20150409

कामना न्युज पब्लिकेसन्स् प्रालि, प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, डा. सुन्दरमणि दीक्षित, रेखा दीक्षित, एभरेस्ट डि कार्गो, र लेजर इन्फोटेक नेपाल (टचकन) जसले जिउँदै जलाउन खोजेका ट्याक्सी चालकलाई २ लाख सहयोग गरेर नयाँ रेखा कोरे मानवताको, धर्मको, कर्मको, समाजसेवाको !


कामना न्युज पब्लिकेसन्स् प्रालिको पहलमा मंगलबार आन्दोलनकारीबाट जलाइएका ट्याक्सी चालक निरज बानियाँलाई २ लाख रुपियाँ प्रदान गरिएको छ। मिडियाले बोलेर र लेखेर मात्रभन्दा पनि विपत्मा परेकाहरूलाई सहयोग गर्नु सबैको दायित्व
हो भन्ने उद्देश्यका साथै पब्लिकेसन्स्ले २ लाख रुपियाँ सहयोग गरेको जनाइएको छ।
बानियाँलाई वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षित र रेखा दीक्षितले १ लाख रुपियाँ, कामना न्युज पब्लिकेसन्स् प्रालिले ५० हजार रुपियाँ, एभरेस्ट डि कार्गोले २५ हजार रुपियाँ र लेजर इन्फोटेक नेपाल (टचकन) ले २५ हजार रुपियाँ बानियाँलाई प्रदान गरेका छन्।
बधुवार कामना न्युज पब्लिकेसन्स् प्रालिका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले पीडित चालक निरज बानियाँलाई २ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो। पब्लिकेसन्स प्रालिले ‘कामना फाउन्डेसन’ को नाममा प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा खाता खोलेर सहयोगका लागि सबैलाई आग्रह गरेको छ। सहयोगका लागि खाता नम्बर ००१००१००६५९९८४०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने प्रालिले जनाएको छ।
सो अवसरमा पब्लिकेसन्स्का तर्फबाट ‘बन्द सधैंका लागि बन्द गरौं’ अभियानसमेत घोषणा गरिएको थियो। राजनीतिक दलहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सर्वसाधारण नागरिकलाई दुःख दिने काम गलत भएको बताउँदै प्रधानसम्पादक श्रेष्ठले भन्नुभयो– ‘बन्द अब सधैंका लागि बन्द गरौं, बन्दले कसैलाई पनि फाइदा पुग्दैन।’
मिडियाले बोलेर र लेखेर मात्र नपुग्ने उल्लेख गर्दै उहांले जनताको नाममा राजनीति गरेको दावी गर्नेहरूले जनतालाई सास्ती दिन छोडन आग्रह गर्नुभयो।
त्यसैगरी प्रबन्ध निर्देशक एवं प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले कुनै पनि घटनाबाट पीडित भएका व्यक्तिहरूलाई मिडियाले नै सहयोग गर्नुपर्ने बताउनुभयो। ‘पीडामा सानै सहयोग पनि ठूलो हुन्छ, सबैले सकारात्मक सोच राख्नै पर्छ’,उहाँले भन्नुभयो,‘बन्दको संस्कृति सधैलाई रोक्नु पर्छ
।’ सहयोग रकम लिएपछि भावविव्हल भएका ट्याक्सी चालक बानियाले आफूलाई सहयोग प्राप्त भएकोमा आभार व्यक्त गर्नुभयो। सो अवसरमा चालककी पत्निले राजनीतिक पार्टीबाट नै जीउँदै जलाउन प्रयास गर्ने सम्मको पाप होला जस्तो आफूलाई नलागे पनि आफूहरूले नै त्यो भोग्नु परेको बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक