20150316

जुम्ला जिल्लाको रारालीमा बस दुर्घटना हुँदा हालसम्म १८ जनाको मृत्यु, दुर्घटनामा १५ जना घाईते, एक जनालाई सकुशल उद्धार

कर्णाली राजमार्ग अन्तरगतको जुम्ला–सुर्खेत सडक खण्डमा पर्ने जुुम्लाको रारालीमा बस दुर्घटना हुदा  १८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जुम्लाबाट कालिकोट नाग्मा बजारका लागि छुटेको कर्णाली यातायात समितिको ना ४ ख ४९७० नम्बरको  बस जुम्ला जिल्लाको रारालीमा दुर्घटना हुँदा हालसम्म  १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लालाई उद्रित गर्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको हो । प्रहरीका अनुसार दुर्घटनामा १५ जना घाईते भएका छन् भने एक जनालाई सकुशल उद्धार गरिएको छ । घाईतेहरुको उपचारका लागि जिल्ला अस्पताल जुम्लामा लगिएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक