20150315

फुटाउने, जुटाउने, भड्काउने, सड्काउने काममा कसले सकोस छबिलाललाई !!!

प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी र वैद्य नेतृत्वको नेकपा–माओवादीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुबीच आज भएको वार्तामा वार्ता समितिसमेत बनाइएको छ । प्रचण्ड निवास
लाजिम्पाटमा भएको वार्तामा वैचारिक—राजनीतिक प्रश्नहरुमा साझा निष्कर्ष कायम गर्न वार्ता समिति गठन गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । वार्ता समितिमा एमाओवादीका तर्फबाट पार्टी अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी रहेका छन् । नेकपा–माओवादीबाट अध्यक्ष मोहन वैद्य, नेताहरु सीपी गजुरेल, रामबहादुर थापा र देव गुरुङ रहेका छन् । बैठकपछि नेताहरुले आगामी दिनमा अरु कम्युनिष्ट पक्षहरुसँग पनि एकताका लागि पहल गरिने जानकारी दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक