20150407

वाह छबिलाल, बाबुराम र हिसिलाज्यू हरू ! यहाँहरूका यस्ता महान कार्यक्रमका लागि बधाई छ !!!




३० दलीय मोर्चाको बैठकले भोली र पर्सीको बन्द फिर्ता लिने निर्णय गरेको छ। बैठकमा मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आमहड्ताल फिर्ता लिने प्रस्ताव गरेका थिए। लामो छलफल पछि
मोर्चाले बन्द फिर्ता लिने निर्णय गरेको हो। 'बन्द फिर्ता लिने नलिनेबारेमा मोर्चाको बैठक केन्द्रित थियो', सद्भावना महासचिव मनिष सुमनले भने 'अन्तत मोर्चाले भोली र पर्सीको आमहडताल फिर्ता लिने निर्णय गर्यो।' उनका अनुसार विपक्षी मोर्चाले आमहडताल स्थगित गरेर नयाँ स्वरुपको संघर्षको कार्यक्रम तय गर्ने छ। बैठक करिव तीन घण्टा बढी चलेको थियो।


विजुलीबजारमै अर्को मोटरसाइकल जलाइयो

bike fire bijulibajar-1२४ चैत, काठमाडौ । तीस दलीय मोर्चाले गरेको बन्दको पहिलो दिन मंगलवार विहानैदेखि बन्दकर्ताहरुले सवारी साधनमाथि तोडफोड र आगजनी जारी राखेका छन् ।
मध्यान्ह प्रहरी र प्रदर्शनकारीबीच झडप भई अस्तब्यस्त बनेको काठमाडौको विजुली बजार क्षेत्रमा बन्द उलंघन गरेको भन्दै अर्को मोटरसाइकल जलाएका छन् ।
नाराबाजी गर्दै विहानैदेखि विजुली बजारमा बसेका बन्दकर्ताले बा ३२ प ६६५५ नम्बरको सीबीजेड मोटरसाइकल आगो लगाई ध्वस्त पारिदिएका छन् ।
उनीहरुले मोटरसाइकल चालकलाईसमेत कुटपीट गरेका छन् । मोटरसाइकल चालकलाई प्रहरीले सुरक्षा दिँदै आगजनी गर्ने बन्दकर्ताहरुलाई लखेटेको छ । सोही ठाउँमा विहान पनि एउटा मोटरसाइकल जलाएका थिए ।
bike fire bijulibajar-2 bike fire bijulibajar-3
bike fire bijulibajar-4
याे पनि पढ्नुस्
आन्दोलनकारीले यसरी जलाए नयाँ मोटरसाइकल (भिडियोसहित) 
बन्दकर्ताको ज्यादती : चालकलार्इ भित्र राखेर ट्याक्सीमा अागजनी (भिडियोसहित)

पीडित भन्छन्- गरीबलाई मार्न खोजियो


Taxi todfod (5)
श्रीधर पाैडेल
२४ चैत, काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताले बिहान पाँच नबज्दै बालकुमारीमा एउटा ट्याक्सी खरानी बनाए ।अस्पताल जानुछ भन्दै ट्याक्सी रोकेका बन्दकर्ताले चालकलार्इ भित्रै राखेर अागजनी गरेका हुन् । सीट बेल्ट नबाँधेका कारण ट्याक्सी चालक थप जल्नबाट बचेका छन् ।
बिहानै अनलाइनखबरको टोली घटनास्थलमा पुग्दा प्रहरीले जलेको ट्याक्सी सडकबाट हटाउन खोजिरहेको थियो । तर, ट्याक्सी चालक निरज बानियाँकी पत्नीले प्रहरीले बाँधेको फलामे साङ्लो कुल्चिँदै भनिन्, ‘पहिले हामीलाई क्षतिपूर्ति देऊ, त्यसपछि मात्रै ट्याक्सी उठाऊ ।’
 Banda victim
पीडितले भनिन्-‘ढोका बन्द गरेर अागो लगाइदिने हो ? अरू गाडीहरू चलिरहेका छन्, हामीमाथि किन अन्याय ?’
माओवादी नेताहरुचाँहि गार्ड लिएर सुरक्षित हिँड्ने तर गरीबको गाडी ४ बजे नै जलाएर गरीखान नदिएको भन्दै पीडितले भनिन्- ‘बरु हामी परिवारका चारैजनालाई  मार ।
आफ्ना पतिको जलेको कपाल देखाउँदै उनले भनिन्- ‘ट्याक्सीभित्रै थुनेर आगो लगाएर मार्नै खोजेका त हुन् नि ।’
घटनास्थलमा भेला भएका स्थानीय भनिरहेका थिए, ‘यो त शोषक पारा भयो, गरीबमाथि अन्याय भयो ।’
Taxi todfod (3)
एयरपोर्टमा आफन्तलाई छाडेर फर्किएको बा १ ज १८७७ नम्बरको ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेका हुन् । भाटभटेनी अगाडि आइपुग्दा दुई युवकले विरामीलाई पाटन अस्पताल लैजानु पर्‍यो भन्दै ट्याक्सी रोकेका थिए ।
चालक निरज बानियााले भने-ल बस दाई भने । एउटा ढोकाबाट निस्कियो । अर्कोले के पो ल्याएको रहेछ गाडीमा राख्यो । अर्कोले सलाई कोरेर लगायो । गाडि गुडिरहेका बेला बल्यो । म धन्न बाहिर निस्किएँ ।’
आफूलाई भित्रै राखेर आगो लगाएको बानियाँले अनलाइनखबरलाई बताए । सीट बेल्ट नबाँधेका कारण ट्याक्सी चालक थप जल्नबाट बचेका छन् ।
Taxi todfod (4)
बिहान सडकमा फाट्टफुट्ट गाडीहरु चलिरहेका थिए, पाँच नबज्दै जलाइएको ट्याक्सी अगाडि ट्याक्सी चालक बानियाँ रोइरहेका थिए ।
हेटौडा स्थायी घर भएका बानियाँले राजधानीमा ट्याक्सी चलाएर दुई छोराछोरीको पालनपोषण गर्दै आएका थिए । उनले बा १ ज १८७७ नम्बरको यो ट्याक्सी ऋण गरेर किनेका हुन् । उनी अहिले पनि किस्ता तिरिरहेका छन् ।
भिडियो हेर्नुहोस्
बिजुलीबजारमा बाइक जलाइयो 
bike fire
यसैबीच अान्दाेलनकारीले हनुमानथानस्थित भाटभटेनी नजिकै एउटा मोटरसाइकलमाथि अागजनी गरेका छन् । बा ६६ प ७२०६ नम्बरको मोटरसाइकलमा अागजनी गरेका हुन् । - source: onlinekhabar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक