20150514

माफ गर्नुहोला मित्रहरु यदी तपाईंलाई चित्त बुझेन भने तर :

 - देशमा भुकम्पले महा बिपत्ती निम्त्याइरहेका बेला के यो भोज भतेर गरेका, जन्म दिन मनाएका, बिबाहको बर्ष गाँठ मनाएका, पिक्निक खाएका, बेबी सावर गरेको भन्दै गर्भवतिका भुँडी मुसारेका, साथीभाइ भेटेर ड्रिंक्स गरी रमाइलो गरेका, रक्सीको तालमा नाचेका उफ्रेका फोटोहरु फेसबुक र ट्विटरमा अपलोड गर्ने बेला हो र ??
- खोइ हाम्रो मानबिय समबेदना ?? खोइ हामीलाई देश दुखेको, आफ्नै देश बासीहरुको पिँडा दुखेको ??
- के हामी केही समय यस्ता फोटो मेसेज अपलोड नगरि बस्यौं भने आकाशै खस्ने वाला छकी फेरी अर्को भुकम्प आउने वाला छ ??
- सकिन्छ भने मानबिय समबेदना बाँडौं, सक्दो सहयोग गरौं ।
- यती सार्है निर्दयी र अमानबिय नबनौँ । मानवता प्रदर्शन गरौं, होइन भने ति त्रिपाल लैजाने सभासद र हामीहरुमा कुनै भिन्नता हुने छैन ।
- कवी हरु लेख्छौ भने मानबिय समबेदना का कविता लेख, भुकम्प पीडितहरूलाई कवितामै पनि मलम लगाउने प्रयत्न गर ।
- गीतकार र गायकहरु तिम्रा गीत हरु पनि मलम बन्ने गरी लेख गाउ ।
- NGO INGO चलाऊने हरु जती सक्छौ बिदेशबाट पनि पनि सहयोग ल्याउ । भुकम्प पिडितलाइ मलम पट्टी लगाउ ।
- हरेक पार्टी तिनका भगिनि संगठन अब पुनर्निर्माणमा लाग केही समयका लागि राजनीति घम्साघम्सी छाड ।
- समाजसेवी लेखक पत्रकार कलाकार लगायत हरेक बर्ग आ आफ्नो ठाउँँ बाट भुकम्प पीडितका लागि जे सक्छौ सहयोग गर ।
- बेरोजगार युवा देखी हरेक तप्का मेला परिम गर्दै गाउँ गाउँ बाट उठ । समुह मिलेरै एकले अर्काको घर निर्माण गर्ने अभियान मा लाग यो सबै भन्दा महत्वपूर्ण हुने छ उदाहरणिय हुनेछ ।
- यदी तपाईंलाई माथिका कुरा मन परे कृपया तपाईं पनि शेयर गर्नुहोला ।
- मलाई थाहा छ कतिपय हाम्रा मित्रहरुले तँ अमेरिकामा बसेर के गरिस भन्नुहोला हामीले अमेरिकाबाटै पनि यसरी सक्दो सहयोग गरेका छौं हेर्नुस् तलको यो लिँक ।
http://www.nepalmother.com/2015/05/blog-post_36.html


http://inlsdc.blogspot.com/

http://www.nepalmother.com/


********************************

 लाइसेन्स प्राप्त माननिय भोकेहरु !!!

- रामप्रसाद खनाल

लाइसेन्स प्राप्त माननिय भोकेहरु !!!
- रामप्रसाद खनाल
त्रिपाल र पाल मात्र किन ??!!
माननिय सभासद ज्यूहरु
अब चाउ चाउका पोका
भुकम्प पीडितलाई आएका बिस्कुट
डोनेशनमा आएका लत्ता कपडा र ब्लाइन्केटहरु
चिउरा, दाल, नुन, तेल र औषधी पनि
सभामुखकै अगाडि सर्ब सम्मत रुपमा
भागबिलो लाउनुहोस
जती घिचे पनि न अघाउने
लाइसेन्स प्राप्त तपाईं माननिय भोकेहरु
त्रिपाल र पाल मात्र किन ??
सबै तपाईंहरुले नै खानुहोस
बारम्बारका भुकम्पका झड्काले
घरबार बिहिन भए पनि
परिवार बिहिन भए पनि
खाना बिहिन भए पनि
भागनाबसेसबाट आफन्तजनका
थिचिएर मारिएका लाश निकाल्न नसकेर
इन्तु न चिन्तु भए पनि
जनता त्यती दरिद्र छैनन
माननिय सभासद ज्यूहरु खानुहोस !
भुकम्प पीडितहरुको राहत
सभामुख कै अगाडि भागबिलो गरेर लानुहोस
त्रिपाल मात्र किन सबै लानुहोस
थाहा छ तपाईंहरु सधैं भोकै हुनुहुन्छ
शान्ती र संबिधान बनाउन पाँच छ बर्ष देखी
अहोरात्र खटिरहनुभएको छ
जनताका लागि जुटिरहनुभएको छ
हामीलाई गर्ब छ माननिय ज्यूहरु
अब जे जे बाँकी छन भागबिलो लाएर खानुहोस
त्रिपाल र पाल मात्र किन
भुकम्प पीडितको राहत
सभामुखकै रुलिङ गराएर लानुहोस !
तपाईंको प्राडो गाडी छोप्नु पर्छ बर्षादमा
तपाईंको पजेरो क्षतिहुन रोक्नुपर्छ बर्षादमा
त्रिपाल पाल सबै जतन गरी लानुहोस
सर्बदलिय सहमति गरेर खानुहोस्
बेला यही हो माननिय ज्यूहरु
पुरुष सभासदले सुत्केरी भत्ता बजाएर
रेकर्ड तोड्नुभएकै हो पहिले
शंकर होटेल मा थुनिने देखी
थाइल्यान्ड र बैँकक सम्म
छेरपाटे लागेर पुग्नुभएकै हो पहिले
हामीलाई थाहा छ माननिय ज्युहरुको ब्यथा र कथा
त्यसैले खुल्ला हृदयले भन्दैछौं आज
हामीलाई गर्ब छ माननिय ज्यूहरु
अब जे जे बाँकी छन भागबिलो लाएर खानुहोस
त्रिपाल र पाल मात्र किन
भुकम्प पीडितको राहत
सभामुखकै रुलिङ गराएर लानुहोस !


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक