20150415

कहिलै नऊठ्नेगरी ढल्यो एउटा बुढो बाघ : ५ पटक नेपालको प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन !



५ पटक ५ पटक नेपालको प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन  भएको छ ।  भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति थापाको निधन भएको हो । स्वास प्रस्वासमा समस्या भएपछि
थापालाई भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारकै क्रममा निधन भएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए । थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थिए । उनी चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । थापाले शुक्रबार मात्र आन्द्राको सफल सल्यक्रिया भएको थियो । डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तर, बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि भेन्टिलेटरमा राखिएको थियो । धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए । थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन् । उनी बाबुलार्इ लिएर उपचारका लागि दिल्ली गएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक