीम रेग्मी, खिमानन्द आचार्य, मन्जु कार्की सङ्रौला, बिजया शाह, रमा सिंह यसै गरी खेम भट्टचन, गोबिन्द मैनाली, राजीब मैनालीलाई पनि कार्य समितिको सल्लाहकारमा नियुक्त गरिएको
      नव निर्बाचित अध्यक्ष रामप्रसाद खनाल भन्नुहुन्छ " अन्तरराष्ट्रिय कलाकार मँचको अध्यक्ष छु, बस्दिन, एक जना मान्छेले धेरै तिर पद ओगट्नु राम्रो होइन भन्ने मान्यता राख्दा राख्दै पनि अनेसासका संस्थापकहरु, केन्द्रिय कार्य समिती बिभिन्न देशका साथीहरु, निबर्तमान कार्यसमितिका साथीहरुको अनुरोध, हदै सम्मको आग्रह पछी नेत्रित्व स्वीकार गर्नु पर्ने अवस्थामा आइ पुगेँ अब मेरो टिमले दुई बर्से कार्यकालमा केही नमुना कार्य गरेर देखाउनु पर्ने भएकोछ अनेसासको छबी लाई जोगाउँदै उदाहरण बनेर कार्य गर्नुपर्ने जिम्मेवारी र चुनौती मेरो टिमको काँधमा आएको मलाई आशा एबम विश्वाश हामी केही गरेर देखाउने छौं यो मेरो टिमको सामुहिक प्रतिबध्दता हो"    
       
कुनै अरु संघ संस्थामा नबस्ने भयता पनि गीत, संगीत, कला साहित्यको लागि भने जिबन भर कृयाशिल रहने छु भन्दै नब निर्बाचित अध्यक्ष श्री खनालले अहिले पनि आफु संस्थापक अध्यक्ष रहेको, संसार भर फैलिएको संस्था अन्तराष्ट्रिय कलाकार मँच अन्तराष्ट्रिय नेपाली साहित्य समाज बिच पटक पटक मिलेर सँगै कला, साहित्य, सँस्क्रिती, गीत, संगीतका लागि बिभिन्न कार्यहरु गरिरहेको बताउँदै आगामी दिनमा पनि दुबै कला, साहित्य, सँस्क्रिती, गीत, संगीतका क्षेत्रमा अझ बढी शशक्त रुपमा मिलेर काम गरिने बताउनुभयो

खनालले अगाडि भन्नुभयो "आफु नेत्रित्वमा रहँदा "अग्रजहरुको सम्मान नयाँ पिँढीलाई सहकार्यका लागि आह्वान" गरिने बताउँदै अध्यक्ष खनालले आफ्नो कार्यकालमा अनेसासले नयाँ जिबन उर्जा प्राप्त गर्न सक्ने आशा एबम पूर्ण विश्वाश पनि ब्यक्त गर्नुभयो अनेसास भित्र बिगतमा मैले केही तिक्तता पनि देखेको छु,  अब त्यो तिक्तता मेटाउने सबै कला, साहित्य, गीत, संगीत, सँस्क्रिती प्रेमीहरुको एउटै थलो अनेसास हुने बातावरण बनाउने छु तर अन्तराष्ट्रिय कलाकार मँच पनि कला संस्कृतिका लागि त्यत्तिकै सक्रिय रहने यि दुबै संस्था मिलेर काम गर्ने अगाडि बढ्ने परिस्थिती सिर्जना गर्ने छु
 श्री खनालले निर्वाचन समितिमा रहेका तिनै जना सदस्यलाई पनि बिशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।  
****************************************************

आदरणीय मित्रहरु

करिब करिब ४ बर्षसम्म लगातार अन्तररास्ट्रिय नेपाली साहित्य समाज (अनेसास)वाशिंटन डी.सी. मेट्रो-च्याप्टरलाई अगुवाई गरि  साहित्यको सेवाबाट अब यो बर्षदेखि औपचारिकताबाट बिदा लिदै छु हाम्रो टिमलाइ हर किसिमले सहयोग पुराउने मित्रहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु |

आगामी बर्ष अनेसास झन् राम्रो र सशक्त भएर जाने छ भन्ने कुरामा शंका रहेन |  अहिले हाम्रा मित्रहरु झन् बढी हाते मालो गरेर तात्तिनु भएको छ |  यो अत्यन्त राम्रो संकेत हो उहाहरुलाई सफलताको धेरै शुभकामना छ |

त्यसै गरि रात दिन खटेर काम गर्ने मित्रहरुनिर्बाचन गर्न गराउन खटिने टोलिअहोरात्र काम गरेर नथाक्ने हाम्रा नेपाली संचार माध्यमका साथी हरु सबैलाइ धेरै धेरै धन्यबाद |

पर्सि आइतबार (१५ गते) Arlington Library (1015 N. Quincy St, Arlington VA) मा १ बजे देखि साहित्यिक कार्यक्रम हुदै छ साथै पदभार हस्तान्तरण पनि हुदै छ अत:  यो कार्यक्रममा आएर साहित्य र समाजप्रतिको आफ्नो उत्तर दायित्व निर्बाह गरि दिनु हुनेछ भन्ने पूर्ण आशा लिई यसै सुचना मार्फत सम्पूर्ण मित्रहरुलाइ निम्ता गर्न चाहन्छु |

सधन्यबाद

प्रकाश नेपाल - अध्यक्ष
अनेसास 
वाशिंटन डी.सी. मेट्रो च्याप्टर


***************************************************************

Invitation:
Dear Community Members, 
You are cordially invited to join the "12th General Assembly" of the International Nepali Literary Society (INLS) DC Metro Chapter along with the "Sheet Kaleen Sahityakar Suseli Program" is going to be held on the following date and venue.
Nepal's acting ambassador to the United States of America Mr. Rishiram Ghimire will be the event's Chief Guest.
All of our respected Community Members are invited to join the historic "Installation Ceremony" of the newly elected Executive Board of the INLS DC Metro Chapter (2015-2017).
Please mark your Calendar.
Date: March 15, Sunday, 2015
Time: 2:00 PM - 5:00 PM
Venue:
Arlington Central Library's Auditorium HALL.
1015 N. Quincy St.
Arlington, VA 22201
अनेसास निर्वाचन आयोगले घोषणा गरेको निर्वाचन परिणाम् जस्ताको तस्तै !
INLS DC Metro
Election's Result-Out
for the term 2015-2017



The following people have been elected for the term of 2015-2017 to the executive board of the International Nepali Literary Society (INLS) DC Metro Chapter in Washington D.C. Congratulations toNepali Poet & legendary dohori artist of Nepal Mr. Ram Prasad Khanal  for being elected as the President of the International Nepali Society's DC Metro,as well as the following distinguish people who are elected to the new executive boardof the INLS DC Metro Chapter in Washington D.C.

President :Mr Ram Prasad Khanal
Vice-President :Arun Rupakheti
Vice President :Bimala Niraula
Vice President :Bhupanarayan Ghartimagar
General-Secretary :Ram Prasad Adhikari
Secretary :Parashu Ram Timilshina
Treasurer :Pushkar Pant
Media Director :Bishwa Raj Thapa

Member's-At-Large:

Rajani Shrestha,
Ambika Gurung,
Subhadra Parajuli,
Pushpa Ghimire,
Anil Khanal,
Rabindra Shrestha.
Mohan Bastakoti.

The Election Committee invites all the newly elected Officers as well as the board members to participate on the "Oath-Ceremony” in-the-presence of Nepal's acting AMBASSADOR to the United States of America Mr. Rishiram Ghimire,aswell as the Founding President of the INLS Homnath Subediat the Arlington Central Library's Auditorium Hall on March 15, Sunday in-between 2.00 - 5.00 pm

This is the annual general-meeting of the INLS DC Metro. Thousands Nepalese from around the world will be watching the Oath-Ceremony's LIVE broadcast over the www.enepalese.com During the meeting Metro Chapter's By-Laws will be also amend at 1st, for the necessary adjustments.

The Election Committee takes this opportunity to thank the outgoing President Mr Prakash Nepal and his outgoing executive board for their tireless effort to preserve the "Nepali language & literature “in the United States and throughout the Nepali Diaspora.

Election Committee:
Election Chair, Khem Bhattachan
Past President,
America-Nepal Society, Washington D.C.

Dr. Yogendra Paneru
Ph.D., Conflict Analysis & Resolution (Florida)
Faculty, Strayer University, Virginia

Bibek Pandey
Harvard University
 (यूनिकोडमा ताइप गर्दा भएका असुध्द्दी का लागि क्षमा प्रार्थी छौं ।)   
 




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक