20150513

बिहीबार बिहान फेरी दोलखा र काभ्रे केन्द्र भएर दुई भूकम्प, वैशाख १२ गतेदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका २ सय १५ वटा भूकम्प गए !

बिहीबार बिहान दोलखा र काभ्रे केन्द्र भएर दुई पराकम्पन गएको छ । बिहान ३ बजेर १३ मिनेट जाँदा दोलखा केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केल र ३ बजेर २३ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्र भएर ५ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ गतेदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका २ सय १५ वटा भूकम्प गएको र स–साना पराकम्पन अझै जान सक्ने केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पपछि उपत्यका नजिकका जिल्ला सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, भक्तपुर केन्द्रविन्दु बनाएर चार रिक्टर स्केलमाथिका पराकम्पन दैनिकजसो गइरहेका छन् । केन्द्रका प्रमुख अधिकारीका अनुसार ठूलो भूकम्प गएपछि स–साना कम्पन महिनौँ गइरहन्छ । सन्तुलन मिलाउनका लागि पनि पराकम्पन गइरहनुपर्छ । पराकम्पन पनि कति ठूलो जान्छ भन्ने पूर्व अनुमान गर्न नसकिने विज्ञहरु बताउँछन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक