20150316

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसीको १२ औँ अधिबेशन हिजी वाशिङटन डिसीमा सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसीको १२ औँ अधिबेशन हिजी वाशिङटन डिसीमा सम्पन्न भएको छ । निबर्तमान अध्यक्ष प्रकाश नेपालको अध्यक्षता, का.बा नेपाली राजदुत ॠषिराम घिमिरेको प्रमुख आतिथ्य, संस्थापक अध्यक्ष होमनाथ सुबेदीको आतिथ्यमा सम्पन्न उक्त अधिबेशनले नब निर्बाचित अध्यक्ष रामप्रसाद खनालले कार्य समितिका तर्फबाट गर्नुभएका सल्लहकार मनोनयन , थप पद हरुको ब्यबस्था लाई अनुमोदन गर्दै बिधान का सम्बन्धित धाराहरु मा पनि परिवर्तन गरेको छ । कार्यक्रममा प्रमुख अतिथी काबा राजदुत घिमिरेले राजादुताबास अनेसास को नयाँ कार्य समिती सँग मिलेर काम गर्न इच्छुक रहेको र आफु र राजादुताबास बाट हुन सक्ने सहयोग उपलब्ध हुने बताउनुभयो । संस्थाका जन्मदाता बरिस्ठ साहित्यकार  होमनाथ सुबेदीले सस्था २४ बर्ष अगाडि स्थापना भए देखी हाल सम्मका उतार चढाब बारे बोल्दै राम प्रसाद खनालको नेत्रित्वले वाशिङटन डिसीले नयाँ उर्जा प्राप्त गरेको बताउँदै निर्बाचित सबैलाई शुभकामना दिनुभयो । निबर्तमान अध्यक्ष कवी प्रकाश नेपालले आफ्नो कार्यकालका अनुभब शेयर गर्दै अब खनालको नेत्रित्वले झन बढी प्रभाबकारीता ल्याउने बताउनु भयो । कार्यक्रममा कबिता बाचन पनि गरिएको थियो भने नब निर्वाचित अध्यक्ष रामप्रसाद खनालले आफ्ना एजेन्डाहरु राख्दै नयाँ सल्लाहकार बोर्डको पनि घोषणा गर्नुभएको थियो । कार्यक्रमका भिडियो फोटोहरु तल प्रस्तुत छन :                  





















 

अनेसास डी सी को बाह्रौ साधारण सभा र शीतकालीन साहित्यकार सुसेली कार्यक्रलाई अनेसास संस्थापक अध्यक्ष होमनाथ सुबेदीको सम्बोधन

 
सभाका सभापति महोदय, मुख्य अतिथि महामहिम राजदूतज्यू र साहित्य प्रेमी विद्वानहरू
१. सर्व प्रथम म हाम्रा शीतकालीन साहित्यकार सुसेली कार्यक्रमका नायक कविहरूप्रति श्रद्दान्जली अर्पण गर्दछु।
२. यो अनेसास डी सी मेट्रोको १२ औं वार्षिकोत्सव पनि यस अवसरमा भैरहेको यो साधारण सभामा नया पदहरु सहित निर्वाचन गरिएका नव निर्वाचित पदाधिकारीलाई थप पदको साथ नया कार्यकारिणी समितिको अनुमोदन गर्दै शपथ ग्रहण, र आउने बार्षिक कार्य योजना अनुमोदन गर्न यो सभालाई सफलता मिलोस भन्ने चाहन्छु र निर्वाचित र मनोनित भएर आज उल्लेख हुने सबै पदाधिकारीहरूलाई अग्रीम बधाई दिन चाहन्छु।
निर्वाचन कमिटीमा रहेर काम गर्ने पहिलेका वसन्त श्रेष्ठ र ऐले २, ४ वर्षदेखि मेहनत साथ् काम गर्ने खेम भट्टचन र उहाको टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
३. यो कार्य समितिले बिगत २ वर्षमा गरेको कठोर कामको म भूरि भूरि प्रशंसा गर्दछु। यो टीमले नै भानुको सालिक पहिलो पटक अमेरिकामा ल्याण्ड गराएको हो, उतारेको छ र अनावरण गराएको छ। यसको लागि प्रकाश नेपाल र उहाको टीमलाई धन्यवाद दिन चाहन्छु।
४. यसै टीमले अनेसासको तेस्रो अनेसास सम्मेलन यही भर्जियामा गर्यो। त्यसकी मुख्य संयोजक सीता पाण्डे हुनहुन्थ्यो उहा यो च्याप्टरको महा सचिव भएर त्यो काम गर्नु भएको हो। उहा र उहाको टीमलाई धन्यवाद । त्यसैले त ऐले उहाको प्रमोसन पनि भएको छ। ऐले एवार्ड कमिटिको पनि अध्यक्ष हुनुहुन्छ। तपाइलाई बधाई छ।
५. जानेहरू अझ माथि जानुहुन्छ। तर आएकाहरूले गर्नु पर्ने धेरै कामहरू छन्। पक्कै पनि आफ्नो पालोमा नव निर्वाचित अध्यक्ष र उहाको टीमले वार्षिक कार्य योजना पेश गर्नुहुनेछ।
6. यस पटक अनेसासको रजत जयन्ती पर्छ त्यो मनाउनुपर्छ। त्यसमा अन्तरराष्ट्रिय स्तरको सम्मेलन गर्न सकिन्छ। त्यो तपाइहरुको बोर्डको बैठकले गर्ने निर्णय हो।
7. केन्द्रको चौथो सम्मेलन जापानमा हुन्छ त्यहा पुगेर पनि सहयोग गर्नुपर्छ। यस्ता काम हरु पुराना र नया योजनालाई समेटेर यो नया कार्य समिति काम गर्न सफल हुनेछ भन्ने बिश्वास व्यक्त गर्दछु।
8. आजका साहित्यकारको परिचयको सन्दर्भमा यस पटक धेरै लामो कुरा गर्ने हैन संक्षिप्तमा भन्ने नै आज्ञा छ।
सबभन्दा जेठा कविशिरोमणी लेखनाथ पौडेल हुन्। उनी परिष्कारवादी थिए। उनी आधुनिक कालका नव्य कवि हुन्। उनका प्रशिद्ध पुस्तक हुन् : तरूण तपसी र ऋतु विचार।
लेखनाथ पौडेल- कविशिरोमणी हुन् . उनी परिष्कारवादी थिए।
वालकृष्ण सम - नाट्य सम्राट हुन्
पारसमणि प्रधान - कालिङ्गपुङ्गका मुर्धन्य नेपाली भाषासेवक हुन्
हृदयचन्द्र सिंह प्रधान - प्रगतिशील साहित्यको शीलान्यास गर्ने साहित्यकार हुन्
भूपि शेरचन - प्रतिशील साहित्यका व्यंग्यकार हुन्
केशवराज पिंडाली - हास्य व्यंग्यकार हुन्
यी कविहरू हामी आप्रवासमा बस्ने हरुको आफ्नो मूल थलाका चिह्न हुन्। देवीदेवता हुन्। हाम्रो पहिचानका प्रतीक हुन्।
9. आफ्नो जन्म भूमिको प्रेम र जातीय प्रेम पनि हो। आफ्नो मात्रिभूमिको प्रेम हामीमा अगाध छ। त्यसैले त् भनिन्छ
"अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी॥"
रामले सुन नै सुनको श्रीलंका विजय गरे पछि पनि उनको मन त्यहाँ रमाएन र लक्ष्मणसित लोकलाई पनि हुने गरी भने:
आमा र आफ्नो मातृभूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ, महान हुन्छ, महिमामयी हुन्छ।
हो, त्यो उक्ति कति सही छ त्यसका प्रमाण स्वयम् तपाईहरू नै हुनुहुन्छ। अमेरिका जस्तो वैभवशाली देशमा बसेर पनि नेपाल आमाको सेवा सम्झना र दर्शन न गरी कहिल्यै पेट भरिदैन।
हामी अरु कुरामा मत भेद राख्न सक्छौँ तर मातृभूमिको सेवाको लागि हामी सदा एक हुन्छौं। त्यही एकताको प्रमाण हो यो -
देशभक्त, साहित्य प्रेमी, प्रबासी नेपाली, दाजुभाइ दिदी बहिनीहरूको साँझ र बिहान। आजै कति धेरै, धरै ठाउमा कार्यक्रम भै रहेका छन्। यो प्रेमको परिणाम हो। आजै न्युयोर्कमा भव्य साहित्यिक कार्यक्रम भैरहेको छ। त्यहा पनि देशभक्त, साहित्य प्रेमी, प्रबासी नेपाली, दाजुभाइ दिदी बहिनीहरू यो कार्यक्रममा उपस्थित हुनुभएको छ । तपाईहरूप्रति म नतमस्तक छु। यो निवेदन पनि गर्छु -
मेरो ब्याक्पेनको बिमारीले गर्दा ऐले ड्राइभ गर्न न सक्ने अवस्थामा थिएँ। उपस्थित हुन सकिन भने पनि मैले तपाईहरूलाई धेरै धेरै मिस् गर्नेछु भन्ने भावनाले यहा उपस्थित भएको छु।
म न्युयोर्क जानुपर्थ्यो जान
सकिन र सेवाको आनन्दबाट वन्चित भएको छु। क्षमाप्रार्थी छु। आउन सकिन। म यहीबाट भए पनि कार्यक्रमको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
10. राम प्रसाद खनालको नेतृत्वमा यो सस्था आउनु भनेको साहित्य, संगीत र कला त्रिवेणीको संगम हुनु हो। यो कला र संगठनहरूमा पनि सहकार्य हुदै अगाडी बढ्न सफल होओस भन्ने कामना व्यक्त गर्दछु।
11. अनेसासका आयोजकहरुलाई आजको यो कार्यक्रमको निमिंत धन्यवाद दिन चाहन्छु। खास गरी प्रकाश नेपालजी, सीता पाण्डे र खेम भट्टचनको जति प्रशंशा गरे पनि कम हुन्छ।
12. पत्रकारहरुलाई पनि धन्यवाद दिदै मेरा दुई शब्द
अन्तमा फेरि यति भनेर विदा हुन्छु ;
"अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी॥"
होमनाथ सुबेदी
संस्थापक अध्यक्ष, अनेसास
March 15, 2015

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक