20150508

भर्जिनियाको तल्लो सदन हाउस अफ डेलिगेटसमा उम्मेदवारी दिएका नेपाली मुलका ज्याक जीवन तिवारीले आफ्नो उम्मेदवारी फिर्ता लिए

डेमोक्रेटिक पार्टीका तर्फबाट भर्जिनियाको तल्लो सदन हाउस अफ डेलिगेटसमा उम्मेदवारी दिएका नेपाली मुलका ज्याक जीवन तिवारीले आफ्नो उम्मेदवारी फिर्ता लिएको नेपाल मदर डट कम सँग कुरा गर्दै पुस्टि गरेका छन । किन उमेदवारी फिर्ता लिएको ? भन्ने नेपाल मदरको प्रश्नमा तिवारीले भने "आर्थिक रुपमा समस्या पर्‍यो, धेरै पैसा उठाउन सकिएन, यहाँ त पैसा निकै उठाउनुपर्ने रहेछ, हाम्रो नेपाली कम्युनिटी  सानो,  अर्को कुरा नेपालमा भुकम्प पछीको स्थितिलाई मध्यनजर गरेर पनि म ब्याक हुन चाहेँ"
तिवारीलाई उमेदवारी दिने देखी हरेक कुरामा पार्टी भित्र निकै सहयोग गरेका डेमोक्रेटिक पार्टीका लाउडाउन काउन्टी डलस डिस्ट्रिक चियर सिपिए हरि शर्मा भन्छन "म यो घटना बाट निकै दुखित छु, हामीले यत्रो साथ दिँदा पनि तिवारीले पार्टी बैठक मा केही सदस्यहरुले केरकार गरेभन्दै मा उमेदवारी फिर्ता लिनुहुन्नथ्यो । वहाँले आफै फिर्ता लिएँ भनेपछी हामीले के भन्नु ? यो वहाँ को ब्यक्तिगत कुरा हो यस बिषयमा म धेरै बोल्न असमर्थ छु "
पार्टीका अर्का हस्ती अन्जनले तिवारीलाई पार्टीले जबर्जस्ती ब्याक गराएकोमा आगो हुँदै दोस्रो दर्जाको नागरिक सरह व्यबहार गरियो भन्दै पार्टी भित्रै कडा प्रतिबाद गरिरहेको पार्टीका एक नेताले बताए तर यस बारेमा तिवारीभन्छन "अन्जन ले आफु उठ्न यो सबै खेल खेली रहेका छन ।"
 डेमोक्रेटिक पार्टीको ८७ क्षेत्रका एक नेताले भने "ज्याक तिवारीले हामीलाई शुरु देखी नै झुक्काएका रहेछन । नाम प्रकाशित नगर्ने शर्तमा उनले नेपाल मदर सँग भने " हाम्रो पार्टी भित्र ब्यापक छलफल भयो, मनाससका स्थाइ बासिन्दा ज्याक जीवन तिवारीले लाउडाउन काउन्टीको बासिन्दा हुँ भन्दै अर्कैको घरको ठेगाना राखेर त्यसरी झुक्काउनुहुन्थेन शुरुमै । उनको निवास ८७ निर्वाचन क्षेत्रमा पर्दैन । सम्बन्धित क्षेत्रको बासिन्दा नभए सम्म
यहाँ निर्वाचन लड्न पाइँदैन ।  उनी वालमार्टमाआवर्ली पोजिसनमा काम गर्दा रहेछन, हामीलाई रियलस्टेट बिजनेस गर्छु भनेर ढाँटेछन, अङ्रेजी भाषाको पनि उत्तिकै समस्या रहेछ उनिमा, जसलाई भाषाको समस्या छ उसले भोली भर्जिनिया को तल्लो सदनमा नियम कानुन कसरी बनाउन सक्छ ??  म आर्थिक हिसाबले सक्षम छु आफु ब्यक्तीगत रुपमा आबस्यक परे जती पनि खर्च गर्न सक्छु भनेर भनेका थिए तर उनको त्यो स्थिती पनि देखिएन । शुरुमा म नेपाली समुदाय को नेता हुँ मैले आह्वान गरेँ भने एक मिलियन डलर सजिलै उठाउन सक्छु भने, पछी ३ हजार पनि उठाउन सकेनन । डेलिगेट् पद त उनले खेलाँची जस्तो सोंचेछन्, यि र यस्ता धेरै कमजोर पक्ष तिवारीमा देखिए पछी हाम्रो पार्टीको बैठक बस्यो र उनलाई यि यि कारणले उमेदवार हुन योग्य छैनौं बरु तिम्रो योग्यता क्षमता अनुसार को कुनै अबसर आए हेरौंला अहिले तिमी ब्याक हुनुपर्छ भनेर भनियो त्यस पछी उनले सरी भन्दै ब्याक हुन तयार भए ।"
ज्याक जीवन तिवारीलाई टिकट पहिला दिँदा तिम्रो पार्टीले छानबिन नगरि दिने, अहिले पछी आएर जबर्जस्ती यस्ता उल्झनहरु देखाएर अन्यायपुर्बक उनलाई ब्याक गराउने डेमोक्रेटिक पार्टीको नियत पनि सफा छैन, जोन बेल लाई टिकट दिन यि सब कुरा गरियो भन्छन रे नि पार्टीकै अर्का नेता अन्जनले ? भन्ने प्रश्नको उत्तरमा उनले भने "यो कुरा तिवारीलाई नै सोध्नुस्, उनले शुरुदेखी नढाँटेको भए, पार्टीलाई गलत विवरण नदिएको भए किन पछी हट्थे त ??"      

यसबारेमा तिवारी सँग जिज्ञासा राख्दा उनले भने "यो सब गलत कुरा हो, म आर्थिक कारण र  भुकम्पको कारण ब्याक भएको हुँ, मलाई जबर्जस्ती ब्याक गराइएको होइन, म आफै ब्याक भएको हुँ ।   मेरो पार्टीमा केन्द्र देखी रिचमन्ड सम्म राम्रो पकड छ"

 जीवन तिवारी सँग हामीले फोनमा कुरा गर्यौँ पछी उनले फोन गर्नु अगाडि नेपाल मदरले पठाएका प्रश्नको जबाफ पनि यसरी फर्काएका थिए हेर्नुस तल जस्ताको तस्तै :                          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक