20150307

“रवीन्द्र मिश्रका कविता” सार्वजनिक, “कविता पढिन्न र बुझिन्न” भन्ने दुई महिलाहरुको हातबाट पुस्तक विमोचन !


“रवीन्द्र मिश्रका कविता” नेपाल प्रज्ञा भवनको डबलीमा फागुन २३ गते शनिबार सर्वाजनिकरण गरियो. यो पुस्तक फाइन प्रिन्टले बजारमा लेराएको हो. फाइन प्रिन्टका अजित बरालले मिश्रका कविता किन प्रकाशन गरियो भन्ने बारेमा बोलेका थिए. डबलीमा थुप्रै प्रशंसक र कविता प्रेमीहरु थिए. महिला दिवसको सेरोफेरोमा यो पुस्तक बाहिर आएको छ. “कविता पढिन्न र बुझिन्न” भन्ने दुई महिलाहरुको हातबाट पुस्तक विमोचन गरिएको थियो. ती भाग्यमानी महिलाहरु थिए जीवन र नविना. मिश्रले पुस्तकमा नछापिएको “आमा” शिर्षकको कविता सुनाएका थिए. समारोहमा उपस्थित आमालाईनै समर्पण गरिएको कविताले धेरै ताली पायो. यसैगरी जीवन संगिनी लाई समर्पण गरिएको कविता “तिमी भएनौ भने” सङ्ग्रहबाट सुनाएका थिए. करिब एक दर्जन कविता उनले सुनाएका थिए. डा सनत कुमार वस्तीले “मिश्रका कविता – हृदयको उज्यालो आनुहार भरि छरेर/ सोजो भाकामा सरल कुरा गरेर / पद-पदमा गहिरो भाव भरेर केहि कुरा आफै भन्न आघि सरेर ख्याल ख्यालैमा भावकको मन हरेर दिलमा छाइरहन्छन्” भने. अर्का कवि बुद्धि सागरले मिश्रका लेखन बारे चर्चा गरेका थिए. कार्यक्रममा वरिस्ठ कवि, गीतकार, मंजुल , अभि सुबेदी , भाषाशास्त्री शरच्चन्द्र वस्ती , कवि दिनेश अधिकारी, गीतकार रमण घिमीरे, कवि गीता त्रिपाठी लगायत थुप्रै साहित्यकारहरुको जमघट रहेको थियो. कार्यक्रम संचालन कवि तथा पत्रकार नवराज लम्सालले गरेका थिए
कार्यक्रम छन्द अलङ्कारको तेस्रो श्रृंखला !

*****************************************************************
एउटा नौलो परिक्षण :

 अमेरिकाबाट पत्रकारितामा राम्रो पहुँच राख्ने युबा पत्रकार ज्योति देबकोटा, भोला आचार्य लगायतको एउटा टिमले आज देखी सेतीपाटी डट कम को ग्लोबल भर्सन प्रकाशन शुरु गरेकोमा हामी अत्यन्त हर्सित छौं । यो नेपाल बाहिर एउटा नौलो परिक्षण पनि हो । यदी यो टिमले सफलता हाशिल गरेन भने फेरी कुनै अर्को पेशागत पत्रकार टिम यस तर्फ अग्रसर हुने छैनन भबिस्यमा त्यसर्थ पनि यो टिमलाई हाम्रो साथ र सहयोग को जरुरी छ । टिमलाई हाम्रो तर्फ बाट हार्दिक बधाई र यो टिमलाई साथ र सहयोग हुने बाचा गर्दछौँ ।
                                - रामप्रसाद खनाल - अध्यक्ष, अन्तरराष्ट्रिय कलाकार मँच 
- प्रधान सम्पादक - नेपाल मदर डट कम एबम समस्त परिवार
सेतोपाटीको ग्लोवल संस्करण आजबाट click 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक