20150512

१२:५० मा ७.३ रेक्टरको भुकम्प, केन्द्र बिन्दु रामेछाप, फेरि १३:२१ मा ६.३ रेक्टरको भुकम्प केन्द्र बिन्दु कोदारी। नेपालमा फेरि शक्तिशाली भूकम्प, हालसम्म ४४ भन्दा बढीको मृत्यु, आज पनि सयौँ मानिस मारिएको आशँका, भूकम्पका धक्काहरुले दोलखा, रामेछाप र रसुवा जिल्लामा सबैभन्दा क्षति भएको अनुमान

भुकम्प अपडेट ! आज बुधबार वैशाख ३० गते बिहानको ३ बजेर १० मिनेटमा ५.२ रेकटर स्केलको, कम्पन केन्द्र बिन्दु भरतपुर !
लाखौँ मानिस घर छाडेर खुल्ला ठाउँमा, जनधनको फेरी पनि ठुलो क्षति, भुकम्पबाट मारिनेको सँख्या बढ्दै ! भुकम्पमा आत्तिएर कयौँ बेहोस् भएको, त्रसित भएर बिरामी परेको अवस्था छ ।   
काठमाडौं/ मंगलबार फेरि गएको भूकम्पले जनजीवन  त्रसित बनाएको छ। १२ बजेर ५० मिनेटमा गएको
भूकम्पबाट दोलखा र रामेछापमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार हालसम्म ४४ भन्दा बढीको मृत्यु भएको छ। दोलखामा ९ जनाको मृत्यु भएको छ। काठमाडौंमा चारजना र सिन्धुपाल्चोकमा ६
जनाको मृत्यु भएको छ। सिन्धुलीमा चारजनाको मृत्यु भएको छ। धनुषा, सर्लाही, मोरङ र रौतहटमा एक एकजनाको मृत्यु भएको छ। ८४६ घाइते भएका छन्। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा खुला ठाउँमा राखेर भूकम्पमा घाइते भएकाहरुको उपचार हुँदैछ। करिब एक सय भन्दा बढि बिरामीको उपचार भैहरेको छ। सोह्रखुट्टेबाट बालाजु जाने बाटोमा एउटा घर भत्किएको छ। बैशाख १२ गते गएको भूकम्पबाट चर्किएको घरमा इन्जिनियरले बस्न अयोग्य भनी रातो स्टिकर टाँसेका थिए। भक्तपुरको सल्लाघारीमा पाँच तले घर ढलेको छ। पहिलोपोस्टका ऋषिकेष दाहालका अनुसार उक्त घरका तीनओटा तल्ला पूर्णरुपमा ध्वस्त भएका छन् भने बाँकी दुई तलाले सँगै रहेको अर्को घरलाई ठक्कर दिएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। पहिले नै रातो स्टिकर टाँसिएकोले यहाँ कोही पनि मानिस थिएनन्। सामाखुसीमा एउटा घर भत्किएको छ। गृहमन्त्रालयले घटनास्थलमा कुकुरसहितको उद्दार टोली पठाएको छ। सामाखुसीमा रहेको नवजीवन उच्चमावि नजिककैको घर भत्किएको हो। गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार मंगलबार गएको भूकम्पबाट मुलुकभर १८२ जना घाइते भएको सूचना आएको छ। यी मध्ये ११८ जना ललितपुरका छन्। भूकम्पबाट तीनजनाको मृत्यु भएको छ। राजधानी काठमाडौंमा दुईजना र सिन्धुपाल्चोकमा एकजनाको मृतयु भएको गृह मन्त्रालयको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। टेकुमा ११ वर्षीय बालिककाको मृत्यु भएको हो भने मृत्यु भएका ५५ वर्षीयको नाम खुलेको छैन। सिन्धुपाल्चोकमा एकजनाको मृत्यु भएको हो। गृहका अनुसार दोलखा, सिन्धुपाल्चोक, रसुवा र रामेछापमा बढि क्षति पुगेको छ।




















 ****************************************
नेपालमा आज फेरी गएको अर्को ठुलो शक्तिशाली भुकम्प र त्यसबाट भएको ठुलो जनधनको क्षतिले मन बिरक्त छ । भगवान छ भन्छौं हामी, मान्छौँ हामी । तर म भगवान भक्त आज भगवान सँग पनि निकै दुखित छु । भगवान नै अाफै भुकम्पमा परेको त होइन ??!! म पुरै अन्यौलग्रस्थ भएको छु । बान्च्नु पर्ने निर्दोशहरु मरिरहेका छन, मर्नुपर्ने दोशीहरु शकुशल छन । आफ्नै भक्तजन र निर्दोशजन माथि आँखा गाढ्ने के हो नियत भगवान तिम्रो ?????????








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक