20150508

नेपालमा शुक्रबार विहान फेरि गयो ५ रेक्टर स्केलको भूकम्प होइन यो के हुँदैछ भन्या !!!

शुक्रबार विहान ५ रेक्टर स्केलको भूकम्प गएको छ । विहान ६ बजेर १७ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको केन्द्रविन्दू दोलखा र सिन्धुपाल्चोक सीमानामा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि शुक्रबार विहान २ बजेर १९ मिनेट र ८ बजेर १९ मिनेटमा पनि भूकम्प गएको थियो । यी दुबै भूकम्पको केन्द्रविन्दु पनि सिन्धुपाल्चोक जिल्लामा थिए । यी धक्का ४ रेक्टर स्केलका थिए । विहीबार पनि तीनपटकसम्म धक्का महसुस भएको थियो । भूकम्पविदहरुले शक्तिशाली भूकम्पपछि साना पराकम्पहरु जाने भन्दै त्यसबाट नआत्तिन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् । ५ रेक्टर स्केलसम्मका धक्काहरु खासै हानिकारक नहुने उनीहरु बताउँछन् । तर ठूलो भूकम्पले चर्किएका घरहरुमा साना धक्काहरुले थप क्षति हुनसक्छ । त्यसैले चर्किएका घरहरु बस्नयोग्य भए-नभएको प्राविधिकहरुबाट यकीन गराएर मात्रै बस्न विज्ञहरुले सुझाव दिएका छन्

Ram Prasad Khanal's photo.
सुध्रिएको प्रचण्ड, मिलेको प्रचण्ड, बिहान एक थोक साँझ अर्कै थोक नबोल्ने प्रचण्ड, जनता मार्ने होइन बचाउने प्रचण्ड, शुशील केपी सँगै सहकार्य गर्ने, संबिधान बनाउने प्रचण्ड, भुकम्प पिडितको घाउमा मलम लगाउने प्रचण्ड भए त कस्लाई किन टाउको दुख्थ्यो र !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक