20150418

फेरि अज्ञात व्यक्तिले ५ वर्षीय एक बालकको हत्या गरे !

बाराको करैया गाविसमा फेरि अज्ञात व्यक्तिले एक बालकको हत्या गरेको छ । जिल्लाको करैया गाविस–७ बजनी टोल निवासी पाचु प्रसाद यादवको ५ वर्षीय छोरा नितेश यादव हिजा साँझ पानी परीरहेको अवस्थामा घरबाट हराएकोमा खोजतलास गर्दा राति ९ बजे आफ्नै घर पछाडी रहेको मकै बारीमा मृत अवस्थामा फेला परेको प्रहरी चौकी गञ्जभवानीपुरका प्रहरी सहायक निरिक्षक राजकिशोर यादवले बताउनुभयो । बालकको शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालक हराएको अवस्थामा गाँउमा देखिएका एक अपरिचित व्यक्तिलाई गाँउलेहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्नेमा भारत विहारको बेतिया जिल्ला इनरर्वा गाँउ बस्ने ४५ वर्षीय टुनटुन महतो कहार रहेको प्रहरीले जनाएको  छ । घटनाको प्रकृति हेर्दा बालको मुखमा माटो कोच्चीएर हत्या गरेको हुन सक्ने स्थानिय बासिन्दाले बताएका छन् । बारामा बालबालिकाहरुको श्रृंखलाबद्ध रुपमा बलत्कार र हत्याका घटनाहरु नरोकिएको भन्दै स्थानिय बासिन्दाहरुले प्रहरी प्रशासन बिरुद्ध आक्रोश व्यक्त गरेका कलैया निवासी असर्फीलाल साहले बताउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक