20150414

अमेरिकामा २८ बर्सिय गुरु धिमाल र ६७ बर्सिय भागीरथ कोइराला माथि व्हाइट हाउस हान्ने अलकायदा धम्की प्रकरणमा कारवाही हुँदै !

New Update ......आफूलाई अलकायदा बताउदै ह्वाइट हाउस उडाइदिने धम्की दिने न्युयोर्क निवासी भुटानी शरणार्थी २८ वर्षीय गुरु धिमाललाई अदालतले २० हजार अमेरिकी डलर धरौटी तोकेको छ । उनीसँगै पक्राउ परेका भागिरथ कोइरालालाई भने व्यक्तिगत जमानतमा रिहा गरिएको छ । न्युयोर्कको सिराक्युसमा बस्दै आएका धिमालले इमर्जेन्सी नम्बर ९११ मा फोन गरेर आफूहरु अल कायदासँग सम्बद्ध रहेको र ह्वाइटहाउस उडाइदिने धम्की दिएका थिए । उनले आफूहरु बिष्फोटक पदार्थ सहित ह्वाइटहाउसतिर जाादै गरेको र अरु आतंकवादीहरु प्नि पछाडिका बसमा रहेको भन्दै धम्की दिएका थिए । न्युयोर्कबाट ओहायो जाँदै गरेको ग्रेहाउण्ड बसमा यात्रा गरिरहेका धिमालले धम्की दिए लगत्तै प्रहरीले धिमालसँगै ६७ वर्षीय भागिरथ कोइरालालाई पनि पक्राउ गरेको थियो । राजमार्गमा आवतजावत बन्द गरेर सबै यात्रुहरुलाई बसबाट बाहिर निकालेर उनीहरुलाई पक्राउ गरिएको थियो । शुक्रबार उनीहरुलाई पक्राउ गरेपछि सोमबार ओहायोको पेन्सभिल महानगरीय अदालतमा पेश गरिएको थियो । त्यसपछि अदालतले भागिरथ कोइरालालाई जमानतमा रिहा गरेको छ भने धिमाललाई २० हजार डलर धरौटी तोक्दै मानसिक अवस्था परिक्षणका लागि पठाएको छ । धिमाल र कोइरालालाई आगामी अप्रिल २१ तारिख मंगलबार विहान १० बजे अदालतमा पुन उपस्थीत गराइने भएको छ । धिमाल नेपालको झापा गोलधापमा रहेको भुटानी शरणार्थी क्याम्पबाट पुनर्वासको शिलशिलामा ७ वर्ष अगाडि अमेरिकामा आएका न्युयोर्कको सेराक्युस निवासी उनका एक छिमेकीले जानकारी दिएका छन् । खसोखासका अनुसार  धिमाल लागु पदार्थका दुव्र्यसनी समेत रहेको र उनको मानसिक स्थीति पनि ठीक नभएको ति छिमेकीले जानकारी दिए ।  
>>>>>>> 911 call: Bomb threat suspect claimed to be Al-Qaeda, that explosive was being sent to White House !
New Update ........भर्खरै प्राप्त जानकारी अनुसार निज दुबै जना नेपाली मुलका भुटानी नागरिक भएको । धिमाल मानसिक सन्तुलनको औषधी लिइरहेका ब्यक्ती भएको । कोइराला अङ्रेजी नबुझ्ने, असाध्यै इमान्दार अशल ब्यक्ती भएको, पेशाले पुरोहित भएको, धिमाल का नातेदार समेत भएको कुरा देबिचरण अधिकारी र मनोज थापाले फोन मा पुस्टि गर्नुभएको छ । मानसिक सन्तुलन ठीक नभएका धिमाल का कारण कोइराला लाई पनि अप्ठ्यारो परेको बुझिन्छ ।


LAKE COUNTY, Ohio — Two men face charges after a bus threat that closed Interstate 90 both ways in Lake County Friday. Guru A. Dhimal, 28, of Syracuse, New York; and Bhagirath Koirala, 67, of Columbus, face charges including inducing panic in the case. I-90 was closed in both directions between state Route 528 and Vrooman Road Friday after a threat was called in to 911 from the
Greyhound bus, which was carrying about 30 passengers. The bus was heading from Buffalo to Cleveland. According to a 911 call, Dhimal told dispatchers that he was a member of Al-Qaeda and that a bomb was being taken to Washington, D.C., to destroy the White House. Dhimal told the dispatcher he was on a bus in the Cleveland area. He also told the dispatcher that other terrorists were following the bus.
After the 911 call was made, one of the suspects approached the bus driver about it, authorities previously said. The driver pulled over.  When police arrived, the bus was swept by the bomb squad and canines but no explosives were found.
The two suspects were arraigned Monday afternoon.
Koirala was issued personal bond and was to be released later in the day. Dhimal was issued $25,000 bond and must undergo a psych evaluation. - ( News By fox8)
Read more here. http://fox8.com/tag/i-90-bus-bomb-threat/
  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक